Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • धनुषाको एक परिवार न्याय माग्दै ५३ दिनदेखि माइतीघरमा धर्ना
धनुषाको एक परिवार न्याय माग्दै ५३ दिनदेखि माइतीघरमा धर्ना
नेपाली चेली
नेपाली चेली मंगलबार, साउन २३, २०८०

न्यायको माग गर्दै धनुषाको एउटा परिवार माइतीघरमा धर्ना बसेको ५३ दिन बित्यो । तर, मुद्दाको पेसी सरेको सर्‍यै गर्दा न्याय नपाइने हो कि भन्ने शंका उनीहरूमा बढ्न थालेको छ । जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष झरी सहेर धर्नामा बसिरहेको हो । दाइजोका नाममा आरतीको हत्या भएको दाबी गर्दै उनीहरू असार १ देखि धर्नामा बसेका छन् । 

धर्ना बसेपछि मात्रै प्रहरीले आरतीको हत्या आरोपमा उनका पति मोतीबाबु साह र ससुरा मदनमोहनविरुद्ध जाहेरी दर्ता गर्‍यो । उनीहरूविरुद्ध उच्च अदालत धनुषामा मुद्दा चलिरहेको छ । गत जेठ ६ मा आरतीको हत्या भएको माइती पक्षले जनाएका छन् । आरतीका बुबा विनोदप्रसाद साहका अनुसार साउन १८ मा तोकिएको पेसी साउन २५ मा सरेको छ । ‘के कारणले पेसी सारियो ? सुन्दै छु उनीहरू धरौटीमा छुट्दै छन्,’ उनले शंका व्यक्त गरे । हत्यामा संलग्न रहेको दाबी गर्दै सासू रेणुदेवी र देवर रविलाई पनि कानुनी कारबाही गर्नुपर्ने माग रहेको उनले बताए ।

काठमाडौंमा धर्नामा बसेकी आमा निर्मला घर सम्झिइरहन्छिन् । घर छिमेकीको भरमा छाडेको डेढ महिनाभन्दा बढी भइसकेको छ । ‘परिवार नभएपछि खेत बाँझै छ । धान रोप्न पाइएन, के खाएर बाँच्ने हो ?’ उनी भन्छिन् । उनका अनुसार दुई महिनाकी गर्भवती आरती घटना हुनुभन्दा ११ दिनपहिले माइत आएकी थिइन् । ससुरालीले एउटा मोटरसाइकल, दराज र वासिङ मेसिन चाहियो भन्दै आफूलाई माइत पठाएको आरतीले गुनासो गरेकी थिइन् । निर्मलाले त्यति धेरै सामान किन्ने क्षमता नभएको र एउटा दराजसम्म किनिदिने आश्वासन दिएर पठाएकी थिइन् । ‘त्यसपछि छोरी फर्किइनन्,’ निर्मलाले भनिन्, ‘दाइजो नदिएकैले मारेका हुन् ।’

विनोद र निर्मलाका तीन सन्तानमध्ये आरती जेठी हुन् । स्नातक दोस्रो वर्ष पढ्दापढ्दै बिहेपछि पनि पढाउने सर्तमा उनको मोतीबाबुसँग बिहे भएको थियो । बिहे गर्नुअघि दाइजोको मागअनुसार विनोदले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिए । केटा पक्षले लगाउने लुगादेखि गरगहनासम्मको खर्च आरतीकै बुबाआमाले बेहोरे । विनोदका अनुसार घटना भएको भोलिपल्ट जेठ ७ मा आरतीका ससुरा मदनमोहन साहले ‘तपाईंकी छोरी अस्पतालमा अचेत अवस्थामा छिन्, भेट्न आउनू’ फोन गरे । घरबाहिर रहेका विनोदले कान्छी छोरी मनीषालाई अवस्था बुझ्न जनकपुरको काव्या अस्पताल पठाए । त्यहाँ पुग्दा आरतीको ज्यान गइसकेको थियो । मनीषाका अनुसार डाक्टरले आरतीको मृत्यु अस्पताल आउनुअगाडि नै भएको बताएका थिए । ‘दिदीको पूरै शरीरमा घाउ र चोटपटक थियो,’ उनी भन्छिन् ।

छोरीको हत्या भएको भन्दै जेठ ८ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन खोज्दा प्रहरीले सुनेको नसुन्यै गरेको विनोदको भनाइ छ । आरतीका मामा सन्तोष साहले काठमाडौं आएर गृह मन्त्रालय, महिला आयोग, मानवअधिकार आयोग, प्रहरी प्रशासन सबै निकायमा घटनाको निष्पक्ष छानबिनको मागसहित पत्र दिएपछि मात्रै धनुषा प्रहरीले आरतीका ससुरा मदनमोहन र पति मोतीबाबुविरुद्ध जाहेरी दर्ता गर्‍यो ।

प्रहरीले जेठ ३२ मा आरतीका माइतीलाई बयान लिन भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर पहिल्यै तयार कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको र नमान्दा निर्घात कुटपिट गरेको मनीषाले बताइन् । ‘आमा, बुबा र दाइलाई समेत कुटपिट गरे,’ उनले भनिन्, ‘मेरो पेटमा लात्ताले हानेकाले धेरै दिन ठाडो भएर उभिनसमेत सकिनँ ।’ त्यहाँ बस्न असुरक्षित महसुस भएपछि न्याय खोज्दै काठमाडौं आएको मनीषाले सुनाइन् । एसपी विश्वराज खड्काले भने कुटपिट गरेको आरोप झूटो भएको दाबी गरे । ‘हामीले कुटपिट गरेका छैनौं, अनुसन्धानले जे देखाउँछ, त्योचाहिँ सत्य हो,’ उनले भने, ‘यो घटनामा संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं । जो दोषी देखिन्छ, समातिँदै जान्छन् ।’

#kantipur


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ११:२८
#धर्ना
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति आइतबार, साउन १७, २०८३
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ बिहीबार, साउन ७, २०८३
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते
देशभर विपद्का ६६ वटा घटना: दुईजनाको ज्यान गयो १३ जना घाइते बुधबार, साउन ६, २०८३
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
काठमाडौंमा काभ्रेकी एक महिलाद्वारा आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो मंगलबार, साउन ५, २०८३
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए
निकुञ्जभित्र हराएका १४ जना महिला आफैँ घर फर्किए सोमबार, साउन ४, २०८३
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह शनिबार, साउन २, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्