Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नवलपरासीको सरावल २ अत्रहटीमा तीन दिवसिय महाशिवरात्री मेलाको आयोजना हुदै
नवलपरासीको सरावल २ अत्रहटीमा तीन दिवसिय महाशिवरात्री मेलाको आयोजना हुदै
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, फागुन ८, २०८१

परासी । नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ अत्रहटी स्थित शिव मन्दिरमा महाशिवरात्रीको अवसरमा सांस्कृति कार्यक्रम सहितको ५१ औँ महाशिवरात्रि मेला महोत्सवको आयोजना हुने भएको छ ।

प्रत्येक बर्ष झै यस बर्ष पनि महाशिवरात्रि मेला ब्यवस्थापन समितिले शिवमन्दिर परिसरमा फागुन १३ १४ र १५ गते तीन दिवसिय महाशिवरात्रीको मेला धुमधामका साथ आयोजना गरिरहेको समितिका अध्यक्ष देवानन्द चौधरीले जानकारी दिनुभएको छ । 

यस क्षेत्रमा लोपनिय अवस्थामा रहेका विभिन्न जात जातिका रितिरिवाज, सस्कृतिलाई सरंक्षण गर्दै आउदो पुस्तालाई हस्तान्तरण गर्न मेलाको आयोजना गर्दै आइएको बताउदै अध्यक्ष चौधरीले शिवरात्री दर्शन गर्न आउने दशनार्थीरुलाई प्रसादको व्यवस्था गर्ने गरिएको बताउनुभयो ।

महाशिवरात्री मेलाका दिन बिभिन्न समिति, उप–समितिहरु गठन गरी सयौंको संख्यामा स्वंयमसेवकहरु साथै सुरक्षाकर्मी समेत खटाईने समितिका सचिव दामोदर देवकोटाले जानकारी दिनुभएको छ ।

जिल्लाको चर्चित पुरातात्विक एवंम ऐतिहासिक रुपमा रहेको तर प्रचार–प्रसार अभावमा ओझेलमा परिरहेको सो मन्दिरमा यसरी वर्षेनी महाशिवरात्री मेला लाग्ने गरेपनि यसको पुरातात्विक ऐतिहासिकता बारेमा चर्चा नभएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । 

यस महाशिवरात्री पर्वको दिन फागुन १४ गते बुधबार रात भर शिवमन्दिरमा धुनी जगाई स्थानीयवासीले जाग्राम बसी शिवको आरधाना गर्ने प्रचलन पनि छ । प्रत्येक वर्ष भक्तजनहरुको घुंईचो बढ्ने सो मेलामा यसवर्ष पनि भलिबल प्रतियोगिता संगै विभिन्न चर्चित कलाकारहरु सहितको सांकृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

महाशिवरात्रि मेला ब्यवस्थापन समिति सरावल २ अत्रहटीको आोजनामा सञ्चालन हुने उक्त मेलामा नवलपरासी, रुपन्देही लगाएत छिमेकी राष्ट्र भारतको सिमावर्ती जिल्लाहरुबाट पनि भक्तजनहरु अवलोकन गर्न आउने गरेको देवकोटाले बताउनुभयो । महाशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो ।

यो भगवान शिव उत्पति भएको अवसरमा मनाईने हिन्दुहरुको प्रमुख पर्वको रुपमा पर्दछ । भगवान शिवको उत्पति कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व मनाईने पुराणहरूमा वर्णित छ । 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवर मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास बसी ऊँ नमः शिवाय् मंत्र जप्ने गरेमा सद्बुद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे बुधबार, असोज २१, २०८३
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्