Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी
सुस्तामा कोशेली सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी
यमु सुवेदी
यमु सुवेदी मंगलबार, असार १७, २०८२

नवलपरासीकाे सुस्ता गाउँपालिकामा कोशेली घर स्थापना हुने भएको छ । गाउँ पालिकाले आगामी आर्थिक बर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम मै कोशेली घर स्थापना गर्ने घोषणा गरेको छ । कोशेली घर स्थापना लागि गाउँपालिकाले १२ लाख बजेट बिनियोजन भएको छ । गाउँपालकाको १६ औं गाउँ सभाले बजेट सार्वजनिक गरेको हो । सुस्ता गाउँपालिका पटेर पकेट क्षेत्रको रुपमा पनि चिनिन्छ ।

बर्षौदेखि सुस्ता गाउँपालिकाका स्थानीय महिलाहरूले परम्परागत रुपमा उत्पादन गर्दै आएका पटेरबाट निर्मित सामग्रीहरूलाई बजारीकरण गर्न पालिकाले कोशेली घर स्थापना गर्ने खवरले उत्साहित भएका छन् । उनीहरूले अहिले उत्पादनमा आधुनिक प्रविधिको प्रयोग पनि गर्न थालेका छन् । कोशेली घर स्थापना भएपछि आफ्ना उत्पादनलाई सहजै बजारमा पुर्याउन पाउने खबरले उनीहरू खुसी भएका हुन् । सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले महिलाहरूको परम्परागत पेशालाई जगेर्ना गर्न, महिलाहरूको आत्मनिर्भरता, महिलाहरूलाई स्वरोजगार बनाउन र उत्पादित सामाग्रीको बजारीकरणका लागि महिला लक्षित बजेट बिनियोजन गरिएको बताउनु हुन्छ । 

सुस्ता गाउँपालिकाका स्थानीय महिलाहरूले ढकिया, पटेरबाट निर्मित दर्जन बढी सामाग्री, बाँसको मुडा, पटेरकै पेन होल्डर, हट्केस, चुरापोत,े केराको चिप्स, आलु चिप्स, जुत्ता चप्पल जस्ता सामाग्रीहरु उत्पादन गर्ने गरेका छन् । तर उत्पादिन सामाग्री बजारीकरण गर्न उनीहरुलाई सहज भने छैन । गाउँपालिकाको पहलमा कोशेली घर निर्माण भए आफूहरूले उत्पादन गरेका हस्तकलाका सामानहरूले बजार पाउने आशा महिला उद्यमीहरु छ । 

सुस्ता २ हर्कपुराकी महिला उधमी कल्पी कुमारी चौधरीले विगत १४ बर्षदेखि हस्तकलाका सामाग्री उत्पादन गर्दै आएको अनुभव सुनाउनु भयो । “२०६८ सालमा लघु उद्यम बिकास कार्यक्रमबाट पटेरका सामान बनाउने १ हप्ताको तालिम पाएकी थिए, शुरुमा काम कसरी शुरु गर्ने होला, नदि किनारमा जथाभावी फैलिएर रहेको गाई भैंसी बाख्राले पनि नखाने बन्जरबाट के राम्रो सामान बनाउन सकिएला, अनि कसले पो प्रयोग गर्ला र ? शहर बजारमा कति राम्रा सुकिला गुन्द्री पाइन्छन् शुरु शुरुमा मलाइ १ हप्ताको तालिम बेकारमा लिए जस्तो लाग्थ्यो समय मात्र बर्बाद गरे जस्तो लागेको थियो ” कल्पी चौधरी भन्नु हुन्छ । 

उहाँले अनुभव सुनाउँदै भन्नुभयो “३० जना महिलाहरुले तालिम लिएर समूह निर्माण गरेसँगै सबैजनालाइ कसरी शुरु गर्ने भन्ने अलमल भयो । केही समय कामको सुरुवात नै हुन सकेन ६ महिनापछि अलि अलि गर्दै बिस्तारै सामान बनाउने र स्थानीय बजार र ब्यक्तिलाई किनिदिन आग्रह गर्यौ । ” हामीले बनाएका सामाग्री महँगो भयो भनेर उत्पादन भएका सामाग्री बिक्रि नभएपछि महिला उद्यमीहरु निरास हुन थाले तर पछि लघु उधम कार्यक्रमबाट कपिलवस्तुमा हस्तकला तथा सीप प्रदशनी जाने अवसर जुटेपछी स्थानीय महिलाहरूले बनाएको सामानको बिस्तारै माग हुन थाल्यो । मिहिनेत गरेपछि खेर जादैन भन्ने बिश्वास पलाउन थाल्यो । सुस्ताकै अर्को महिला उधमी किसुन कुमारी चौधरीले शिवशक्ती पटेर उधोग र कल्पी कुमारी चौधरीले त्रिवेणी पटेर उधोग २०७२ सालमा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेको बताउनु भयो । 

अहिले ७५ जना महिलाहरू कल्पीकुमारी चौधरीको उधोगमा काम गर्छन । कल्पिको २५ हजारबाट शुरु भएको पटेर उधोगले बार्षिक ३० लाखको सामान काठमाडौ उधमी घरमा पठाउनु हुन्छ । आफुले उत्पादन गरेका सामाग्री बेच्न काठमाडौसम्म जानु पर्दथ्यो अब भने कोशेली घर गाउँपालिकामै बन्ने भएपछी आफ्नो उधम अझै फस्टाउने महिला उद्यमीहरूको विश्वास छ ।

नदिमा प्रयोग विहिन अवस्थामा रहेको पटेरले कल्पी चौधरीको जीवनशैली फेरिएको छ । पहिले परिवारमा बिहान साझको छाक टार्न र छोराछोरी पढाउन निकै गाह्रो थियो । अहिले पटेर सामाग्री बिक्री गरी छोरालाई इन्जिनियर, एउटा छोरीलाई फार्मेसी र अर्को छोरीलाई ल्याब टेक्निसियन पढाए सबैले आआफ्नो काम गरिरहेका छन् ।  

कल्पीले अहिले पटेरका सामग्रीहरू काठमाडौ, गोरखा, कपिलबस्तु, दाङ, रुपन्देही, प्युठान, पाल्पा लगाएतका १५ भन्दा बढी जिल्लामा पठाउने र ती जिल्लाहरूमा प्रशिक्षक बनेर तालिम समेत दिइसक्नु भएको छ । प्रशिक्षकको रुपमा काम गर्दा दैनिक २५०० को दरले स्थानीय स्तरमा पारिश्रमिक पाउने गरेको अनुभवन सुनाउनु भयो । 

घरेलु तथा साना उधोग कार्यालय र घरेलु महासंघ, नवलपरासीले सामाग्री बजारीकरणका लागि निकै ठूलो सहयोग गरेको बताउनु भयो । २०७५ सालमा काठमाण्डौंमा भएको उद्यमी मेलामा महासंघका पूर्व अध्यक्ष मेघराज गौतमले पठाएपछि सामाग्री बिक्रीबाट राम्रो आम्दानी भएको कल्पीले बताउनु भयो । उहाँले हरेक बर्ष लाग्ने मेलामा सामान बिक्रिका लागि जाने गरेको बताउनु भयो । पटेर उधोगबाट बर्षमा खर्च कटाएर करिब ७ लाख आम्दानी गर्ने गरेको चौधरीले हँसिलो अनुहार बनाउँदै भन्नु हुन्छ ।  

सुस्ता गाउँपालिकाले महिला उधमिहरूलाइ पटेर सम्बन्धी तालिम आयोजना गरेर प्रशिक्षकको रुपमा काम गर्ने अवसर दिएको फ्रेम, आरि, हसिया लगायतका सामाग्री सहयोग गर्दै पनि आएको छ । उत्पादन भएका सामाग्रीहरुको बिक्री केन्द्र नहुँदा निकै समस्या हुने गरेको पनि थियो । सानोतिनो घरखर्चको निम्ति श्रीमान कै भर पर्नुपर्ने, अपहेलित हुनुपर्ने समस्या भोगिरहेका महिलाहरूको दैनिकी बिस्तारै फेरिदै गएको छ । शहर बजारमा पहुँच नहुने साना तथा घरेलु उधमी महिलाहरूलाइ अब सुस्तामा बन्न लागेको कोशेली घरले थप प्रोत्साहन मिल्ने र नयाँ ब्यवसायीहरू पनि जन्मिने आशा जागेको छ । 

गाउँपालिकाले कोशेली घर बनाउने भएपछि उद्यमी महिलाहरू निकै खुसी हुनुभएको छ । हामी उहाँहरूमा जागेको खुसी मेटिन दिने छैनौ, आगामी आर्थिक बर्ष सुरु भएलगत्तै कोशेली घर बनाउने छौ उपाध्यक्ष गीता चौधरीले बताउनु भयो । 


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली आइतबार, चैत ८, २०८२
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन 
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन  शुक्रबार, असोज ३१, २०८२
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै बुधबार, असार २५, २०८२
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु शुक्रबार, असार १३, २०८२
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल सोमबार, वैशाख २२, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्