Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै, नवलपरासीमा पनि शहीदको संझनामा विविध कार्यक्रम
आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै, नवलपरासीमा पनि शहीदको संझनामा विविध कार्यक्रम
नेपाली चेली
नेपाली चेली मंगलबार, माघ १६, २०८०

परासी । आज देशभर शहीद दिवस मनाइँदैछ । नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ। नवलपरासीमा पनि विभिन्न कार्त्रक्रम गरी शहीद दिवस मनाइदै छ । 

प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा देशभर कार्यक्रम गरी शहीद दिवस मनाउन गरिन्छ । आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अन्य शहीदको योगदानलाई स्मरण गर्ने प्रचलन छ । 

राणा शासनको विरोध गर्दा वि.सं. १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । शहीद दिवस राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ । 
सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । गएको पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद दिवस र रामनवमी गरी २ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको थियो ।

यसैबीच नवलपरासीमा शहीद विष्णु पाण्डे स्मृति प्रतिष्ठान, सुनवलमा शहीद दिवसको अवसरमा विविध कार्यक्रम तथा प्रतिष्ठानको १७ औं साधारण सभा तथा अधिवेशन गरेर मनाउन लागिएको प्रतिष्ठानका अध्यक्ष पेउनारायण न्यौपानेले जानकारी दिनु भयो । शहीद विष्णु पाण्डे २०६२।२०६३ को जनआन्दोलनका क्रममा नवलपरासीको सदरमुकाम परासीमा २०६२ चैत्र ३० गते शहीद हुनु भएको थियो । सो आन्दोलनमा देशभरबाट २६ जना शहीदले आफ्नो प्राण आहुति दिएका थिए । 

यस्तै २०६४ फागुनमा भएको मधेश आन्दोलनको क्रममा पाल्हीनन्दन गाउँपालिका रमपुरवामा जगदिश पासवान शहीद हुनु भएको थियो । शहिद पासवानको स्मृतीमा आज नवलपरासीमा आदर्श माध्यमिक विद्यालयका दृष्टि विहिन बालबालिकाहरुलाई फलफूल वितरण गरिएको छ । यस्तै साँझ बुद्धचोकमा शहीद पासवानको संझनामा दिप प्रज्जवलन गर्ने कार्यक्रम रहेको जनता समाजवादी पाटी (जसपा)का जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनु भयो ।


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:२८
#माघ १६ शहीद दिवस
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्