बुटवल । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम भएको प्रदेशको रुपमा घोषणा गरिएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिबार घोषणा गर्नुभएको हो।
राष्ट्रिय खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्रदेश भएको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ । त्यस लगत्तै मुख्यमन्त्री आचार्य र स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
घोषणा सभामा आर्थिक वर्ष २०८१।८२ मा घरदुरी सर्वेक्षण मार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ जना बालबालिकालाई सबै खोप लगाइएको पुष्टि गरिएको छ।
खोप अभियान अन्तर्गत २०८२ जेष्ठ ८ गते पश्चिम नवलपरासीबाट दिगोपना घोषणा सुरु गरिएको हो। त्यस लगत्तै रोल्पा, पाल्पा, रूपन्देही, प्युठान, रुकुम पूर्व, दाङ, गुल्मी, बर्दिया, कपिलवस्तु, बाँके हुँदै अर्घाखाँची घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले लुम्बिनी प्रदेशलाई बिहिबार पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरेको हो।