Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
नेपाली चेली
नेपाली चेली सोमबार, असोज १९, २०८३

नवलपरासी । प्रजनन स्वास्थ्य महिलाको मात्र विषय नभई पुरुषको पनि समान जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ । नवलपरासीका सातवटै स्थानीय तहका मुस्लिम समुदायका मौलाना तथा धर्मगुरुहरूको सहभागितामा आज सुनवलमा आयोजित ‘प्रजनन स्वास्थ्यमा पुरुषको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जोड दिइएको हो ।

कार्यक्रममा श्रीमती वा साथीको स्वास्थ्यप्रति चासो राख्ने, नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गर्ने तथा परिवार नियोजनमा दुवैले संयुक्त रूपमा निर्णय गर्नुपर्ने विषयमा छलफल गरिएको थियो। गर्भनिरोधका साधनको जिम्मेवार प्रयोग, कन्डमको सही र नियमित प्रयोग तथा यौनरोगबाट बच्न अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी गराइएको थियो।

त्यस्तै, गर्भावस्था, सुत्केरी तथा प्रसूतिको समयमा महिलालाई भावनात्मक, आर्थिक र व्यवहारिक सहयोग गर्नुपर्ने, सन्तानको संख्या र जन्मान्तरबारे दुवैको सहमतिमा निर्णय गर्नुपर्ने र बाँझोपनको समस्या देखिएमा महिलालाई मात्र दोष नदिई महिला र पुरुष दुवैको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा यौन हिंसा, जबर्जस्ती यौनसम्पर्क र बालविवाहको अन्त्यका लागि पुरुषहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने तथा किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही र वैज्ञानिक जानकारी दिन सहयोग गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

प्रजनन स्वास्थ्यसम्बन्धी समस्या देखिएमा लुकाउने वा घरेलु उपचारमा मात्र निर्भर नभई समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने तथा मदिरा, सुर्तीजन्य पदार्थलगायत जोखिमपूर्ण व्यवहार कम गर्नुपर्ने विषयमा पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।

कालिका स्वावलम्बन विकास केन्द्र कपिलवस्तुका अध्यक्ष मन्दिप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा २५ जना मौलानाको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तुकी जनस्वास्थ्य अधिकृत मधु चौधरी, मौलाना नियाज अन्सारी र अभिनव चौधरीले सहजीकरण गर्नुभएको संसारा परियोजना नवलपरासीकी संयोजक तीलु श्रेष्ठले नेपाली चेली अनलाइनलाइ जानकारी दिनुभयो । 
 


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्