Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विज्ञान - प्रविधि
  • Home
  • विज्ञान - प्रविधि
  • संचारमाध्यम सबलीकरणका लागि लुम्बिनी प्रदेश लागिपरेको गृहमन्त्री पाण्डेय
संचारमाध्यम सबलीकरणका लागि लुम्बिनी प्रदेश लागिपरेको गृहमन्त्री पाण्डेय
नेपाली चेली
नेपाली चेली शुक्रबार, माघ १२, २०८०

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संचारमाध्यम सबलीकरणका लागि प्रदेशसरकार लागिपरेको बताउनु भएको छ ।

उहाले संचार माध्यम नागरिकको ऐना भएको बताउदै सरकारलाई दिशा निर्देश गर्ने र नागरिकका आवश्यकता सरकारसम्म पुर्याउने काममा संचारमाध्ययम संवेदनशील भएर लाग्नुपर्ने बताउनु भएको छ । संचारिका समूह नेपालशुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण  र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले संचारमाध्यम खुल्ने क्रम बढेको बताउदै त्यसको गुणस्तर बिस्तारमा समेत ध्यान दिन आग्रह गर्नु भएको छ । संचारमाध्ययममा ठूला दल, ठूला व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार लेख्नु साटो समस्यालाई समाधान गर्ने खालका कुरालाई पनि ध्यान दिन सुझाब दिनु भएको छ । मन्त्री पाण्डेले संचारमाध्यममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूलप्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारकारको व्यवसायिक सुरक्षाका लागि राज्यले सघाउनुपर्ने बताउनु भएको छ । उहाले पत्रकारका समाचार सामाग्री र प्रस्तुतीलाई लैंगिक र सामाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गर्नु भएको छ । फ्रिमिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताउनु भएको छ । उहाले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिनु भएको थियो । संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउदै व्यवसायीक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।

अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ स्पस्ट हुनुपर्ने बताउनु भएको छ । संचारिका समूह  नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले संचारमाध्ययमहरुको समाचार रुम, व्यवस्थापन र उत्पादित सामाग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताउनु भएको छ । पत्रकारहरु व्यवसायिक र पेशागत सुरक्षित हुनका लागि कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक महिला पुरुष सहभागी छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २३:०१
प्रतिक्रिया दिनुहोस्
थप विज्ञान - प्रविधि
राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ शुक्रबार, पुस २०, २०८०
दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने  १८ वटा युट्युब च्यानललाई  कारबाही गर्न सिफारिस
दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस सोमबार, मंसिर १८, २०८०
इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन प्राधिकरणको ताकेता
इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन प्राधिकरणको ताकेता बुधबार, मंसिर १३, २०८०
नेपालकै कम्पनी आईडिया जार डिजिटलले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गर्यो
नेपालकै कम्पनी आईडिया जार डिजिटलले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गर्यो मंगलबार, मंसिर ५, २०८०
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता शुक्रबार, मंसिर १, २०८०
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्