Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली
मेघराज गौतम
मेघराज गौतम मंगलबार, माघ १, २०८१

नवलपरासीमा कृषि उत्पादन (आलु, प्याज र अदुवा) खाद्य पदार्थ र संवेदनशील बस्तु भण्डारण गरी गुणस्तर कायम गर्ने उद्देश्यले ३ हजार मेट्रिकटन क्षमताको शीत भण्डार(कोल्ड स्टोर) निर्माण सम्पन्न भई सञ्चालनमा छ । किसानले सिजनमा कृषि उपजको बजार मुल्य कम पाउने हुँदा सिजनमै सुरक्षित भण्डारण गरी बेसिजनमा बजारीकरण गर्न सके किसानलाई फाइदा हुने उद्देश्यले शित भण्डार स्थापना गरिएको हो ।

नवलपरासी जिल्ला र आसपासका क्षेत्रमा आलु, प्याज र अदुवा उत्पादनको सम्भावना प्रवल छ । त्यही सम्भाव्यताको अध्ययन गरी जिल्लामा शील भण्डार सञ्चालनमा ल्याइएको हो ।

जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीले संचालनमा ल्याएको शीत भण्डार राज्यका निकायहरु र जिल्ला स्थित विभिन्न विषयगत सहकारीहरुको करोडौको लगानी छ । सहकारी विभागसँग तय गरिएको मापदण्ड अनुसार ६० प्रतिशत संघिय लगानी, २० प्रतिशत प्रदेश र स्थानीय पालिका तथा २० प्रतिशित सहकारी संघ र विभिन्न विषयगत प्रारम्भिक सहकारीहरुको लगानी हुने भनिएको थियो । जस अनुसार ६० प्रतिशत केन्द्रीय अनुदान अर्थमन्त्रालय मार्फत १२ करोड ५९ लाख प्राप्त भएको छ । 

नवलपरासी जिल्लाका विभिन्न ७९ वटा सहकारीहरुले जम्मा गरेको शेयर बापत ३ करोड ३८ लाख, सुनवल नगरपालिकाकाको १ करोड ५० लाख, रामग्राम नगरपालिकाको १ करोड, बर्दघाट नगरपालिकाको २५ लाख र सरावल गाउँपालिकाको ४ लाख ५० हजार गरी कुल ६ करोड १७ लाख ५० हजार शेयरको रुपमा संकलन भएको जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनु भयो । शीत भण्डार निर्माण सम्पन्न भएपनि हालसम्म केन्द्रीय अनुदान र संस्थागत शेयर लगानीबाट हुन आउने १८ करोड ७६ लाख ५० हजारमा अझै २ करोड २२ लाख ५५ हजार अपुग भएको छ । संघले लगानी गर्न बाँकी रहेका प्रतापपुर, पाल्हीनन्दन र सुस्ता गाउँपालिकासँग पनि पहल गरिरहेको छ भने जिल्लाका कृषि सहकारी र बचत तथा ऋण सहकारीहरुसँग पनि शेयर लगानीको लागि जोडबल गरिरहेको अध्यक्ष पौडेलले बताउनु भयो ।

शीत भण्डार प्रदेशकै गौरवको आयोजनाको रुपमा सम्पन्न भई सञ्चालनमा आएपनि लुम्बिनी प्रदेश सरकारलाई भने आयोजनाले कुनै प्रभाव पार्न सकेको देखिदैन । सहकारी विभागको मापदण्डले पनि प्रदेश सरकारले अनुदानमा रकम दिने व्यवस्था गरेको छ तर हालसम्म लुम्बिनी प्रदेश सरकारले कुनै चासो नै नदिएको संघका सचिव चण्डिप्रसाद पाण्डेको गुनासो छ । गएको ४ बर्षमा शीत भण्डारका लागि मापदण्ड अनुसारको रकम जोह गर्न प्रदेश मन्त्रालय पनि गयौं, सवारी साधन, जेनेटर वा विद्युतमा सहुलियतको कुरा गर्यौ, यहि अवधिमा थुप्रै सरकारी मन्त्रीले अवलोकन पनि गरे, तर प्रदेश सरकारको लगानी शुन्य भएको संघका सचिव पाण्डेको भनाई छ ।

जिल्लाको सुनवल नगरपालिका वडा नं. २ मुखियाटोलमा करिव डेढ विगाहा क्षेत्रफलमा सञ्चालनमा रहेको कोल्ड स्टोरलाई सुनवल नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । विकोइ केशव शाह समिर जेभी टंगाल काठमाण्डौेंले २० करोड ९८ लाख ५५ हजार ८४१ मा ठेक्का संझौता गरी २०७६ देखि निमार्ण कार्य शुरु गरेको थियो । निर्माण शुरु गरेको ४ बर्षपछि अर्थात २०८० फाल्गुन १५ गतेदेखि शीत भण्डार सञ्चालनमा आएको हो तर कुल क्षमताको १५ प्रतिशत मात्र प्रयोगमा आएको संघले जनाएको छ । “शीत भण्डार संचालनमा आएको १० महिना भयो, सञ्चालनमा आएदेखि शितभण्डारले १६ लाख २ हजार ७ सय ६० रुपैया आम्दानी गर्न सफल भएको छ”, भर्खरै मात्र शीत भण्डारले गति लिन थाल्यो, कोषाध्यक्ष हैदरअलि मोमिनले बताउनु भयो ।

करोडौंको शीतभण्डार निर्माण हुनु, सञ्चालन भएको १० महिनासम्म जम्मा १५ प्रतिशत मात्र सञ्चालन हुनु, प्रदेश सरकारले योजनालाई उपेक्षा गर्नु, प्रदेश र संघिय जनप्रतिनिधिको ध्यान पुग्न नसक्नु शीत भण्डारका लागि चुनौती हुन । जिल्लाका अधिकांश किसानले अझै पनि परंपरागत खेतिपाति गर्नु, व्यवसायिक हिसावले एकीकृत उत्पादनमा जोड दिन नसक्नु, किसानले परंपरागत तरीकाले विउविजन र अन्नवालीको भण्डारण (डेहरी, खाँची, मान्द्रो आदिको प्रयोग) गर्नु पनि शीत भण्डारकालागि थप चुनौतिको विषय हो ।

जिल्ला सहकारी संघले आउँदा दिनमा किसानलाई प्रविधिको उच्चतम प्रयोग गरेर उत्पादनमा जोड दिन आग्रह गर्ने, परंपरागत भण्डारण हटाउने, शीतभण्डारको प्रचारप्रसार, क्षमता, उपयोग र फाइदाहरुको बारेमा विश्वस्थ गराउन सक्नु पर्ने देखिन्छ ।  


प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ 
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ  शुक्रबार, माघ २५, २०८१
बुझ्दैन सरकार किसानको पिडा 
बुझ्दैन सरकार किसानको पिडा  बुधबार, असार ५, २०८१
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह शुक्रबार, जेठ १८, २०८१
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र 
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र  शनिबार, वैशाख १५, २०८१
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी मंगलबार, चैत १३, २०८०
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्