Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • देशभर आज प्रतिनिधि सभाको निर्वाचन हुँदै , प्रत्यक्ष तर्फ तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा
देशभर आज प्रतिनिधि सभाको निर्वाचन हुँदै , प्रत्यक्ष तर्फ तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा
नेपाली चेली
नेपाली चेली बिहीबार, फागुन २१, २०८२

नवलपरासी । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि विघटित प्रतिनिधि सभाको निर्वाचन आज देशभर एकै चरणमा हुँदैछ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । देशभर प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार १३५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ वटा मतदान केन्द्र निर्माण गरिएको छ। 

निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक तर्फ ११० जना गरी कुल २७५ जना सांसद निर्वाचित हुनेछन्। आज हुने प्रतिनिधिसभा निर्वाचनमा योग्य मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ रहेका छन् । यस पटक नौ लाख १५ हजार ११९ जना मतदाता थपिएका हुन् । जसमा पुरुष मतदाताको सङ्ख्या ९६ लाख ५० हजारभन्दा बढी र महिला मतदाताको सङ्ख्या ९२ लाख बढी रहेको छ। 

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ५७ र प्रत्यक्षतर्फ ६६ वटा दल एवं स्वतन्त्र उम्मेदवार सहभागी छन् । निर्वाचन आयोगका अनुसार नेपाली काङ्ग्रेसले मात्र सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। 

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर करिब ३ लाख ४० हजार सुरक्षाकर्मी र दुई लाख पन्ध्र हजार कर्मचारी परिचालन गरिएको छ। जस अन्तर्गत नेपाल प्रहरीका ७५ हजार ७९७ जना, नेपाली सेनाका ७९ हजार ७२७ जना, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना, निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन गरिएको छ । यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट निर्वाचन अनुगमनका लागि १ हजार ९२१ जना र कर्मचारी २ लाख १५ हजार जना परिचालन भएका छन् ।

यता नवलपरासीमा आज हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। जिल्लामा १२२ वटा मतदान स्थल, २९७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नवलपरासीको क्षेत्र नम्बर १ मा कुल २६ जना र क्षेत्र नम्बर २ मा २९ जना गरी कुल ५५ जना उम्मेदवार रहेको बताइएको छ । 

जिल्लामा संवेदनशील मतदान स्थल ५६ वटा र १२ वटा अति संवेदनशील मतदान स्थल रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ 

जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा कुल २ लाख ५४ हजार १५७ जना मतदाता रहेका छन् । जसमा १ लाख २९ हजार १८३ जना पुरुष र १ लाख २४ हजार ९७० जना महिला छन्। भने अन्य चारजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

निर्वाचन आयोगले जेष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था मिलाएको जनाएको छ भने प्रत्येक मतदान केन्द्रमा पुरुष र महिलाको छुट्टाछुट्टै लाइन बनाइएको छ। 

मतदाता नामावलीमा सूचीकृत मतदाताले आज प्रतिनिधिसभाको निर्वाचनमा मतदाता परिचयपत्र वा अन्य पाँच प्रकारका परिचयपत्रमध्ये एउटा देखाएर मत दिन पाउनेछन् । निर्वाचन आयोगका अनुसार नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल देखाएर मत दिन पाउने व्यवस्था गरिएको छ। 


प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्