Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विज्ञान - प्रविधि
  • Home
  • विज्ञान - प्रविधि
  • इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन प्राधिकरणको ताकेता
नेपाल दूरसञ्‍चार प्राधिकरण इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन प्राधिकरणको ताकेता
नेपाली चेली
नेपाली चेली बुधबार, मंसिर १३, २०८०

दूरसञ्‍चार सेवा क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्‍चार प्राधिकरणले नेपालका विभिन्न भागमा इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन ताकेता गरेको छ । प्राधिकरणले मंगलबार साँझ जारी गरेको सूचनामा उक्त जानकारी उपलब्ध नगराउने कम्पनीको अनुमतिपत्र खारेजीसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्राधिकरणको अनुगमन महाशाखाले जारी गरेको सूचनामा मुख्यतया काठमाडौं बाहिर इन्टरनेट सेवा प्रदान गर्ने ५५ कम्पनीले अहिलेसम्म सो जानकारी नदिएको भन्दै २४ घण्टाभित्र सो जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले कम्पनीहरूको सूची नै प्रकाशित गरेर यस अवधिमा जवाफ प्राप्त नभएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको हो । 

'मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भएबमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन दिइसकिएको छ,' प्राधिकरणको सूचनामा भनिएको छ, 'उक्त विषयमा सूचीमा उल्लेखित इन्टरनेट (इमेल सहित) सेवा संचालनको लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुबाट हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन आएको छैन ।'

प्राधिकरणले यसअघि मंसिर ५, मंसिर २ र कात्तिक २८ मा सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको टिकटकको पहुँचमा रोक लगाउने निर्णय यथाशीघ्र कार्यान्वयन गराउन, सेवा बन्द गरिएकोबारे जानकारी दिन र चलिरहेको थाहा भए प्राधिकरणलाई सूचना उपलब्ध गराउन आग्रह गरेको थियो । प्राधिकरणले मंगलबार नै प्रेस विज्ञप्तिसमेत जारी गर्दै सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले हालसम्म गरेका कार्यहरूको विवरण पनि सार्वजनिक गरेको छ ।

सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटक पीटीई लिमिटेड, बाइटडान्स लिमिटेड र सीडीएन उपलब्ध गराउने कम्पनीहरूलाई आग्रह गरिसकिएको विज्ञप्तिमा उल्लेख छ । साथै टिकटकमाथिको प्रतिबन्ध विषयमा प्राधिकरणले प्रधानमन्त्री कार्यालयमा एक समीक्षा बैठक आयोजना गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम, एनसेललगायत केही प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीको उपस्थितिमा छलफल गरेको जनाएको छ ।

टिकटक बन्दपछिको अवस्था र पूर्ण रूपमा बन्द गर्न अपनाउनुपर्ने उपायबारे अध्ययन गर्न एक उपसमिति बनाएको पनि प्राधिकरणको दाबी छ । आफ्नो अनुगमनमा १७ वटा मध्ये ६ कम्पनीको नेटवर्कमा टिकटक पूर्णरूपमा बन्द रहेको पाइए पनि ११ वटामा आंशिक रूपमा चलिरहेको पाइएकोले स्पष्टीकरणको लागि पत्र पठाएको समेत प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप विज्ञान - प्रविधि
संचारमाध्यम सबलीकरणका लागि  लुम्बिनी प्रदेश लागिपरेको गृहमन्त्री पाण्डेय
संचारमाध्यम सबलीकरणका लागि लुम्बिनी प्रदेश लागिपरेको गृहमन्त्री पाण्डेय शुक्रबार, माघ १२, २०८०
राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ शुक्रबार, पुस २०, २०८०
दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने  १८ वटा युट्युब च्यानललाई  कारबाही गर्न सिफारिस
दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस सोमबार, मंसिर १८, २०८०
नेपालकै कम्पनी आईडिया जार डिजिटलले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गर्यो
नेपालकै कम्पनी आईडिया जार डिजिटलले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गर्यो मंगलबार, मंसिर ५, २०८०
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता शुक्रबार, मंसिर १, २०८०
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्