Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • राष्ट्रिय जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन सार्वजनिक: ३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व
राष्ट्रिय जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन सार्वजनिक: ३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व
नेपाली चेली
नेपाली चेली शुक्रबार, चैत १०, २०७९

राष्ट्रिय जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। जसमध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् (४८  दशलमव ९८ प्रतिशत), महिला १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१ दशमलव ०२ प्रतिशत) र अन्य लिङ्गी २ हजार ९२८ जना छन्।

यसअघि २०७८ साल माघ १२ मा नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएकोमा विस्तृत र अन्तिम प्रतिवेदनमा त्यसभन्दा २६ हजार ९०२ कम देखिएको हो।

सबैभन्दा धेरै जनसंख्या काठमाडौँ जिल्लाको  २० लाख ४१ हजार ५८७ जना रहेको प्रतिवेदनले जनाएको छ । सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६८५ जना छन्।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३ दशमलव ६१ प्रतिशत - १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४ दशमलव ३१ प्रतिशत - १ करोड १७ लाख ५७ हजार ६२४ जना र हिमाली क्षेत्रमा ६ दशमलव ०८ प्रतिशत - १७ लाख ७२ हजार ९४८ जना जनसंख्या रहेको छ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २० दशमलव ९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ दशमलव ७९ प्रतिशत रहेको छ । 

सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। जहाँ ३ दशमलव ५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लमा हरेक वर्ष १ दशमलव ६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ।

जनघनत्व बढेर अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ। जनघनत्व २०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना छ । जिल्लागत रूपमा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५ हजार १६९ जना र सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै रहेको छ।

परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ पुग्यो देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन्। जसमध्ये व्यक्तिगत परिवार ९एकल० ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार ९संयुक्त० ६ हजार ९६ रहेका छन् ।

प्रति परिवार बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ। २०६८ सालमा ४ मशलव ८८ जना रहेको थियो । यस हिसावले प्रति परिवार संख्या घटेको छ।

२०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३ दशमलव १९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६ दशमलव ८१ प्रतिशत रहेको थियो। साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमा जनगणनाले करिब २२ लाख परिवार विदेशमा रहेको देखाएको छ। जसमा १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा रहेको पाइएको छ । 

२०६८ सालको जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए । करिब साढे ६ लाख जनसंख्या अपाङ्ग तथ्यांक कार्यालयले कुल जनसंख्याको २।२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । कुल जनसंख्ययाको २ दशमलव २ प्रतिशत भनेको ६ लाख ४१ हजार ६२० जना हो। अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४ दशमलव २ प्रतिशत र महिला ४५।८ प्रतिशत छन् ।

३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व कुल ६६ लाख ६६ हजार ९३७ परिवार रहेको छ। जसमध्ये ३१ दशमलव ५५ प्रतिशत परिवार मूली महिला रहेका छन्।

२०६८ को तुलनामा ५ दशमलव ८२ प्रतिशत बिन्दुले बढि हो ।

५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा र ४४ प्रतिशतले ग्यास प्रयोग गर्छन् देशका ६६,६०,८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठरदाउरा प्रयोग गर्ने गरेका छन् ।

त्यसपछि धेरै प्रयोग गर्नेमा ग्यास रहेको छ। ग्यासको प्रयोग ४४ प्रतिशतले गरेका छन्। बिजुली, गुईठारगोरहा, बायो ग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ।

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार ६४ प्रतिशत नागरिकले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:५९
#राष्ट्रिय जनगणना २०७८
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
आज देशभर मनसुनी वायुको प्रभाव 
आज देशभर मनसुनी वायुको प्रभाव  शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्