Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
  • #मानव बेचबिखन विरुद्धको दिवस
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै
नेपाली चेली
नेपाली चेली मंगलबार, असोज ९, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि  जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए । “भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुइँमा नौवटा लठ्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लठ्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लठ्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उनले भने।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)सहित तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी  बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रा फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थनेतले बताए। 

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको उनले बताए ।

“अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा विसं २०५२ देखि सुरु गरिएको हो”, उनले भने, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।”

थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको थारू अगुवा चिन्तामणि महतोले बताए । 

“यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”, उनले भने, “भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको हो ।”

भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको महतोले बताए । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उनले भने। 

तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ । यस वर्ष अनन्त चतुर्दशी यही असोज ११ गते परेको छ ।

Saj Beauty Parlor


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:१८
#भोदी खेल
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा शुक्रबार, भदौ ६, २०८२
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै आइतबार, भदौ १, २०८२
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य आइतबार, साउन २५, २०८२
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड शनिबार, साउन १०, २०८२
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री  गुरुङ
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ शनिबार, साउन १०, २०८२
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै 
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै  सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्