काठमाडौं ।  नेपाल जेसीजका अनुभवी र प्रेरणादायी नेता जीवन कार्कीले वर्ष २०२६ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । 
उहाँ रामेछाप जेसीजको आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिनु भएको हो । 
कार्कीले आफ्नो जेसिज अभियानलाई "एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिनुभएको छ  जसको मूल थीम “लक्ष्य राखौं , कार्य गरौं: सफलता हासिल गरौं” रहेको छ।
उहाँले जनकपुरमा हुने ५२ औं राष्ट्रिय अधिवेशनमा आफ्नो दृष्टि, रणनीति र कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेका छन्। नेतृत्वको यात्रा : संघर्षदेखि सफलतासम्म रामेछापबाट नेतृत्व यात्रा सुरु गरेका कार्कीले सन् २०१५ मा जेसीज सदस्य बन्नुभएको थियो ।
उहाँ क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष, र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष बनि सक्नुभएको छ । 
उम्मेदवार कार्कीका अनुसार, “नेतृत्व केवल पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो।” उहाँले भन्नुभयो, “स्पष्ट लक्ष्य निर्धारण गरेर दृढताका साथ कार्य गरे मात्र साझा सफलता हासिल गर्न सकिन्छ। यही प्रक्रियाबाट संगठन र समाजमा रूपान्तरण सम्भव छ।”