Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • मौन अवधिमा विस्फोटक पदार्थ पड्कदा बालबालिका घाइते भएकोप्रति सिजपको ध्यानाकर्षण 
मौन अवधिमा विस्फोटक पदार्थ पड्कदा बालबालिका घाइते भएकोप्रति सिजपको ध्यानाकर्षण 
नेपाली चेली
नेपाली चेली बुधबार, फागुन २०, २०८२

नवलपरासी । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ९ र महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु पड्किदा दुई बालबालिका सहित चार जना घाइते भएकोप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किदा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दायाँ–बायाँ खुट्टामा चोट लागेको र स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझीको हात, खुट्टा र छातीमा चोट लागेको छ । 

दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सिजपले यस्ता प्रकृतिका घटनाबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउनको लागि सबद्ध सबै पक्षलाई आग्रह गरेको छ । 

त्यस्तै बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा शंकास्पद वस्तु पड्किदा कैलाली घोडाघोडी–१० का २५ वर्षीय सन्देश चौधरी र २२ वर्षीय समीर चौधरी घाइते भएको घटनाको पनि ध्यानाकर्षण भएको जनाएको छ । 
देशका विभिन्न स्थानहरू, सुर्खेतको छिन्चुमा, रौतहट जिल्लाको चन्द्रपुर–५, राजपैडास्थित आधुनिक प्रा.वि. स्कुलबाट करिब २ सय मिटर दक्षिणमा, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्वपश्चिम राजमार्गमा, मोरङ जिल्ला प्रशासन कार्यालय अगाडि शंकास्पद वस्तु भेटिएका छन् । 

काठमाडौँको नैकाप र सुकेधारामा गाडीहरूमा आगो लगाइएको घटना सार्वजनिक भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौन अवधिमा भएको यस्तो घटनाले आम सर्वसाधरणको साथै बालबालिकामाथि सुरक्षा जोखिम बढेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु÷गराउनु पर्नेमा यस्तो घटनामा अझ बालबालिका पर्नु दुःखद छ । निर्वाचनमा अधिकांश  मतदान स्थलहरू विद्यालयमा बनाइएकोले यस्तो घटनामा विद्यालय र बालबालिका जोखिममा पर्न सक्छन् र बालबालिकामा झनै गम्भीर समस्याहरू पर्नसक्ने भएकोले सम्बद्ध सबै पक्षको सिजपले ध्यानाकर्षण गराएको छ । 

बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकारप्रति प्रतिबद्ध हुन सम्पूर्णमा अपिल गर्दछौँ । बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार सम्बद्ध संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको नै छ । यसका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ । 

यस्ता घटनाहरू दोहोरिन नदिनको निम्ति सचेतना अपनाउन आफ्ना बालबालिकालाई आफ्नो संरक्षणमै राख्न घरमै छलफल गरी उनीहरूसँगै समय बिताउन अभिभावकहरूलाई समेत हार्दिक अनुरोध गर्दछौँ सिजप विज्ञप्तीमा भनेको छ ।  

भयरहित वातावरणमा खेल्न, हिड्न र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसात् गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सङ्घ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेले अनुरोध गर्नुभएको छ । 


प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्