Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • संसदीय दल पदाधिकारीमा महिलाको प्रतिनिधित्व एमाले र राप्रपाको शून्य
संसदीय दल पदाधिकारीमा महिलाको प्रतिनिधित्व एमाले र राप्रपाको शून्य
नेपाली चेली
नेपाली चेली बुधबार, माघ २४, २०८०

राष्ट्रिय सभाका २० जना सांसद फागुन २० गते बिदा हुँदैछन् । जसमा एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)पनि पर्नु भएको । हाल उहाँ राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति हुनुहुन्छ ।

सांसद रावल बिदा भएसँगै संघीय संसदको दुवै सभामा एमालेले प्राप्त गरेका जिम्मेवारीमा महिलाको उपस्थिति अब शून्यमा झर्नेछ । राष्ट्रिय सभाका चार वटा विषयगत समितिमा एमालेका तर्फबाट रावल मात्रै सभापति हुनु भएको छ। प्रतिनिधिसभामा दश वटा विषयगत समिति छन् । त्यसमध्ये दुईवटा विषयगत समितिको सभापतिमा एमालेका सांसद रहेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापति किरण कुमार साह रहनु भएका, एमाले संसदीय दलको पदाधिकारीमा भने सुरुदेखि नै महिलाको उपस्थिति छैन । प्रतिनिधि सभामा संसदीय दलको नेतामा केपी शर्मा ओली हुनुहुन्छ । उपनेता सुवास नेम्वाङको निधन भएपछि यो जिम्मेवारी कसैलाई दिइएको छैन । प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला रहनु भएको छ ।


राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ रहनु भएको छ ।राजनीतिक दल सम्बन्धी ऐन दफा २५ र दफा २६ अनुसार संसदीय दलको पदाधिकारीमा दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्य सचिव रहन्छन् । यसअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा संसदीय दलको पदाधिकारी चयन र मनोनयन गर्दा महिलाले अवसर नपाएका हुन् ।

प्रतिनिधि सभामा एमालेका ७९ सांसद छन् । राष्ट्रिय सभामा हाल मनोनित सहित १८ सांसद रहेका छन् । यसमध्ये प्रतिनिधि सभामा २६ जना र राष्ट्रिय सभामा ९ जना महिला सांसद छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको पदाधिकारीमा पनि महिला छैनन् । राप्रपाको प्रतिनिधि सभामा संसदीय दलको नेता राजेन्द्र लिङ्देन रहनु भएका छन् । प्रमुख सचेतकमा ज्ञानबहादुर शाही रहनु भएको छन् । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् । जसमध्ये पाँच जना महिला सांसद रहेका छन् । राष्ट्रिय सभामा राप्रपाको उपस्थिति छैन ।

नेकपा एकीकृत समाजवादीको प्रतिनिधि सभा संसदीय दलको नेता माधवकुमार नेपाल रहनु भएका , प्रमुख सचेतकमा मेटमणि चौधरी रहनु भएका छन्। प्रतिनिधि सभामा १० सिट रहेको यो पार्टीको महिला सांसद तल्लो सदनमा छैनन् ।

एकीकृत समाजवादीको राष्ट्रिय सभामा संसदीय दलको नेता वेदुराम भुसाल रहनु भएको , राष्ट्रिय सभामा एकीकृत समाजवदीको ८ सांसद छन् । जसमध्ये पाँच जना महिला सांसद छन् । तर, महिला सांसदलाई संसदीय दलको पदाधिकारीमा कुनै जिम्मेवारी छैन ।

संसदमा १० वा १० भन्दा बढी सिट रहेका पार्टीको संसदीय दलका पदाधिकारीले संसद सचिवालयबाट थप सुविधा पाउँछन् । १० भन्दा कम सिट भएका पार्टीले सिंहदरबारमा दलको कार्यालय र कार्यालय सञ्चालनका लागि आवश्यक खर्च र कर्मचारी पाउँछन् ।

संघीय संसदमा १३ दलको प्रतिनिधित्व छ । जसमा एमालेसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी छन् ।

नेपाली कांग्रेसको संसदीय दलको पदाधिकारीहरुमा महिला उपस्थिति छ । प्रतिनिधि सभाको संसदीय दलको नेतामा शेरबहादुर देउवा रहनु भएका छन्। उपनेता पद रिक्त छ । प्रमुख सचेतकमा रमेश लेखक र सचेतकमा सुशिला थिङ छन् ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रमेशजंग रायमाझी र सचेतकमा अनिता देवकोटा रहनु भएको छ ।

माओवादी केन्द्रको प्रतिनिधि सभामा संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्ड रहनु भएको छ । उपनेता पद रिक्त छ । प्रतिनिधि सभामा प्रमुख सचेतक हितराज पाण्डे साथै सचेतकमा रुपा सोसी चौधरी रहनु भएको छ ।राष्ट्रिय सभामा माओवादी केन्द्रको संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ र  प्रमुख सचेतक गोपी अछामी रहनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) को प्रतिनिधि सभामा संसदीय दलको नेता रवि लामिछाने र उपनेता विराजभक्त श्रेष्ठ रहेका, प्रमुख सचेतकमा सन्तोष परियार  र सचेतकमा निशा डाँगी रहेको छिन । रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन ।

जनमत पार्टीको प्रतिनिधि सभामा दलको नेतामा अध्यक्ष डा।सिके राउत, उपनेतामा अब्दुल खान ,प्रमुख सचेतक अनिता साह र सचेतक विनिता सिंह दनुवार रहनु भएका छन्  । राष्ट्रिय सभामा जनमत पार्टीको उपस्थिति छैन ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा दलको नेतामा रञ्जिता श्रेष्ठ रहनु भएको, प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतक अरुणकुमार चौधरी रहेका छन् ।

जनता समाजवादी पार्टी (जसपा० को प्रतिनिधि सभा संसदीय दलको नेतामा उपेन्द्र यादव रहनु भएको, प्रमुख सचेतकमा प्रदीप यादव रहनु भएका छन् । यो दलको प्रतिनिधि सभामा महिला सांसद नै छैनन् । राष्ट्रिय सभामा जसपाका तीन सांसद छन् । जसमध्ये एक जना (प्रमिला कुमारीं महिला सांसद रहनु भएको  तर, उहाँलाई संसदीय दलको पदाधिकारीमा कुनै जम्मेवारी दिइएको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर  रहनु भएको उपनेता र प्रमुख सचेतक मनोनयन भएका छैनन् । यो दलको प्रतिनिधि सभा र राष्ट्रिय सभामा महिला सांसद छैनन् ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका एकरएक जना क्रमश प्रेम सुवाल, चित्रबहादुर केसी र प्रभु साह० प्रतिनिधि सभामा रहनु भएका छन्।


प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा शुक्रबार, भदौ ६, २०८२
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै
“नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रर्दशनी भाद्र २ देखि काठमाण्डौमा हुँदै आइतबार, भदौ १, २०८२
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य
आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्छौट सरकारको प्राथमिकतामा छ; मुख्यमन्त्री आचार्य आइतबार, साउन २५, २०८२
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड शनिबार, साउन १०, २०८२
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री  गुरुङ
एआई विलासिता होइन, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ शनिबार, साउन १०, २०८२
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै 
निजामति सेवा सम्वन्धी विधेयक संसोधन नगरी पारित हुँदै  सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्