Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • महिलाको नेतृत्वमा वडास्तरका सबै योजना सम्पन्न
महिलाको नेतृत्वमा वडास्तरका सबै योजना सम्पन्न
नेपाली चेली
नेपाली चेली सोमबार, साउन १५, २०८०

संविधानले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य गरेपछि विकास/निर्माणका योजनाहरूमा महिला सहभागिता बढ्दै गएको छ । विकास/निर्माणका योजनाहरूमा महिलालाई सदस्य तथा कोषाध्यक्षसम्ममा राखेर नाम मात्रको सहभागिता देखाउने गरेको गुनासो आइरहेको बेला रुकुम पश्चिमको एउटा वडाले भने वडाबाट सञ्चालित सबै योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ ले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरेका सबै विकासका काम महिलाकै नेतृत्वबाट सम्पन्न गरेको हो । वडाध्यक्ष ज्ञानु चन्द्र चन्दले गएकाे आर्थिक वर्षमा वडा कार्यालयबाट विनियोजित बजेटमा भएका विकासे कामहरू महिलाको नेतृत्वमा सम्पन्न गरिएको बताउनुभयो । वडा कार्यालयले गोरेटो बाटो, सडक, सामुदायिक भवन, प्रतीक्षालय, ट्रस निर्माण लगायतका योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको हो ।

 

वडाध्यक्ष चन्दका अनुसार विकासका काममा महिलाको पहुँच, सशक्तीकरण र अवसरका लागि यस्तो कार्य गरिएको हो । उहाँले गएकाे आवमा वडा क्षेत्रमा उपभोक्ता समितिमार्फत सम्पन्न भएका २१ वटा योजनाको नेतृत्व महिलाले गरेका बताउनुभयो । वडामा निर्वाचित जनप्रतिनिधिले निर्णायक तहमा महिलाको सहभागिता बढाउनका लागि सबै उपभोक्ता समितिमा महिला अध्यक्ष र समितिमा महिलाको बाहुल्यता रहने गरेर सहमति गरिएअनुसार उपभोक्ता समिति निर्माण गरिएको हो । वडा कार्यालयको तथ्याङ्कअनुसार वडाबाट विनियोजित ९८ लाख र प्रदेशबाट आएकाे १५ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक योजनाको निर्माण उपभोक्ता समितिमा महिलालाई नै अध्यक्ष बनाइएको हो । कतिपय योजनाको निर्माण समितिमा महिलामात्र पनि रहेका थिए ।

वडाध्यक्ष चन्दले महिलाको अगुवाइमा भएका यी सबै योजना समयमै सम्पन्न भएको बताउनुभयो । उहाँले पुरुषले योजनाको मूल्याङ्कनमाथि प्रश्न गर्ने, गुनासो गर्ने, समयमा काम नगर्ने, यो वा त्यो बहाना गरेर पन्छिने गरेको बेलामा महिलाले इमानदारिताका साथ योजना सम्पन्न गरेको बताउनुभयो । सबै समितिले तोकिएको समय र बनाइएको लागत विवरणअनुसार काम गरेको उहाँको भनाइ छ ।

 

वडा नम्बर १ को चौफारी–मुखियाटोल–काँडेदह बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रश्मी पुन केसीले समितिमा सबै महिलामात्र रहेको बताउनुभयो । महिलाले पनि गर्न सक्छन् भन्ने गरेर उदाहरणीय काम गरेको उहाँले जनाउनुभयो । वडाको पाँच लाख रुपैयाँ बजेटमा तोकिएकै समयमा काम सकिएकाे उहाँले बताउनुभयाे ।

घिमाने सामुदायिक भवन निर्माण समितिकी अध्यक्ष गीता खड्काले वडा कार्यालयले महिलालाई राम्रो अवसरको सिर्जना गरेको बताउनुभयो । खड्काले भन्नुभयो, ‘हामीले वर्षाैँदेखि महिलाको नेतृत्व र निर्णायक तहमा सहभागिताका बारेमा बोलिरहेका थियौँ, हाम्रो माग वडा सरकारले सुनुवाइ गरेको महसुस भएको छ ।’ उहाँले पुरुषको साथ र सरकारको सकारात्मक पहलले महिलामा हौसला थपिएकाे जनाउनुभयो ।

यसअघि गाउँमा कुनै भेला, बैठक तथा छलफल गर्नुपरेमा खुला चौर अथवा व्यक्तिको घरमा बस्नुपर्ने बाध्यता रहेकोमा अब त्याे समस्या पनि समाधान भएको छ । बैठक हल, कार्यालय कोठा, शौचालयसहित निर्माण सम्पन्न भएको सामुदायिक भवनमा टोलका ४२ घर लाभान्वित हुने बताइएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा पनि वडामार्फत हुने विकास/निर्माणका योजनाहरूमा पनि महिलाकै नेतृत्व राख्न पहल गर्ने जनाएको छ ।


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्