Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
जीवन शैली
  • Home
  • जीवन शैली
  • घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
नेपाली चेली
नेपाली चेली बिहीबार, असार २५, २०८३

सामान्य परिवारकी एक ग्रामीण महिला, जसले कहिल्यै आफ्नो परिचय आफैंले बनाउने कल्पना पनि गर्नु भएको थिएन, घरबाट बाहिर निस्कँदा घुम्टो ओढ्नुपर्ने बाध्यता, श्रीमान् वा ससुराको नामबाट चिनिने सामाजिक परम्परा र सीमित शैक्षिक अवसरका बीच पनि अङ्गिरा तेलीले आफ्नो मेहनत, लगन र आत्मविश्वासका बलमा समुदायमा छुट्टै पहिचान स्थापित गर्नुभएको छ । उहाँ नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नंं २ हरपुर निवासी हुनु हुन्छ । 

प्लस टु तहसम्म अध्ययन गरेकी अङ्गिरा विगत १२ वर्षदेखि सहकारी संस्थाको व्यवस्थापकका रूपमा कार्यरत हुनु हुन्छ । आज ५५१ जना सेयर सदस्य रहेको संस्थाको दैनिक व्यवस्थापनदेखि वित्तीय अनुशासन र सदस्यको विश्वास कायम गर्ने जिम्मेवारी उनले सफलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ । उहाँकै सक्रियतामा संस्थामा ४३२ जना महिला र ११९ जना पुरुष सदस्य आबद्ध छन्, जसले महिलाको नेतृत्वमा अघि बढेको सहकारीको सफलताको कथा बोलिरहेको छ।

अङ्गिराको यात्रा भने सहकारीबाट सुरु भएको थिएन । इन्द्रेणी सामाजिक विकास मञ्चले सञ्चालन गरेको ‘शक्ति’ महिला सशक्तीकरण तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत उहाँले तीन वर्ष स्थानीय स्रोत व्यक्तिका रूपमा काम गर्नु भएको थियो २०६७ तिर । कार्यक्रमले उहाँमा आत्मविश्वास जगायो, चेतना फैलायो र आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटो देखायो । तीन वर्षपछि कार्यक्रम समाप्त हुँदा त्यसअन्तर्गत रहेका १२ वटा महिला समूहलाई सहकारीमा रूपान्तरण गरियो र “शक्ति कृषि सहकारी संस्था लि.” को स्थापना गरियो । त्यसैबेलादेखि अङ्गिराले व्यवस्थापकको जिम्मेवारी सम्हाल्नु भयो, जुन जिम्मेवारी उहाँले आजसम्म निरन्तर निभाइरहनु भएको छ । 

सहकारी स्थापना हुँदा महिलाहरूले प्रतिमहिना १० रुपैयाँ बचतबाट यात्रा सुरु गरेका थिए । त्यो १० रुपैयाँ जुटाउन पनि धेरैलाई कठिन थियो अंङ्गिरा भन्नु हुन्छ तर अङ्गिराले सहकारीको उद्देश्य, बचतको महत्व र सामूहिक प्रयासको शक्तिबारे निरन्तर बुझाउँदै आउनु भयो जसले गर्दा आज त्यही संस्थाका सदस्यहरूले न्यूनतम २०० रुपैयाँदेखि अधिकतम १,००० रुपैयाँसम्म नियमित बचत गर्ने अवस्था बनेको छ । यो परिवर्तनमा उहाँको धैर्यता, नेतृत्व र निरन्तरको प्रयासको परणाम हो । 

उनको सक्रियतामा सहकारीले बचत र ऋणको कारोबारमा मात्र सीमित नभई खानेपानी, सरसफाइ, स्वास्थ्य, पाठेघरसम्बन्धी सचेतना, नागरिकता, लैङ्गिक समानता, व्यवसाय प्रवद्र्धन तथा छोराछोरीबीच विभेद नगर्ने संस्कार विकासका कार्यक्रम सञ्चालन ग¥यो । महिलाहरूलाई गाई, भैँसी, बाख्रा पालनजस्ता साना व्यवसायमा प्रोत्साहित गर्दै बचत गर्ने बानीको विकास गरियो । यही प्रयासले आज संस्था आर्थिक र सामाजिक रूपमा बलियो र स्थापित बन्दै गइरहेको छ । 

ग्रामीण क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण रहेको उनी बताउनु हुन्छ तर आफूले गरेका कामबाट महिलाको जीवनमा आएको परिवर्तन देख्दा सबै दुःख बिर्सिने गरेको अङ्गिराको भनाई छ । अझै पनि महिलाको नाममा जग्गा–जमिन नहुँदा ऋण प्रवाहमा समस्या हुने गरेको उहाँको अनुभव छ । त्यसैले महिलाको नाममा पनि लालपुर्जा हुनुपर्ने र समाजले महिला–पुरुषलाई समान अवसर र समान सम्मानका साथ हेर्नुपर्ने उहाँको स्पष्ट धारणा छ ।

अङ्गिराको सफलतामा परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण रह्यो । विशेष गरी उहाँकी बुढीसासु (अजिया सासु) ले उनलाई घरभित्र सीमित नरहन प्रेरित गरिरहनु हुन्थ्यो । “पढेपछि घरमा मात्र होइन, बाहिर पनि गएर काम गर्नुपर्छ,” भन्ने उनको हौसलाले अङ्गिराको जीवनको दिशा नै बदलिदियो । त्यसपछि श्रीमान् र परिवारका अन्य सदस्यको सहयोगले उहाँ घुम्टोको परम्पराबाट बाहिर निस्कनुभयो र आफ्नै नामबाट चिनिने एक सफल र आत्मविश्वासी महिला बन्नु भएको छ । 

आज अङ्गिरा तेली केवल एक सहकारी व्यवस्थापक मात्र होइनन्, ग्रामीण महिलाको आत्मविश्वास, आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको जीवित उदाहरण बन्नु भएको छ । घुम्टोभित्र सीमित एक महिलादेखि सयौँ परिवारको भरोसाको नेतृत्वकर्ता बन्ने उनको यात्रा धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ ।
 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप जीवन शैली
बुटवल-तानसेन सडक खण्ड रातको समयमा बन्द हुने
बुटवल-तानसेन सडक खण्ड रातको समयमा बन्द हुने आइतबार, वैशाख १७, २०८०
पश्चिम नवलपरासीको बर्दघाटमा परियत्ति शिक्षाको  परिक्षा शुरु
पश्चिम नवलपरासीको बर्दघाटमा परियत्ति शिक्षाको  परिक्षा शुरु आइतबार, माघ ८, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह बुधबार, पुस २७, २०७९
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्