Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी
एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी
नेपाली चेली
नेपाली चेली बुधबार, माघ २५, २०७९
फाेटाे नयाँ पत्रिकाबाट

सरकारले एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ । 

गृह मन्त्रालयका अनुसार चार जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिला सिडिओ खटाइएको छ । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ । वहा्ँहरू सबै उपसचिव हुनु हु्नछ ।
धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । उहाँहरू सबै सहसचिव हुनु हन्थ्यो । 
आठ जिल्लाले पहिलोपटक महिला सिडिओ पाएको हो । ताप्लेजुङले पहिलोपटक महिला सिडिओ पाएको छ । यही १८ माघमा चेम्जोङ सिडिओ बनेर जिल्ला पुग्नु भएको हो । जिल्लामा हालसम्म ४७ जना सिडिओ बनेर आइसकेका छन् । उहाँ पहिलो महिला सिडिओको रुपम आउनु भएको हो। उहाँ यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ रहनु भएको थियो । 

धनकुटाले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । यसअघि रामेछापमा सिडिओ भइसकेकी लीलाकुमारी केसी पाण्डे गृह मन्त्रालयले खटाएपछि अघिल्लो सोमबार धनकुटा पुुग्नु भएको छ ।  मनाङले पनि पहिलोपटक महिला सिडिओ पाएको छ । त्यहाँ सुभद्रा खनाल ढुंगेल सिडिओ हुनु हुन्छ । उहाँ गत १२ माघमा मनाङको सिडिओ बन्नु भएको थियो । सुनसरीमा पनि पहिलोपटक महिला सिडिओ बनेर हुमकला पाण्डे पुग्नु भएको छ । उहाँ यही १६ माघदेखि त्यहाँको सिडिओमा कार्यरत हुनु हुन्छ। यसअघि उहाँ भक्तपुर र काभ्रेमा पनि सिडिओमा कार्यरत रहनु भएको थियो। काभ्रेमा पनि सिडिओ हुने उहाँ पहिलो महिला हुनु हुन्छ ।

सिन्धुलीले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । उहाँ यसअघि प्युठानमा सिडिओ रहनु भएको थियो। प्युठानमा पनि उहाँ पहिलो महिला सिडिओको रुपमा कार्यरत हुनु हुन्थ्यो । सहसचिव रोशनी श्रेष्ठ बाग्लुङको सिडिओ बन्नु भएको छ । यसको निर्णय गृह मन्त्रालयले आइतबार गरिसकेको छ । बाग्लुङमा हालसम्म महिला सिडिओ छैनन् । श्रेष्ठ पहिलो महिला सिडिओ बन्दै हुनु हुन्छ ।

यता अर्घाखाँची जिल्लामा पनि पहिलो महिला सिडिओ कार्यरत हुनु हुन्छ । अर्याल यही १२ माघदेखि सिडिओ कार्यरत हुनु भयो। डोटीमा पनि पहिलोपटक महिला सिडिओका रूपमा कल्पना श्रेष्ठ कार्यरत हो।  ११ माघ ओखलढुंगामा सिडिओ पोस्टिङ भई प्रदर्शनी कुमारी पहिलोपटक सिडिओ बन्नु भएको छ ।  जिल्लामा मधेसी समुदायबाट महिला सिडिओ हुने उहाँ पहिलो व्यक्ति हुुनु हुन्छ । 


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्