Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • लुम्बिनी समता महिला विद्यालय सुनवलमा १८० जना महिलाले विद्यालय शिक्षा पूरा गर्दै 
लुम्बिनी समता महिला विद्यालय सुनवलमा १८० जना महिलाले विद्यालय शिक्षा पूरा गर्दै  लुम्बिनी समता महिला विद्यालय सुनवलमा १८० जना महिलाले विद्यालय शिक्षा पूरा गर्दै 
डोल्मा चौधरी
डोल्मा चौधरी सोमबार, असोज २९, २०८०

galaxy parasi

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले महिलाहरुकालागि विद्यालय सञ्चालन गरिदिएपछि महिलाहरु विद्यालय पढन् जान थालेका छन् । विभिन्न कारणले विद्यालय शिक्षा पुरा गर्न नसकेका १८० जना महिलाहरु विद्यालया भर्ना भइ अध्ययन गरिरहेका छन् । सुनवलमा गएको ६ महिनादेखि लुम्बिनी समता महिला विद्यालय सञ्चालनमा छ । उक्त विद्यालय सुनवल ३ किर्तिपुरमा अवस्थित रहेको छ भने २०८० बैशाख महिनादेखि प्रारम्भ भएको हो । आर्थिक, सामाजिक र पारिवारिक समस्याले विद्यालय छोडेका महिलाहरुलाई लक्षित गरी विद्यालय खोलिएको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले बताउनु भयो ।

विद्यालयमा हाल ४ वटा कक्षा संचालनमा रहेको कक्षा चार, पाँच, आठ र दश कक्षाहरु रहेको छ । कक्षा ४ मा जम्मा ८५ विद्यार्थी भर्ना छन् जसमा सोहि कक्षालाई २ वटा सेसनमा वर्गिकरण गरिएको छ । जसलाई क्रमशः सगरमाथा, धौलागिर नाम दिइएको छ । जसमा सामान्य र मध्यम गरी महिला विद्यार्थीहरुलाई वर्गिकरण गरी पठनपाठन भइरहेको छ । 


यस्तै कक्षा ५ मा २९ जना, कक्षा ८ मा १७ जना र कक्षा १० मा भने ४९ जना विद्यार्थी भर्ना भई  शिक्षा लिन शुरु गरेका छन् । उक्त विद्यालयमा २० वर्ष देखि ४२ वर्ष उमेर समुहका महिलाहरु अध्ययन गरिरहेका छन् । विद्यालयमा विवाहित महिलाहरु मात्र नभै कशोरीहरु समेत भर्ना रहेको समता विद्यालयकी प्रधानाध्यापक एवम संयोजक लक्ष्मी अर्यालले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा सुनवल नगरपालिकाका र अन्य पालिकाबाट पनि महिला विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । विशेष गरी विभिन्न कारणले अध्ययन पुरा गर्न नसकेका महिलाहरुलाई थप अध्ययनको मौका समता विद्यालयले दिएको छ । 

Damkal Sewa

विद्यालयमा ९ जना शिक्षक छन् भने कक्षा १० का लागि गणित र विज्ञान विषय शिक्षणका लागि  २ जना शिक्षक व्यवस्था गरिएको छ । विद्यालयमा अध्यापन गर्ने शिक्षीकाहरुले पहिले आमाहरुबाट शिक्षा लिइयो अहिले त्यही आमा समूहलाई पढाउन पाउँदा खुसी लागेको बताएका थिए । 

“पहिले महाकवि देवकोटा मा। वि। मै पढेकी हुँ, पारिवारिक कारणले बिचैमा विद्यालय छाड्नु पर्यो, आज फेरी पढाइलाई निरन्तरता दिने सुनौलो अवसर पाएँ निकै खुसी लागेको छ” कक्षा १० मा पढ्ने फूलमाया कुँवरले भन्नु भयो । 

“सानै उमेरमा विहे भो, घर परिवार सम्हाल्ने काममा लाग्नु पर्यो जसले गर्दा पढाई पुरा गर्न सकिन, सुनवल नगरपालिकाले दिएको यो अवसरले अब उच्च शिक्षा हासिल गर्ने लक्ष्य लिएकी छु” कक्षा १० मै अध्ययन गर्ने मीना नेपालीले बताउनु भयो । 

कक्षा १० मै पढ्ने २१ बर्षिय किशोरी अन्जना हरिजनको कुरा पनि उस्तै छ “आर्थिक अवस्थाले पढाइ छोड्नु पर्यो नगरपालिकाले पढ्ने अवसर दिएको छ अब विद्यालय शिक्षा पुरा गर्छु । ” 

समता विद्यालयमै कक्षा १० मै अध्ययन गर्ने ४१ वर्षिय गंगा शर्माले कक्षा १० पास गर्ने मनको धोको पुरा हुने विश्वास व्यक्त गर्नु भयो । आफु सुनवल नगरपालिकाकाको महिला स्वयमसेविका भएको बताउँदै विभिन्न कारणले पढाई छाडेका दिदिवहिनीहरुले पनि शिक्षालाई निरन्तरता दिनु पर्ने सन्देश समेत दिनु भयो ।

यसैवीच हाल विद्यालयकालागि सुनवल नगरपालिकाले २ वटा बस निःशुल्क रुपमा सञ्चालन गरिरहेको ,  विद्यालयमा ६ महिनाको अवधिमा प्रथम त्रैमासकि परिक्षा सकिएको  छ भने अहिले  दोस्रो त्रैमासिक परिक्षा चलिरहेको महिला विद्यार्थीहरुको उत्साहजनक परिक्षामा सहभागिता रहेको संयोजक अर्यालले जानकारी दिनु भयो । उहाँले अझै पनि विद्यालयको भौतिक अवस्था सुधार गर्नु पर्ने, पठनपाठनकालागि आधुनिक सामाग्री कम्प्यूटर लगायत सामाग्रीको व्यवस्था गर्नु पर्ने माग गर्नु भएको छ ।

Diraj Treders


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्