Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
साहित्य
  • Home
  • साहित्य
  • बडा दशैँको शुभकामना: सङ्कष्ट नपरोस् कैल्यै सदा आनन्द वर्षियोस्
(कविता) बडा दशैँको शुभकामना: सङ्कष्ट नपरोस् कैल्यै सदा आनन्द वर्षियोस्
नेपाली चेली
नेपाली चेली बिहीबार, कात्तिक ९, २०८०

Damkal Sewa

खुलेकी चन्द्रिकातुल्य उज्यालो  मन भैदियोस्

बहेझैँ  जलमा  मैलो  सङ्कष्ट  दूर  गैदिओस्

चुलियोस्  ह्युँचुलीतुल्य   ऐश्वर्य  जिन्दगीभरि

वर्षा वैभवको होओस् बर्सियोस्  सुखको झरी  ।।१।।

 

ढलेझैँ   रूख  आँधीले   सारा  वैरीहरू   ढलून्

बढ्दछ   जसरी    दुबो    शुभेच्छुकहरू   बढून्

रोगले पाइला टेक्नै नपाओस् गाथ स्वस्थ होस्

सङ्कष्ट नपरोस् कैल्यै सदा आनन्द वर्षियोस्  ।।२।।

 

बलिवामनझैँ   बन्न   नपरोस्   कहिल्यै   पनि

कृष्णअर्जुनझैँ    बन्न   पाइयोस् जहिल्यै पनि

नबनोस्   कहिल्यै   द्वन्द्व   रामरावणको  सरि

मौलाओस्     वसुधाभित्र    प्रेमसद्भाववल्लरी  ।।३।।

 

काम, क्रोध, अहङ्कार, मात्सर्य, मद बन्द होस्

लोभ  र  मोह,  विद्वेष,  ईर्ष्या, घृणा  हुँदै नहोस्

समीर   फैलिएजस्तै   फैलियोस्  शुभ   भावना

हरेक  जनमा   जागोस्   सुविचार,    सुकामना  ।।४।।

 

कसैले  नपरोस्   रुन  अन्याय,  भोक, रोगले

नरोऊन्  वृद्ध  बाआमा  सन्ततिकै   वियोगले

आदर्शमय   संसार   मर्यादित   बेहोर   होस्

आआफ्नो कुलसंस्कृति मानेर दुनियाँ चलोस्  ।।५।।

 

हाँसेर   फुर्किँदै   श्रद्धा   आइरहून्   सधैँ   सधैँ

शान्ति,  सद्भावको  गङ्गा  बगिरहून्  सधैँ सधैँ

दया होस् दीनको निम्ति गङ्गाझैँ  भाव निर्मला

लीला प्रकृतिका  होऊन्  जिन्दगी  जिउने कला  ।।६।।

 

चलून् उद्योग, कार्खाना रोजगार प्रशस्त होस्

फस्टाओस् बन्दव्यापार बेरोजगार क्वै नहोस्

अन्नऐश्वर्य   भित्र्याई   गाउँका    कुटियाभरि

हओस्  ऐश्वर्यको राज हर्षको बर्सियोस् झरी  ।।७।।

 

अनेक जातजातिमा सहिष्णु भावना होओस्

एकको दुःख  देखेर  अर्काको मर्म छोइओस्

वसुधाभरिका  मान्छे  मेरा  हुन्   बन्धुबान्धव

भन्ने  विचारका  साथ  बढून्  मान्छे  सगौरव  ।।८।।

 

कर्णझैँ  बनियोस्  दाता  रन्तिझैँ जनसेवक

बगाई  पसिनाधारा  धरा  सिर्जौँ  चकाचक

वसुधाभरि   फैलाऊँ   आदर्शमय    भावना

बगाऊँ  प्रेमको  गङ्गा दशैँको  शुभकामना  ।।९।।

लेखक: डा. श्यामप्रसाद न्यौपाने, सुनवल १२ भुमही, नवलपरासी ।

galaxy parasi


प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ११:४३
#डा. श्यामप्रसाद न्यौपाने
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
नारी तिमी
नारी तिमी बिहीबार, चैत २८, २०८१
साहित्यकार प्रकाशचन्द्र श्रेष्ठका दुई कृति बजारमा 
साहित्यकार प्रकाशचन्द्र श्रेष्ठका दुई कृति बजारमा  बिहीबार, चैत १, २०८०
महाकवि देवकोटाको १५५औँ जयन्ती रचना बाचन गर्दै मनाइयो
महाकवि देवकोटाको १५५औँ जयन्ती रचना बाचन गर्दै मनाइयो मंगलबार, कात्तिक २८, २०८०
प्रकाशचन्द्र श्रेष्ठको लेखनी जुर्मुरायोः “सफर यो जिन्दगीको” कवितासङ्ग्रह बजारमा 
प्रकाशचन्द्र श्रेष्ठको लेखनी जुर्मुरायोः “सफर यो जिन्दगीको” कवितासङ्ग्रह बजारमा  शनिबार, असोज १३, २०८०
६० औँ घुम्ती साहित्यिक शृङ्खला सुनवलमा सम्पन्न
६० औँ घुम्ती साहित्यिक शृङ्खला सुनवलमा सम्पन्न शनिबार, चैत ११, २०७९
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्