Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन 
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन 
नेपाली चेली
नेपाली चेली शुक्रबार, असोज ३१, २०८२

चेली सम्वाददाता बर्दघाट । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३ स्थित जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन आज (शुक्रबार) सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग, बर्दघाट नगरपालिकाको समन्वय र खानेपानी उपभोक्ता समितिको सक्रियतामा सभाहलको निर्माण गरिएको हो । ५० लाखको लागतमा सभाहल निर्माण सम्पन्न गरी आज समुदघाटन गरिएको हो ।  

संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व साँसद एवं नेकपा एमाले नवलपरासी जिल्लाका अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन गरिएको छ । 

सो अवसरमा पूर्व साँसद अधिकारीले बर्दघाटको खानेपानी व्यवस्थापनमा थुप्रै आयोजना संचालन गरिएको स्मरण गर्नुभयो । उहाँले जिल्लाका विभिन्न पालिकामा खानेपानी व्यवस्थापनका लागि ओभरहेड ट्याङ्कि निर्माण गरिएको बताउनु भयो । पूर्व साँसद अधिकारीले आफू जनप्रतिधिहुँदा जनताको भावना अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार र खानेपानीका क्षेत्रमा काम गरेको बताउनु भयो । 

बर्दघाट वडा नं. १२ अन्तर्गतका ९ वटा गाउँ, वडा नं. १३ अन्तर्गतका ५ वटा गाउँ र प्रतापपुर गाउँपालिकाको वडा नं.१ को ६७ घरधुरीका उपभोक्ताहरुलाई दैनिक २४ घण्टा पानी वितरण गर्दै आएको संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा ४ लाख ४२ हजार १२९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत बर्ष ५९ लाख ८९ हजार ४३२ रुपैयाको बार्षिक कारोबार गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो । 

कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका सचिव गजेन्द्रबहादुर जिसी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मेनुका आचार्य, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कृष्णप्रसाद काफ्लेले प्रस्तुत गर्नु भएको थियो । तीनै जना पदाधिकारीबाट प्रस्तुत भएका प्रतिवदेनहरु सर्वसम्मत पारित भएको संस्थाका सचिव जिसीले जानकारी दिनुभयो ।  

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जहदा खानेपानीले नगरपालिकासँग सधै सहकार्य गरेर काम गर्ने गरेको बताउनु भयो । उहाँले स्थानीय उपभोक्ताहरुको साथ सहयोगले नगरपालिकाले लिएको एक घर एक धारा अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सक्ने उपभोक्ताले आफै जडान गर्ने र नसक्ने उपभोक्तालाई धारा जडानका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा जहदा पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुरज केसी, खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीका कार्यालय प्रमुख दिनेश प्रसाद शाह, संस्थामा उपाध्यक्ष मनोहर रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको सचिव गजेन्द्रबहादुर गिरीले जानकारी दिनुभयो । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १९:२३
#जहदा खानेपानी संस्था
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली आइतबार, चैत ८, २०८२
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै बुधबार, असार २५, २०८२
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी मंगलबार, असार १७, २०८२
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु शुक्रबार, असार १३, २०८२
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल सोमबार, वैशाख २२, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्