Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • ५ वर्षमा सडक दुर्घटनामा १२ हजार ८ सय जनाकाे ज्यान गयाे
५ वर्षमा सडक दुर्घटनामा १२ हजार ८ सय जनाकाे ज्यान गयाे
नेपाली चेली
नेपाली चेली आइतबार, असोज १४, २०८०
फाइल फोटो

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारीबोध गराउने उद्देश्यले काठमाण्डाै महानगरपालिका र काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आज आइतवारदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ शुरु भएको छ ।

सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ सप्ताह शुरु गरिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

उपत्यका केन्द्रित बसाइसराइँ, सहरीकरणलगायतबाट भइरहेको जनसङ्ख्या वृद्धि, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीलगायत कारणबाट काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल एवम् चुनौतीपूर्ण बन्दै गइरहेको छ । अहिले पनि काठमाण्डाै उपत्यकाको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ । 

देशभरि ६३ लाख सवारी साधन दर्ता छन् । काठमाण्डाै उपत्यकामा मात्रै झन्डै १८ लाख सवारी साधन दर्ता भएको र झन्डै १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।

पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा देशभर १२ हजार आठ सय जनाको ज्यान गएको छ भने उपत्यकामा मात्रै हजार जनाभन्दा धेरैकाे ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परि झन्डै ८० हजार जना घाइते भएका छन् ।

गएकाे आर्थिक वर्षमा सवारी दुर्घटनाबाट देशभर दुई हजार आठ सय ८३, आव २०७८/७९ मा दुई हजार तीन सय ७६, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७६/७७ मा दुई हजार दुई सय ५१ र आव २०७५/७६ मा दुई हजार सात सय ८९ जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकामा अहिले एक हजार तीन १३ ट्राफिक दरबन्दी रहेको छ । दरबन्दीभन्दा बढी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको प्रहरीले जनाएको छ । उपत्यकामा मात्रै एक हजार आठ सय २२ ट्राफिक सवारी व्यवस्थापनमा खटिइएका छन् ।

काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थापनमा थुप्रै चुनौती आइपरेको उल्लेख गर्दै ट्राफिक प्रमुख पोखरेलले सडक संरचना व्यवस्थित हुन नसक्नु, सवारी साधन अत्यधिक वृद्धिलगायत कारणबाट सडक दुर्घटना बढेको बताउनुभयो । उपत्यकामा बर्सेनि साना ठूला गरी १० हजार बढी सडक दुर्घटना हुने गरेको छ । यी दुर्घटनामा परि झन्डै दुई सय जनाको ज्यान जाने गरेकाे छ भने आठ हजार जनाभन्दा धेरै घाइते हुने गरेका छन् ।

ट्राफिक प्रहरी प्रमुख पोखरेल विशेषगरी दुई पाङ्गे सवारी साधनका चालकको असावधानी तथा लापरबाहीपूर्ण व्यवहार, जाँड–रक्सी खाएर सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायत कारणबाट दुर्घटना बढेको बताउनुहुन्छ । ‘समयानुकूल भौतिक पूर्वाधारमा सुधार नहुनु, सडकको अवस्था र प्रविधिको अभावसमेत दुर्घटनाको कारक बनेको छ’, उहाँले भन्नुभयो ।

प्रमुख पोखरेलले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवम् जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो ।

‘सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गरी ट्राफिक नियम र सडक अनुशासन पालना गरी सडक सभ्यताको विकास गर्नु सबैको साझा दायित्व हो’, उहाँले भन्नुभयो, ‘सवारी व्यवस्थापन र सहज आवागमनका लागि सबैको हातेमालो र नियम पालना प्रतिको प्रतिबद्धताले मात्र दुर्घटनारहित सुरक्षित यात्रा सम्भव छ ।’

ट्राफिक प्रहरी स्थापनाको सात दशक

नेपालमा विसं २००७ मा स्थापना भएको रामदलबाट ट्राफिक नियन्त्रण कार्यको प्रारम्भ भएको थियो । विसं २००९ मा पहिलो पटक ‘ट्राफिक पुलिस डिट्याचमेन्ट’को स्थापना गरी तत्कालीन बग्गीखाना अहिलेको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रहेको ठाउँमा कार्यालय सञ्चालन गरेको इतिहास छ ।

ट्राफिक प्रहरीको व्यवस्थासँगै प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउँदै आएको छ । सडक दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रयासरत छ ।

साँघुरा सडक तथा सीमित सडक सञ्जाल, सम्पूर्ण खोला करिडोर निर्माण तथा सञ्चालन नहुनु, सार्वजनिक यातायात क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धाले ट्राफिक व्यवस्थामा कठिनाइ पैदा भएको ट्राफिक प्रहरीको भनाइ छ । लेन अनुशासनको उल्लङ्घन, तीव्र गति, ट्राफिक लाइटको बेवास्ता, जथाभाबी यात्रु चढाउने र ओराल्ने कार्यले ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ ।

जाँड–रक्सी तथा लागुऔषध खाएर सवारी चलाउने, पैदलयात्रुले जथाभाबी बाटो काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

ट्राफिक सचेतना सप्ताहको अगाडि दरबारमार्गबाट ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड बोकिएको प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेशकुमार भट्टराई, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, प्रहरी महानिरीक्षक, काठमाण्डाै, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी, युवाविद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो ।


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:३३
#सवारी दुर्घटनाः
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्