Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
पृथ्वी चन्द्र अस्पताल परासीको नयाँ भवन समुद्घाटन: विशेषज्ञ उपचार सेवा जनताको पहुँचमा पुर्‍याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड
नेपाली चेली
नेपाली चेली शनिबार, साउन १०, २०८२

परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पुर्याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको स्पष्ट पार्नु भएको हो ।

शनिबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पुर्याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो ।  उहाँले प्रदेश सरकार बनेपछि १२ वटै जिल्लाका अस्पतालहरूको सेवा सुदृढ भएकाे बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई स्वास्थ्य सेवा तर्फ उत्कृष्ट प्रदेश बनाउने गरी सरकारले लगानी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्यकर्मीलाई सेवा प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री आचार्यले  काबु बाहिरका जटिल रोगबाहेक अन्य सबै सेवा अस्पतालबाटै दिनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालको भौतिक संरचना, उपकरण र दक्ष जनशक्ति सँगै प्रभावकारी सेवा यहीँबाट दिनुपर्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले अस्पतालमा मृगौलाको डायलासिस सेवा र आँखा उपचार सेवाको पनि आजै शुभारम्भ गर्नुभएको छ।

पछाडि परेका भूगोल, क्षेत्र र समुदायलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम अगाडि बढाइएको जानकारी दिंदै उहाँले पश्चिम नवलपरासीलाई हेर्ने दृष्टिकोणमा कमजोरी आउन नदिइने स्पष्ट पार्नुभयो । उहाँले क्रमागत, बहुवर्षीय तथा वार्षिक योजनामा यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।

मुख्यमन्त्री आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले संयुक्त रूपमा पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्नु भएको हो । स्थापना भएको ११४ वर्ष पुरानो अस्पताल हाल ५० शैयाको क्षमतामा सञ्चालनमा छ । प्रदेश सरकारको १३ करोड ६६ लाख रुपैयाँ लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।
हाल अस्पतालमा ५९ जना कर्मचारी दरबन्दी कायम छ । जसमध्ये मेडिकल सुपरिटेन्डेन्ट १ सहित १९ जना चिकित्सक कार्यरत रहेका छन् ।

अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, निःशुल्क प्रसूति सेवा, दन्त तथा आँखा उपचार, लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा उपचार, सुरक्षित गर्भपतन, हाडजोर्नी र फिजियोथेरापी, जनरल फिजिसियन, सिकलसेल एनेमिया परीक्षण र उपचार, रेडियोलोजी सेवा, क्षयरोग स्क्रिनिङ्ग, जेष्ठ नागरिक ओपीडी, स्वास्थ्य बीमा कार्यक्रम, पेन ओपीडी तथा मेडिकोलिगल र पोष्टमार्टम सेवाहरू सञ्चालनमाछन् ।
केही दिनअघि पहिलोपटक पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो भने मृगौलाको डायलासिस सेवा शुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारू, सङ्घीय सरकारका पूर्व कानुनमन्त्री एवं प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधान, पूर्व रक्षा राज्य मन्त्री रामबचन यादव, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री बैजनाथ चौधरी, पूर्व गृहराज्य मन्त्री देबेन्द्र राज कण्डेल, पूर्व राज्यमन्त्री घनश्याम यादव, उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा मोहम्मद नुरूल होलाको स्वागत मन्तव्य रहेको कार्यक्रममा अस्पतालका श्याम सुन्दर चौधरीले सञ्चालन गर्नुभएको हो ।

अस्पताल उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पृथ्वीचन्द्र अस्पताललाई विभिन्न समयमा भौतिक एवं आर्थिक सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको छ। 


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्