Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न डीआईजी सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन
निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न डीआईजी सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन
नेपाली चेली
नेपाली चेली बिहीबार, पुस २१, २०७९
फाइल तस्विर

 प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर कञ्चनपुर पठाएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेकै दिन पुस ११ गते ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान/छानबिनसम्बन्धी विषयलाई एकीकृत गरेर दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।

भीमदत्त नगरपालिका–२ (कञ्चनपुर) स्थित खोल्टीकी निर्मलाको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

त्यसबेला प्रहरीले घटनामा विष्टकै संलग्नता उल्लेख गरे पनि अनुसन्धान, स्थानीय भीड, विभिन्न अधिकारवादीका प्रतिवेदन, प्रहरीका विभिन्न प्रतिवेदनलगायतले आ-आफ्नै जिकिरसहितका दाबी गरे पनि अहिलेसम्म घटनामा संलग्न व्यक्ति को हुन् भन्ने टुंगो लागेको छैन । अनुसन्धान पनि गिजोलिएको छ‚ जसका कारण करिब साढे ४ वर्षअघिको बलात्कार र हत्यासम्बन्धी जघन्य अपराधको अनुसन्धान अन्योलमा छ । पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि मृतक निर्मलालाई न्याय दिलाउन आफू लागिपर्ने बताएपछि प्रहरीले फेरि अनुसन्धान समिति नै बनाएर घटनास्थलतर्फ पठाएको छ ।

गृहको पत्र पाएलगत्तै प्रहरी महानिरीक्षक सिंहले उक्त घटनाको अनुसन्धान गर्न सीआईबीका डीआईजी सिंहको नेतृत्वमा एसपी कमल थापा, प्रहरी अस्पतालका मनोचिकित्सक डा. आशीष दत्त, सीआईबीकै निरीक्षक दुर्गा योञ्जनसहितको टोली गठन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धान टोली प्रमुख सिंहसहित केही अधिकारी महेन्द्रनगर पुगिसकेका छन् । टोलीका केही सदस्य छिट्टै घटनास्थलतर्फ जाने तयारीमा छन् ।

‘अनुसन्धान समिति गठनलगत्तै डीआईजीसहित केही कञ्चनपुर पुगिसक्नुभएको छ, केही जाने तयारीमा हुनुहुन्छ,’ सीआईबीका एक अधिकारीले भने, ‘दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन अधिकतम पहल गर्न हामी लागिपरेका छौं ।’

घटनापछि विभिन्न मितिमा जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले अनुसन्धान तथा छानबिन र अनुसन्धान टोली बनाए पनि ती संयन्त्रका सुझावसहितका प्रतिवेदन अझै बेवारिस छन् ।

गृह मन्त्रालयका तत्कालीन सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समिति र एआईजी बस्न्यातको आन्तरिक समितिका प्रतिवेदनले विष्टलाई निर्दोष भनेका थिए । दुवै प्रतिवेदन र कञ्चनपुर प्रहरीको अनुसन्धान प्रतिवेदन बाझिएपछि घटनाका अभियुक्त कानुनी दायरामा आउन सकेका छैनन् ।

प्रहरी प्रधान कार्यालयले तत्कालीन एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले पेश गरेको प्रतिवेदनलाई त तथ्य र प्रमाणबाहिर गएर बनाएको भन्दै खारेज नै गरिसकेको छ । बस्न्यात नेतृत्वको टोलीले बनाएको प्रतिवेदन तत्कालीन डीआईजी सुरज केसी नेतृत्वको समितिले खारेज गरेको थियो । घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहितका ८ प्रहरी कारबाहीमा परेका थिए । त्यसमध्येका कतिपयमाथि भएको कारबाही सरकारले फिर्ता लिइसकेको छ ।

तर, बलात्कार र हत्यामा संलग्नलाई भने कारबाहीमा दायरामा ल्याउन प्रहरीले अझै सकेको छैन । तत्कालीन डीआईजी केसीको प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई निर्देशन दिए पनि यो विषय पनि अझै अन्योलमा छ ।

केसी नेतृत्वको समितिले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘निर्मला पन्तको जबर्जस्ती करणी र हत्यासम्बन्धी घटना छानबिन गर्न गठित समितिको प्रतिवेदन निष्पक्ष र तथ्यपरक हुन नसकेको देखिन्छ,’ पुनरवलोकन समितिको प्रतिवेदनको सुझाव खण्डमा भनिएको छ, ‘एआईजी धिरु बस्न्यातको अध्यक्षतामा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगर्ने, हालसम्म भएका प्रगतिलाई एकीकृत गरी अनुसन्धानको निष्कर्षमा पुग्नुपर्ने र सो क्रममा शंकास्पद जो कोही पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ ।’

पुनरवलोकन समितिले स्थानीय प्रहरीको कार्य क्षेत्रभित्र रहने अनुसन्धानलाई सीआईबीका अधिकृत तथा उपलब्ध विज्ञतासमेतलाई उपयोग गर्दै निष्कर्षमा पुर्‍याउन सुझाएको थियो । अहिले गृहमन्त्री लामिछानेको निर्देशनपछि उक्त प्रतिवेदनसमेतलाई आधार बनाएर प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई कञ्चनपुर पठाएको हो । उच्च स्रोतका अनुसार घटनापछि केही मानिस फरार भएको र हालसम्म पनि ती व्यक्ति नफर्किएपछि ती व्यक्तिको खोजीमा पनि जुटेको छ । डीआईजी नेतृत्वको समितिलाई पनि ती शंकास्पद व्यक्तिको पहिचान गरी अनुसन्धानको दायरामा ल्याउन अधिकतम पहल गर्न भनिएको छ ।

#kantipur


प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १६:१७
#अनुसन्धान
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्