Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नवलपरासीमा बडकी अतवार पर्व मनाउदै, थारु समुदायमा अतवारी पर्व विशेष महत्व
नवलपरासीमा बडकी अतवार पर्व मनाउदै, थारु समुदायमा अतवारी पर्व विशेष महत्व
डोल्मा चौधरी
डोल्मा चौधरी आइतबार, असोज ७, २०८०

पश्चिम नवलपरासीमा बसोबास गर्ने थारु समुदायले आज बडकी अतवार पर्व हर्सोउल्लास पूर्वक मनाइरहेका छन् । यस पर्वलाई परिवारीक सुख शान्ति, र सामाजिक समृद्धि प्राप्त गर्ने पर्वको रुपमा मनाउने गरिइएको जनसमुदायमा विश्वास रहेको छ । विशेष गरी थारु समुदायमा बडकी अतवार ब्रत सुर्य उपासनाको रुपमा मनाइरन्छ ।

थारु अगुवा एवं जनजाति कल्याण आश्रमको पुर्व महामन्त्री जितराम पंजीयारले थारुहरुले सुर्यलाई जिवन जगतको जागृत प्राकृतिक देवको रुपमा मान्ने हुदा मध्यभागि बिचारधारामा आवद्ध बडकी अतवार एक दिवसीय पर्वको रुपमा मनाउने चलन रहेको उहाँले बताउनु भयो । यस समुदायले सुर्यको जन्म भदौ महिनाको आइतबारको दिन भएको विश्वास गर्दछन् ।  उक्त दिनलाई बडिकी अतवार भन्ने गरिएको उहाँले बताउनु भयो । सुर्यको जन्म पछि यो संसार उज्यालो भएको हो । त्यसैले शास्त्रमा पनि ज्योतिमय भाव भएको दिनलाई वर्तको रुपमा मनाइने चलन भएको धारण समुदायमा छ । महिला र पुरुष सबैले व्रत बस्नसक्ने बताइएको छ । यो पर्वप्रति ठाउँ परिवेश आनुसार विविधता रहेको छ । यस विषयमा विभिन्न धारणा रहेको पंजियारले बताउनु भयो । ऐतिहासीक धार्मिक, सामाजिक पृष्ठभुमिबारे अनेकौ धारणाहरु रहेका अहिलेको सामजिक समाजेशिताले विभिन्न जातजातिको पर्वहरुलाई स्वीकारी रहेकोले एक अर्काको  कला संस्कृतिलाई अंगीकार गरेको हुदा पर्व मनाउने प्रकृयामा भिन्नता आएको बताइएको छ ।‘अत्वारी’ थारु समाजमा कहिलेदेखि शुरुभयो भन्ने एकिन तथ्य छैन । त्यस कारण कुन तिथी मितीमा मान्ने भन्ने कुरा बहसको विषय भएको छ । 

नवलपरासी लगाएत पश्चिममा कुसे औसीको पहिलो आइतबार लाई अतवारी अथवा बडकी अतवार भनिन्छ भन्ने केही थारु समुदायमा हरितालिका तिज पछिको आउने पहिलो आईतबारलाई अतवारी भन्ने चलन रहेको छ । भारतको विहार प्रदेश पश्चिम चम्पारण जिल्लामा भाद्रपद शुक्ल पक्षको अन्तीम आइतबारलाई अतवारी मान्ने चलन छ । महिनाको अन्तिम आइतबार भएकोले त्यहा यसलाई बुढवा अतवार भन्दछन् ।

यो पर्व श्रीमदभागवत पुराण एवं महाभारत कथासंग पनि जोडिएको बताइएको छ । महाभारतमा यूद्धको बेला महाबली भिमले रोटि पकाउदै थिए र यूद्ध चलेको थियो साथै यूद्धमा उहाको आगमन जरुरी भएपछि उहाँ रोटि पकाउने तावामा रोटी छोडेर गएपछि यूद्ध जितेर फर्किदा रोटि एक तिरबाट पाकिसकेको सोहि रोटि खाएर भोक टारर्नु भयो । तब देखिनै अतवारी पर्वमा एकै तिरबाट रोटि पकाउने चलन रहेको र रोटि खानले शरिरलाइ बलियो, स्वस्थ र निरोगि बनाउने जनसमुदायमा विश्वास रहेको छ । 

यसरी रोटि पकाउने,चढाउने, पुज्ने परम्परा हाल सम्म याथावत छ । यस दिन अनेक किसीमका परिकार बनाइ शनिबार अथवा आईतबारको पाहिलो दिनमा दर खाने चलन छ । त्यहाँ पुरानो आगोलाई सम्मापत पारी नयाँ आगोमा परिकारहरु बनाइन्छ । ब्रतालुहरु नुहाई धुवाई शुद्ध भएर अतवारी व्रत बसी गाईको गोबरले पुजास्थान लिप्ने र चुलोमा नयाँ आगो बाली सुर्यको प्रतिकलाइ रोटि बनाइ पकाउछन् भन्ने अनिवार्य हुन्छ । 
परीवारजनहरु फलफुल,धुप,दिप लिई पिर्कामा बसी दिउसोको बेलामा फलाहार गर्दछन् खानु भन्दा पहिले सुर्यलाइ अगीयारी वा आगो दिने चलन छ । आफ्नो सम्पुर्ण  परिवारलाई सहभागि गराई आगोमा होम कार्य गरिन्छ । फलाहार अतवारी पर्वको अन्तीम कार्यहो ।

त्यसपछि छोरी चेली एव अन्य नातेदारहरुलाई सोमबार पुर्न नुहाई धुवाई गरि पाहुर अथवा (कोसेली) दिने चलन छ । कोसेली पुर्याउन जादा दाजु भाई, दिदी बहिनीले आफ्नो दुख सुखका कुरा खुलेर गर्ने अवसर पाउदछन् यसले यस पर्वले स्नेह, बन्धुत्वको पनि सन्देश दिने बताइएको छ । एक आपसमा आत्मीयक्ता र पारिवारीक सम्बन्ध सुमुधुर बनाउने पर्वको रुपमा पनि लिएको छ ।

यसरी सौर्य उर्जाको खानी, जीवन जगतका जिवन प्रदाता जागृत देवताको रुपमा प्रतिष्ठापीत सुर्य उपासनको पर्व बडकी अतवार अथवा अतवारी लाई समयानुकुल परिमार्जन गर्दै आफ्नो शक्ति र मौलिक्तामा सबको कल्याणहोस भनि अतवारी मनाउने पर्व सार्थक हुने जितराम पंजीयारले भन्नु भयो । 

प्रकृतिप्रति विश्वास गर्ने थारु समुदायमा प्रकृतिको संस्कार अनुरुपका प्रर्व उत्सव,आस्था, धर्म एवं जीवन दर्शन झल्काउने पर्वहरु अनेक छन्  ऋतु अनुसार ग्रह नक्षत्राढीको अवस्था हेरी थारु पुर्वजहरुले पर्वहरुलाई थारु संस्कारमा जोडेको देखिन्छ, जो समृद्ध संस्कृतिको व्याख्यामा थारु संकृतिको विकसीत भएको छ । 

Diraj Treders


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:१७
#अतवारी पर्व
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्