Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी
नेपाली चेली
नेपाली चेली मंगलबार, चैत १३, २०८०

परासी । गएराति परेको असिना पानीले पश्चिम नवलपरासीमा काट्न तयारी अवस्थामा रहेको गुहँबालीलाई २५ प्रतिशतभन्दा बढी क्षति पुर्याएको किसानहरुले बताएका छन् । सोमबार राती साढे ८ बजेतिर असिनापानी परेको थियो । नवलपरासीका किसानहरुले असिना पानीका कारण २५ प्रतिशतभन्दा वढी अन्नबाली र ५० प्रतिशत वढी तरकारीमा क्षति पुगेको बताएका हुन् ।  

सुनवल नगरपालिकाका कृषि विज्ञ नरबहादुर खड्काले असिना पानीले “अन्नवाली र तरकारी कुटेर ढुटो पारेको बताउनु भयो । उहाँका अनुसार गहुँबालि, गोडभेंडा र लहरे तरकारीलाई असिनापानीले क्षति पुर्याएको छ । 

रामग्राम नगरपालिकामा पनि असिना पानीले गहुँ, तरकारी र घाँस खेतीमा क्षति पुर्याएको छ । रामग्राम नगरपालिकाको वडा नं. १७ तरकारी पकेट क्षेत्रमा वढी क्षती भएको वडाध्यक्ष कन्हैयाप्रसाद कोइरीले बताउनु भयो । तरकारीमा गोडभेंडा, लौका, काँक्रा, काउली, लहरे तरकारीलाई असिनापानीले वढी क्षति पु¥याएको अध्यक्ष कोइरीले बताउनु भयो । 

यस्तै रामग्राम नगरपालिका कै वडा नं. ११, १२ र १३ का किसानको गुहुँवाली र तरकारीमा क्षतिपु¥याएको वडा नं. १३ का कृषक एवं समाजसेवी अवधराज यादवले बताउनु भयो । यसैवीच रामग्राम वडा नं. १० का कृषक देवेन्द्र चौधरीले कृषकको सपनामाथि असिनापानीले कुठाराघात गरेको बताउनु भयो । उहाले काट्नै लागेको गहुँ र बजारकालागि तयारी अवस्थामा रहेको तरकारीलाई क्षति गरेको बताउनु हुन्छ । 

रामग्राम १८ का एक कृषकले क्षति भएको गहुँखेती देखाउँदै चैत्र महिनामा वाढीनै आउने गरी असिनापानी आउनु अनौठौ भएको बताउनु भयो । 

प्रतापुर गाउँपालिकामा पनि गहुँवालीमा क्षति भएको छ । पाकेर काट्ने अवस्थाको गहुँबाली पुरै ढलेर नोक्सान भएको प्रतापपुर गाउँपालिका वडा नं. ६ का कृषक अंगद यादवले जानकारी दिनुभयो । 

यसैबीच असिनापानीले जिल्लामा कति अन्नवाली र तरकारीको क्षति पर्याएको छ भन्ने तथ्याङ्क आउन वाकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्रनाथ चौबेले बताउनु भयो ।   

nepli cheli


प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ 
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ  शुक्रबार, माघ २५, २०८१
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली मंगलबार, माघ १, २०८१
बुझ्दैन सरकार किसानको पिडा 
बुझ्दैन सरकार किसानको पिडा  बुधबार, असार ५, २०८१
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह शुक्रबार, जेठ १८, २०८१
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र 
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र  शनिबार, वैशाख १५, २०८१
लोकप्रीय
  • Week
  • Month
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्