Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • फिलिपिन्समा ६९ जना बन्धक नेपालीको उद्धार
फिलिपिन्समा ६९ जना बन्धक नेपालीको उद्धार
नेपाली चेली
नेपाली चेली आइतबार, जेठ २१, २०८०

मानव तस्करीको गिरोहले फिलिपिन्स पुर्‍याएका ६९ जना नेपालीलाई त्यहाँको प्रहरीले उद्धार गरेको छ । भिजिट भिसामा पुगेका उनीहरूलाई बन्धक बनाई अनलाइन ठगी धन्दामा लगाउने गरेको पनि खुलेको छ ।राजधानी मनिलाबाट करिब सय किमि दूरीमा रहेको पामपान्गाको क्लर्क फ्रिपोर्टस्थित क्लर्क सन भ्याली हब कर्पोरेसन र मावालाकटस्थित विशेष आर्थिक क्षेत्रमा छापा मारेर ६९ नेपालीसहित १ हजार १ सय ३७ जना विदेशीलाई उद्धार गरिएको हो । अनलाइनमार्फत ठगी धन्दा गर्न लगाउने १२ जना पनि पक्राउ परेका छन् । बन्धक बनाइएकामा नेपालसहित भियतनाम, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, थाइल्यान्ड, भुटान, भारत, ताइवान र भारतका नागरिक थिए । उनीहरू अहिले प्रहरीको आश्रयमा छन् ।

फिलिपिन्स मामिला हेर्ने मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका चार महिलासहितका नेपालीलाई टिकट प्रबन्ध मिलाई केही दिनमै नेपाल पठाउने तयारी भइरहेको छ । ‘उनीहरूको राहदानी फिलिपिन्स प्रहरीले राखेको छ,’ दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढा थापाले कान्तिपुरसँग भने, ‘दूतावासले ट्राभल डकुमेन्ट जारी गरी फिलिपिन्स पठाइसकेको छ ।’

मानव तस्करी गिरोहले उनीहरूलाई आकर्षक तलबमा कल सेन्टरमा काम लगाउने प्रलोभन दिएर त्यहाँ पुर्‍याएका थिए ।

उनीहरूलाई अनलाइनमार्फत अन्तर्वार्ता लिएर छनोट गरिएको थियो । ‘मलाई कम्पनीले ह्वाट्सएपबाट छनोट गरेको हो । महिनाको एक हजार डलर तलब, निःशुल्क होस्टल र खानाको व्यवस्था भनिएको थियो,’ उद्धार गरिएका एक नेपाली युवाले कान्तिपुरसँग भने, ‘हवाई टिकट पनि कम्पनीले नै पठाइदिएको थियो ।’ फिलिपिन्स पुगेपछि भने आफ्नो राहदानी जफत गरिएको उनले बताए । ‘हामीलाई कल सेन्टरको काम भनिएको थियो, त्यहींबाट मान्छेलाई फसाएर ठगी गर्ने कुरा पछि मात्रै थाहा पायौं,’ उनले भने, ‘मोबाइल दिइएको थिएन । आफ्नै कोठाको सहकर्मीसँग पनि बोल्न बन्देज थियो । गेटबाहिर जान रोक थियो । ड्युटी सकिएपछि क्याम्पमा लगेर छोडिने गरेको थियो । हामी त एक खालको बन्दी जस्तै थियौं ।’अर्का नेपाली युवाले पनि काम छोड्न खोज्दा नदिइएको गुनासो गरे । ‘दैनिक १८ घण्टासम्म ग्राहक खोज्ने काममा लगाइन्थ्यो । ग्राहक भेटिएन भने करार रद्द गर्ने धम्की दिन्थ्यो । तलब कटौती गरिदिन्थ्यो,’ उनले भने, ‘तीन दिनसम्म बेड वा कुर्सीबिना कोठामा लगेर थुनेर राख्यो । दैनिक एक कप चाउचाउ र सानो बोतलको पानीको भरमा बस्नुपर्थ्यो ।’ उनका अनुसार अपरिचित व्यक्तिसँग फर्जी ‘रोमान्टिक अनलाइन रिलेसन’ बनाउन तालिम दिइन्थ्यो । त्यसपछि क्रिप्टोकरेन्सी किन्न लगाउने र फर्जी बैंक खातामा रकम जम्मा गर्न लगाइन्थ्यो । त्यहाँ उनीहरूसँगै दुई सयभन्दा बढी इन्डोनेसियाका नागरिक पनि काम गर्थे । मनिलास्थित इन्डोनेसियाको दूतावासमा गोप्य उजुरी परेपछि राजदूतले प्रहरीलाई खबर गरेका थिए । राष्ट्रिय प्रहरीको साइबरविरुद्ध अपराधको नेतृत्वमा गएको प्रहरीको टोलीले छापा मार्दा फिलिपिन्सकै ठूलो अनलाइन ठगी बाहिरिएको हो । प्रहरीले ठगी धन्दा चलाउने १२ जनामध्ये सात जना चाइनिज, दुई जना इन्डोनेसियाली र एक मलेसियन नागरिकलाई हिरासतमा लिएको छ । न्याय विभागका सहायक सचिव मिको क्लभानोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उनीहरूविरुद्ध मानव तस्कर, अपहरण र अध्यागमन कानुनको उल्लंघनसम्बन्धी मुद्दा चलाइने उल्लेख गरेका छन् । फिलिपिन्सका सांसद शेरविन गत्चालियनले त्यहाँको संसद्मा बोल्दै मनोरन्जन तथा खेल निगम भ्रष्ट हुँदा फिलिपिन्स मानव तस्कर र ठगी गर्ने ठाउँका रूपमा विकसित भइरहेको बताइन् ।


प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:०१
#उद्धार
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्