हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ ।
देशका पहाडी र तराई भू–भागको धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ । देशका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका पहाडी भू–भाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।