Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • नवनिर्वाचित राष्ट्रपति पौडेलको राजनीतिक यात्राको प्रधानमन्त्रीमा १७ पटकसम्म हार ,पहिलो प्रयासमै राष्ट्रपति
नवनिर्वाचित राष्ट्रपति पौडेलको राजनीतिक यात्राको प्रधानमन्त्रीमा १७ पटकसम्म हार ,पहिलो प्रयासमै राष्ट्रपति
नेपाली चेली
नेपाली चेली बिहीबार, फागुन २५, २०७९

राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि १६ वर्षको उमेरमा राजनीतिमा होमिनु भएका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म तनहुँको बाहुनपोखरामा २००१ सालमा भएको हो ।

२०१८ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा सहभागिता जनाउनु भएको पौडेल २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनको अभियन्ताकोरुपमा अगाडि आइसक्नु भएको थियो । स्ववियु आन्दोलनका अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसको विद्यार्थी युनियन सभापति चुनिनु भएको थियो । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव निर्वाचित हुनुभएका उहाँ २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बन्नुभयो ।

त्यसपछि निरन्तर राजनीतिमा सक्रिय पौडेल २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक बन्नुभयो । २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका पौडेल त्यसपछि अहिलेसम्म कांग्रेसको केन्द्रीय समितिमा रहेर काम गरिरहनु भएको छ ।

पञ्चायत विरुद्धको आन्दोलनमासमेत क्रियाशील पौडेल २०४६ सालमा प्रजातन्त्र पुनस्थापनापछि भएको २०४८ सालको चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित हुनु भएको थियो । त्यसपछि बनेको सरकारमा उहाँ स्थानीय विकासमन्त्री हुनुभएका पौडेल दोस्रोपटक २०४९ सालमा स्थानीय विकास तथा कृषि मन्त्री बन्नुभयो।

उहाँ २०५१ सालको मध्यावधि चुनावमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित भएर प्रतिनिधि सभामा सभाको सभामुख हुनु भएको थियो । २०५६ सालको चुनावमा तनहुँ २ बाट तेस्रो पटक सांसद चुनिनु भएका पौडेल २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री हुनुभएको थियो ।

कांग्रेसको राजनीतिमा २०६२ सालमा महामन्त्री हुनुभएका पौडेल माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको शान्ति सचिवालयको संयोजक हुनुभयो । २०६३ सालमा शान्ति प्रक्रियामा माओवादीसमेत समावेश भएको सरकारमा उहाँ शान्ति तथा पुनर्निर्माण मन्त्री हुनुभयो।

२०६२ सालमा कांग्रेस महामन्त्री हुनुभएका पौडेल २०६४ सालमा उपसभापति हुनुभयो । २०६४ सालको पहिलो संविधान सभा चुनावमा पौडेल तनहुँको २ नम्बर क्षेत्रबाट नै संविधान सभा सदस्यका रुपमा निर्वाचित हुनुभयो । २०६५ सालमा उहाँ नेपाली कांग्रेस संसदीय दलको नेता बन्नुभयो । त्यस्तै २०७० सालको दोस्रो संविधान सभा चुनावमा उहाँ पाँचौं पटक पनि तनहुँ २ बाट नै चुनिनु भयो । २०७४ सालको चुनावमा तनहुँ २ बाट पराजय भोगे पनि उहाँ २०७८ को चुनावमा भने विजयी हुनुभयो ।

राजनीतिमा निष्ठा र इमानदार राजनीतिज्ञका रुपमा चिनिने पौडेलले पञ्चायत व्यवस्थाको विरुद्धमा २०१९ देखि २०४६ सालसम्म भएको विभिन्न चरणको आन्दोलन तथा संघर्षको क्रममा धेरै पटक गरी १३ वर्ष जेल जीवनसमेत बिताउनु भएको छ ।

शालिन नेताकारुपमा समेत चिनिने पौडेलले नेपालीमा स्नातकोत्तर तथा संस्कृत साहित्यमा शास्त्री पास गर्नुभएको छ भने उहाँका प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका धेरै पुस्तक प्रकाशित छन् ।

प्रधानमन्त्रीमा १७ पटकको पराजय

पञ्चायत विरोधी राजनीतिदेखि गणतन्त्रसम्म आइपुग्दा निरन्तर क्रियाशील र संसदीय चुनावमा जीत हात पार्दै आउनु भएका पौडेललाई २०६७ सालमा भएको प्रधानमन्त्री चुनावलाई लिएर उडाउने पनि गरिन्छ । सत्र पटक हारेका प्रधानमन्त्री, हुन नसकेका प्रधानमन्त्री अनि कोहीले अलि धेरै पटक पराजय भोग्यो भने रामचन्द्रको चुनाव जस्तो पनि भन्ने गरिन्छ । तर, यसमा उहाँ आफू स्वयंको भूमिकभन्दा तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार मानिन्छ ।

२०६७ साउनदेखि सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौँ प्रतिस्पर्धापछि भने प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर हुनुभयो । त्यसपछि पौडेल र खनालबीच १७ पटक प्रधानमन्त्रीका लागि चुनावी प्रतिस्पर्धा भयो । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । र, अर्को चरणमा प्रचण्डको सहयोगमा खनाल प्रधानमन्त्री हुनुभयो भने रामचन्द्र पौडेलको १७ पटकको प्रयत्न त्यसै खेर गयो जुन अहिले पनि उहाँको जीवनको एउटा नमिठो घटनाकारुपमा लिने गरिन्छ । 

देउवाको विरोधी, देउवाकै भर

नेपाली कांग्रेसको शीर्ष नेताहरु विपी कोइराला तथा सुवर्णशमशेरको समयमा हुने गरेको अन्तरसंघर्षका समयमा समेत सम्वाद गराएर सम्बन्ध सुमधुर बनाएर मध्यमार्गी नेताको रुपमा बनाएको परिचय अहिले पनि कायमै छ । तर, सँगसँगै पार्टीमा उहाँलाई आवश्यक समयमा सही निर्णय गर्न नसक्ने र निर्णय गर्नुपर्दा जहिले पनि अलमलमा रहने नेताका रुपमा पनि चिनिन्छ ।

पार्टीमा मध्यमार्गी छवी बनाएका पौडेल पटक, पटक सरकार तथा पार्टीको उच्च तहमा पुगे पनि अहिलेसम्म पहिलो बन्ने सौभाग्य प्राप्त भएको छैन । सरकारमा उपप्रधानमन्त्री, गृहमन्त्री, सभामुख तथा पार्टीमा महामन्त्री र उपसभापति तथा कार्यवाहक सभापतिसम्म भए पनि पार्टी सभापति तथा सरकारमा प्रधानमन्त्री हुने अवसर भने उहाँलाई कहिल्यै आएन । कांग्रेसका सभापति शेरबहादुर देउवाले सधैँ पाखा पार्दै आफू प्रधानमन्त्री तथा सभापति दुवै बनेको तर, लामो समय सँगै राजनीति गरेका पौडेललाई कहिल्यै अवसर नदिएको आरोप पनि देउवालाई लाग्ने गरेको छ ।

पार्टीको चौधौँ महाधिवेशनमा विपक्षी खेमाको नेतृत्व गर्दै पौडेलले सभापति उम्मेदवार हुने बताउनु भएको थियो । तर, पछि देउवाले भेटेपछि उहाँले उम्मेदवारी दिनुभएन र तटस्थ बसेर देउवालाई अप्रत्यक्ष रुपमा समर्थन गर्नुभयो । त्यसबेला सभापतिको प्रतिस्पर्धामा रहेका देउवा, शेखर कोइराला, तथा प्रकाशमान सिंहले पचास प्रतिशत मत नकाटाएका कारण दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणको मतदानमा सिंह तथा पौडेल दुवै जनाले देउवालाई समर्थन गरेपछि देउवा सभापतिमा विजयी हुनुभएको थियो । यसरी देउवाको निरन्तर प्रतिस्पर्धी तथा विपक्षीकोरुपमा देखिनुभएका पौडेल चौधौँ महाधिवेशनपछि भने समर्थनमा रहनु भएको थियो । चौधौँ महाधिवेशनपछि पौडेलको देउवालाई समर्थनको सिलसिला संसदीय दलको नेताकोरुपमा समेत रह्यो ।

पौडेलले देउवालाई साथ दिएपछि देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि बढाउनु भएको हो । र पछिल्लो चुनावी गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले पौडेललाई उहाँको निर्वाचन क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने आश्वासनसमेत दिनु भएको थियो । र, प्रचण्ड तथा देउवाको सहयोगमा उहाँ यसपटक सहज रुपमा राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । 


प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
आज देशभर मनसुनी वायुको प्रभाव 
आज देशभर मनसुनी वायुको प्रभाव  शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्