परासी । देवकोटा क्याम्पस सुनवल नवलपरासीले गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई २९ लाख ६७ हजार ७ सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।
क्याम्पसले ५ सय ६६ जना आवेदकहरू मध्ये छनोटमा परेका २ सय ६४ जनालाई कुल २९ लाख ६७ हजार ७ सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको प्राध्यापक हरिदत्त शर्माले जानकारी दिनुभयो ।
जसअन्तर्गत जेहेन्दार ४३ जना, महिला ३२ जना, जनजाति १० जना, अल्पसंख्यक÷सिमान्तकृत २० जना, दलित ९ जना, द्वन्द्व पिडित ३ जना, मधेशी÷मुस्लिम १६ जना, खेलकूद तर्फ ३ जना, अपाङ्गगता भएकाबाट ३ जना, युजिओ नेपालबाट ५ जना युजिसी नेपालका ६५ जना र युजिसी अन्तर्गतका ५५ गरी २ सय ६४ जनालाई छात्रबृत्ती प्रदान गरिएको प्राध्यापक शर्माले नेपाली चेलीलाई बताउनु भयो ।
छात्रवृत्ति वितरणका लागि क्याम्पसले सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबाट श्रोत जुटाइको हो । क्याम्पस अध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार युजिडी नेपाल, लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, अक्षयकोष, छात्रवृत्ति दाता तथा क्याम्पसको आन्तरिक स्रोतबाट श्रोत जुटाइएको हो ।