Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आउँदै
अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आउँदै
नेपाली चेली
नेपाली चेली बिहीबार, माघ १२, २०७९
फाईल फोटो

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ । पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताउनु भएको छ। 

अमेरिकाका लागि पूर्व राजदूत सुरेश चालिसेले अमेरिकाबाट हुन लागेको उपमन्त्री नुल्यान्डको भ्रमण नियमित भएको टिप्पणी गरेका हुन  । उहाँले अमेरिकाले नेपाललाई प्राथमिकतामा राख्छ भन्ने सन्देश पनि दिन खोजेको बताउनु भएको छ।  ‘नेपाल र अमेरिकाको सम्बन्धलाई ध्यानमा राखेर हेर्दा दुई मुलुकबीच नजिकको सम्बन्ध छ,’ उहाँले भने,‘नयाँ सरकार बनेको छ । संसद्को अवस्था पनि पहिलेको भन्दा फरक अवस्था छ । यस विषयमा अमेरिकीहरु बुझ्न आउन लागेका हुन् ।’ साथै, अमेरिकाको सहयोगमा नेपालमा अघि बढेका परियोजनाहरु जस्तै एमसीसी लगायतको कार्यान्वयनको विषय बुझ्न पनि अमेरिकाबाट भ्रमण हुन लागेको उहाँले बताउनु  भयो। 

३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसक्तु भएकी  नुल्यान्डले यस अघि महत्वपूर्ण जिम्मेवारी पनि बहन गरिसक्नु भएको छ । उहाँ सन् २०२१ अप्रिलदेखि उपमन्त्री हुनु भएकी हुन् । उहाँले राष्ट्रपति बराक ओबामा र विदेश मन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र यूरेसियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गर्नु भएकी थिइन् । उहाँ विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्लु वुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटो ९नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन० को लागि अमेरिकी राजदूतको रुपमा काम गर्नु भएकी थिइन् । गत वर्षको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीनदिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट दोस्रो ठूलो भ्रमण उहाँको हो ।

नुल्यान्डले प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतलाई भेट्नु हुन्छ । । नेपालमा सरकार गठन लगतै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरु भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट काठमाडौंमा भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभएको  भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताउनु भयो । स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा एकरदुई दिनमा वासिङ्टनडीसीबाटै विज्ञप्ती जारी गरि भ्रमणको जानकारी सार्वजनिक हुनेछ । परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरि अमेरिकाको अनुदान सहयोगमा अघि बढेको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल पनि हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासको लागि नियोग (यूएसएआईडी )मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्ने छिन् । साथै, भेटवार्ताहरुमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थी लगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका ती अधिकारीले बताउनु भएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १६:११
#भिक्टोरिया नुल्यान्ड
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
मेक्सिकोमा शेनबम पहिलाे महिला राष्ट्रपति
मेक्सिकोमा शेनबम पहिलाे महिला राष्ट्रपति मंगलबार, जेठ २२, २०८१
भारतमा आजदेखि लाेकसभाकाे निर्वाचन, पहिलाे चरणमा १०२ सिटमा मतदान
भारतमा आजदेखि लाेकसभाकाे निर्वाचन, पहिलाे चरणमा १०२ सिटमा मतदान शुक्रबार, वैशाख ७, २०८१
दक्षिण अफ्रिकामा  पुलबाट  बस खस्दा ४५ जनाको ज्यान गयो
दक्षिण अफ्रिकामा पुलबाट बस खस्दा ४५ जनाको ज्यान गयो शुक्रबार, चैत १६, २०८०
पाकिस्तानमा राष्ट्रपतिले  प्रथम महिला छोरीलाई बनाएपछि विश्वभर चर्चा
पाकिस्तानमा राष्ट्रपतिले प्रथम महिला छोरीलाई बनाएपछि विश्वभर चर्चा बिहीबार, चैत १, २०८०
भिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्ने युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो
भिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्ने युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो बिहीबार, फागुन १०, २०८०
यौन शोषण  सजाय  माफमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा
यौन शोषण सजाय माफमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा आइतबार, माघ २८, २०८०
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्