Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • गैँडाकाेटमा बालबालिकाका लागि असल संस्कार कक्षा सञ्चालन
बालबालिकाका लागि असल संस्कार कक्षा सञ्चालन गैँडाकाेटमा बालबालिकाका लागि असल संस्कार कक्षा सञ्चालन
नेपाली चेली
नेपाली चेली मंगलबार, कात्तिक १४, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ ।

पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको भन्दै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको छ ।

असल संस्कार कक्षाले नियमित असल दैनिकी बनाउन सहयोग गरेको अनुश्री पौडेलको भनाइ छ । 'हरेक हप्ताको शनिवार साथीहरू एकै ठाउँमा भेला भइ खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिक्ने गरिएको छ', उहाँले भन्नुभयो ।

असर संस्कार कक्षामा ४० जनाभन्दा बढी बालबालिका हरेक हप्ताको शनिवार उपस्थित भएर ज्ञानगुनका कुरा सिक्ने गरेका छन् । कक्षामा बालबालिकाको रुचिअनुसार प्रविधिको प्रयोगमार्फत् असल संस्कार योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सिप, आचरण सिकाउने गरिएको छ । उनीहरुले आफ्नो रुचिअनुसारका बालकथाका पुस्तक पनि पढ्ने गर्दछन् ।

किताबी ज्ञानभन्दा पनि व्यावहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी छन् । गैँडाकोट–१ की सुशीला रेग्मी छ वर्षकी छोरीसँगै आफू पनि असल संस्कार कक्षामा आउनुहुन्छ । कक्षामा सिकेका कुरा घरमा छोरीलाई अभ्यास गराउन उहाँलाई सजिलो भएको छ । ममी भन्ने छोरीले अहिले आमा भनेर बोलाउँदा सुशीला दङ्ग पर्नुहुन्छ ।

'उनीहरूले आफ्नो घरपरिवार, छरछिमेकमा कसरी बोल्ने, दैनिकी आचरणलगायतका कुरा हामीले सिकाउँदाभन्दा यहाँ धेरै सहज तरिकाले ग्रहण गरेको पाएका छौँ', उहाँले भन्नुभयो, 'किताब र विद्यालय नसमेटिएको व्यावहारिक संस्कार सिक्न पाउँदा खुसी छाैँ ।'

सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले यसको शुरुआत गरिएको सहजकर्ता श्रीधर उपाध्यायले बताउनुभयो । यहाँ बालबालिकाले दैनिक जीवनलाई कसरी सहज र सभ्य तरिकाले सञ्चालन गर्ने भन्ने कुरा सिक्ने गरेका छन् ।

'बालबालिकाले घरपरिवारदेखि अन्य मान्छेसँग कसरी मित्रवत् व्यवहार गर्ने, घरमा आएका पाहुनालाई कसरी सत्कार गर्ने योसँगै बालबालिका अरु कसैको घरमा जाँदा उनीहरूले खोल्ने चप्पलदेखि भित्र गएर बस्नेसम्मका संस्कारयुक्त सिप धेरै आवश्यकता पर्छ, जुन अहिलेको विद्यालय शिक्षामा छुटिरहेका छन्, यसलाई हामीले पढाउनेभन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले सिकाइरहेका छौँ', उहाँले भन्नुभयो ।

श्रीमद्भागवत वाचिका यशोदा आमाजीले बालबालिकालाई असल संस्कार, नैतिक ज्ञान र सँगै भजनकीर्तन पनि सिकाउने गर्नुभएको छ । असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकारात्मक परिवर्तन ल्याउन सकिने उद्देश्यले बालमैत्री असल संस्कार कक्षा सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।
 
'बालबालिका मोबाइलमा नै व्यस्त भइराख्ने गर्दा उनीहरूको शारीरिक, मानसिक विकास हुन नसकेको अनि समाजमा घुलमिल हुन नसकेको धेरै अभिभावकबाट गुनासो आउने गरेको थियो', उहाँले भन्नुभयो, 'हाम्रो संस्कार, सभ्यता, अनुशासन, मर्यादा के हो भन्ने कुरा नै नयाँ पुस्ताका बालबालिकामा हराउँदै गएको हुनाले यो एकदमै आवश्यक ठानेर यहाँ प्रारम्भ गरेका हौँ ।' 


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:१०
#गैँडाकाेट
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्