Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ट्वीटरको लोगोमा निलो चराको ठाउँमा कुकुर फेरियो
ट्वीटरको लोगोमा निलो चराको ठाउँमा कुकुर फेरियो
नेपाली चेली
नेपाली चेली मंगलबार, चैत २१, २०७९
प्रतिकरात्मक फोटो

सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन् । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ ।मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ । यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ ।

विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।

ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए । तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए । ट्वीटरको लोगो परिवर्तन भएसँगै ट्वीटरमा ३म्इन्भ् ह्यासट्याग ट्रेन्डिङ भएको छ ।

मस्कले एउटा तस्वीर ट्वीट गरेका छन् । त्यसमा ट्वीटरकै लोगोमा भएको उक्त कुकुर कारको चालक सिटमा बसेको छ र ट्राफिक पुलिसलाई आफ्नो लाइसेन्स देखाइरहेको छ । उक्त लाइसेन्समा ट्वीटरको पूरानो लोगोको रुपमा रहेको निलो चराको फोटो देखिन्छ । त्यसपछि डगीको ट्राफिक पुलिससँग भन्छ ः यो पुरानो तस्वीर हो ।

मस्कले पहिले नै दिएका थिए परिवर्तनको संकेत

स्मरण रहोस् एलन मस्कले डगीका विषयमा पहिले नै संकेत दिएका थिए । गत फेब्रुअरीमा उनले सोही कुकुरको एउटा फोटो ट्वीट गरेका थिए । त्यसको क्याप्सनमा मस्कले ट्वीटरको नयाँ सिइओ गज्जबको रहेको उल्लेख गरेका थिए ।

तस्वीरमा उक्त कुकुर ट्वीटरको सिइओको कुर्सीमा बसेको देखिन्थ्यो । त्यसको अगाडिको टेबलमा एउटा कागज राखिएको थियो जसमा कुकुरको नाम ‘फ्लोकी’ लेखिएको थियो । त्यसको तल उसको पद ‘सिइओ’ लेखिएको थियो ।

यद्यपि उक्त कागजमा ट्वीटरको पुरानै लोगो थियो । मस्कले त्यो पुरानो लोगोलाई सोही कुकुरको तस्वीरले परिवर्तन गर्ने कुराको संकेत त्यहीँबाट गरेका भए पनि त्यसबेला कसैले त्यसको अनुमान गर्न सकेनन् । मस्कले मजाक गरेको सम्झिए ।

मस्कले बाचा पूरा गरे

एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेसँगै अर्को एउटा ट्वीट पनि गरेका छन् । जसमा उनले लेखेका छन्– बाचा अनुसार ।

वास्तवमा उक्त ट्वीटमा मस्कले एक स्क्रिनसट शेयर गरेका छन् जुन मार्च २६को पुरानो ट्वीट हो । सो स्क्रिनसटमा गरिएका पोस्टमा मस्कले सोधेका थिए– के एक नयाँ प्लाटफर्मको आवश्यकता छ ?

त्यसमा चेयरम्यान नामका प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्– ट्वीटर किन र त्यसको निलो चरावाला लोगोलाई कुकुरमा बदल ।

– एजेन्सीको सहयोगमा


प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १०:४१
#ट्वीटर
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
मेक्सिकोमा शेनबम पहिलाे महिला राष्ट्रपति
मेक्सिकोमा शेनबम पहिलाे महिला राष्ट्रपति मंगलबार, जेठ २२, २०८१
भारतमा आजदेखि लाेकसभाकाे निर्वाचन, पहिलाे चरणमा १०२ सिटमा मतदान
भारतमा आजदेखि लाेकसभाकाे निर्वाचन, पहिलाे चरणमा १०२ सिटमा मतदान शुक्रबार, वैशाख ७, २०८१
दक्षिण अफ्रिकामा  पुलबाट  बस खस्दा ४५ जनाको ज्यान गयो
दक्षिण अफ्रिकामा पुलबाट बस खस्दा ४५ जनाको ज्यान गयो शुक्रबार, चैत १६, २०८०
पाकिस्तानमा राष्ट्रपतिले  प्रथम महिला छोरीलाई बनाएपछि विश्वभर चर्चा
पाकिस्तानमा राष्ट्रपतिले प्रथम महिला छोरीलाई बनाएपछि विश्वभर चर्चा बिहीबार, चैत १, २०८०
भिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्ने युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो
भिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्ने युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो बिहीबार, फागुन १०, २०८०
यौन शोषण  सजाय  माफमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा
यौन शोषण सजाय माफमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा आइतबार, माघ २८, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्