Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नवलपरासीमा भर समुदायको पराम्परागत भुजा भुट्ने पेशा लोप हुदै
नवलपरासीमा भार समुदायको पराम्परागत भुजा भुट्ने पेशा लोप हुदै नवलपरासीमा भर समुदायको पराम्परागत भुजा भुट्ने पेशा लोप हुदै
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, फागुन ३, २०८०

डोल्मा चौधरी

परासी ३ माघ । पश्चिम नवलपरासीमा भर समुदायको पराम्परागत भुजा भुट्ने पेशा लोपउन्मुख अवस्था पुगेको छ  । भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि पराम्परागत भुजा भुट्ने पेशा लोप हुने अवस्थामा पुगेको हो  ।

सानो छोप्रो बनाएर बषौदेखी भुजा भुट्दै आएको अहिले आधुनिक मेसीन प्रयोगमा आएपछि पेशा लोपमुन्मुख अवस्था पुगेको रामग्राम नगरपालिका वडा १७ देवगाँउकी ५८ बर्षिया बिन्द्रवती कहाँरले बताउनु हुन्छ । सानै उमेर देखि भुजा भुट्ने काम गर्दै आउनु भएको यो पेशामा लागेको उहाँको ४२ वर्ष पुगेको छ । १४ वर्षको उमेर देखी नै कहार आफ्नो घरको अगाडी सानो खरले छाएको झुपडी बनाई भुजा भुट्न सुरू गरेको बताउँनु हुन्छ । उहाँले भन्नुहुन्छ – भुजा भुट्ने आधुनिक मेसीन प्रयोगमा आएपछि पराम्परागत भुजा भुट्ने पेशा संकटमा परेको छ ।

पहिला महिनामा १ क्वीन्टल (चमल ,चिउरा, चना,घटमास, बदाम¬खाध्यन्न आर्जन हुने गरेको तर अहिले महिनाको आधा क्वीन्टल  (चमल, चिउरा,चना, घटमास, बदाम)खाध्यन्न पु–याउन र आर्जन गर्न धौधौ परेको बिन्द्रवतीको भनाई छ । उहाँ यही पेशाबाट तीन छोरा र  एक छोरी पाल्दै आएको बताउदै भुजा भुट्ने पेशाले तीन छोरा र एक छोरीलाई बिवाह पनि गरिसकेको बताउनुहुन्छ । उहाँको गाउँमा सानो खरको छाप्रो छ । त्यही छाप्रोमा ८ वटा माटोको घैटो बनाई दिनहुँ भुजा भुट्ने गरिएको कहाँरले बताउनु हुन्छ ।  उहाँ बाह्रै महिना यो पेशामा सर्मपित रहनु भएको छ ।

दैनिकी यहि पेशामा रमाउदैँ आउनु भएको उमेरले नेटो काटि सकेपनि यो पेशा अंगालिदै कहाँर आउनु भएको छ । पुर्ख्योली पेशामा चिन्ता व्यक्त गर्दै आफ्नो पेशाको अन्तिम पुस्ता रहेको बिन्द्रवतीको  भनाई रहेको छ । दाउराको अभाव भएको हुदाँ भुजा भुट्ने सिसौको पात र भुसाले भार आगो सल्काउने गरेको बताउनु हुन्छ । 

उहाँमात्र हैन यही पेशामा लागेको सरावल गाउँपालिका वडा नं. २ मनरीमा भुजा भुट्ने पेशा गदै आएकी ५० बर्षिय लिलावती कहाँरको  अवस्था पनि उस्तै छ । उहाँ २५ बर्षदेखी घरको अगाडी सानो खरले छाएको झुपडी बनाई भुजा भुट्न सुरू गरेको बताउँनु हुन्छ । उहाँ भन्नुहुन्छ–भुजा भुट्ने आधुनिक मेसीनको प्रयोग तथा परम्परागत चलनचल्तिहरु परिर्वतन हुदै गएपछि भुजा भुट्ने पेशा संकटमा परेको बताउनु हुन्छ ।

उहाँले यही भुजा भुटेर परिवार पालिदै आएको पनि बताउनु हुन्छ । भुजा भुटेर दुई छोरी र एक छोरा पाल्दै आएको कहाँरको भनाई छ  । लिलावती सँगै छोराबुहारीले भुजा भुट्न सघाउँदै आएका छन । त्यही घरअगाडि छाप्रोमै भुजा भुट्ने माटोका ठूलाठूला चार पाँच भार चुलो बनाइको छ । पहिला १२ महिना यो पेशा चल्ने गरेको थियो तर सिजन बाहेक अरुबेला नचल्दाँ  अहिले पेशा झन संकटमा परेको बताउदै  महिनामा २५ केजी चामल आर्जन गर्न पनि धौधौ परेको परिवार पाल्न गाह्रो भएको कहाँरको भनाई छ । 

दउराको अभाव हुदाँ भुजा भुट्ने सिसौ लगाएत रुखहरुबाट झरेको पात र भुसाले आगो सल्काउने गरेको  कहाँर बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ गाउँघरका मानिसले आफै चामल, चिउरा चना घटमास बदाम जस्ता कच्चा पदार्थहरु आफै लिएर आउने गरेको बताउदै त्यसमा ज्याला लिई भुट्ने गरेको हो ।  दुई किलो कच्चा पदार्थ छन भने एक किलो ज्याला लिने चलन रहेको छ । अहिले आधुनिक मेसिन आएपछि कहारले पुख्यौली पेशा संकटमा परेको गुनासो पोख्नु हुन्छ । 


भुजा तराईका बासिन्दाका लागि परम्परागत खाजाका रूपमा परिचित छ । आधुनिक मेसिन र सामान्य चुलोमा भुटेको भुजाभन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वस्थकर हुने गरेको छ । परम्परागत तरिकाअनुसार भुजा फलामको आरीमा तातो बालुवा हालेर भुटिन्छ । बालुवा भने आगो बालेर राम्रोसँग तताउनुपर्छ। 


 


प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्