Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपा एमालेका उम्मेदवार खरेलद्वारा २५ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रतिवद्धता–पत्र नेकपा एमालेका उम्मेदवार खरेलद्वारा २५ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक
नेपाली चेली
नेपाली चेली सोमबार, फागुन ४, २०८२

परासी । नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ खरेलले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको छ । उम्मेदवार खरेलले परासीमा पत्रकार सम्मेलन गरी २५ बुँदे घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । उहाँले एमालेको सूर्य चिन्हमा मतदान किन? भन्ने विषयमा यस क्षेत्रको समग्र विकास निर्माणका एजेन्डा तय गरिएको बताउनु भयो । घोषणा पत्र (VOICE) 

के छ एमालेको चुनावी एजेण्डा (बुँदागतरुपमा हेरौं) 
 

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रतिवद्धता–पत्र

सूर्यमा नै भोट किन ?

  • मुलभन्सार नाकाको रुपमा रहेको महेशपुर भन्सारलाई पूर्ण क्षमतामा संचालन गरी महेशपुर–परासी–सुनवलको बाटो चारलेनमा विस्तारको क्रममा रहेको र सो बाटोलाई सुनवल हुँदै पाल्पा सहितका पहाडी जिल्लाहरूसँग जोडने व्यापारिक मार्गहरूलाई महत्वका साथ निर्माणका लागि पहल गरिनेछ ।
  • रामग्राम, पण्डितपुर, बाबा बर्दगोरीया, जावा, कोलवृक्ष, कररपत्त नगर, पाल्हीमा रहेको नन्दन ताल, देवदह ताल, तरगौली लगायत बुद्धसँग जोडिएका र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धन, सम्बद्र्धन र निरन्तर आवश्यक पूर्वाधार विकास गर्ने ।
  • नवयुवा पुस्ताको चाहना र भावनाको प्रतिनिधित्व गर्दै स्थानीय, प्रादेशिक र संघीय तहसम्म श्रम, सीप र स्वरोजगारी विकासमा जोड दिने ।  
  • कृषि क्षेत्रमा आधुनिकीकरण गरी व्यवसायीकरण, साना, मझौला तथा ठूला उद्योग र सहकारीका माध्यमबाट स्थानीय रोजगारीमा व्यापक वृद्धि गर्न पहल गर्ने । 
  • “एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार” नीति अवलम्बन गरी कृषि उत्पादनको बजार र उपभोक्ताको सहज आपूर्तिको व्यवस्था गरिनेछ ।
  • युवालाई स्वरोजगार बनाउँदै स्थानीय सीप, पूँजी र व्यवसायीकता बृद्धि गर्ने साथ उद्यमशिलता सम्बन्धी तालिम प्रदान गरी वीउपूँजी सहुलियतपूर्ण व्याजदरमा उपलब्ध हुने व्यवस्था गरिनेछ ।
  • स्थानीय, प्रदेश तथा संघीय सरकार र नीजिक्षेत्रको सहकार्यमा मुख्य सहरी क्षेत्र केन्द्रीत गरी सहज, सुलभ र भरपर्दो सार्वजनिक यातायात सेवाको प्रवन्ध गरिने । पहिलो चरणमा भुमही र सुनवल देखि भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसम्म सिधा सार्वजनिक यातायात संचालन गर्ने । 
  • तुरिया, पानभार, सोमनाथ–झरही, भलुही, भुमही लगायतका ठूला र अन्य साना घोला खोलाको किनार क्षेत्रको तटवन्धन मार्फत सम्बन्धित तटीय क्षेत्रको बर्षेनी हुने डुवान रोक्ने व्यवस्था मिलाइने छ ।
  • रामग्राम, सुनवल र पाल्हीनन्दनमा एक–एक वटा सिटी हल निर्माणका लागि पहल गर्ने ।
  • सुनवल स्थित लुम्बिनी चिनी मिललाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा मेडिकल कलेज, अस्पताल, वा विश्वविद्यालय संचालन गर्न पहल गरिनेछ ।
  • पद मार्ग र हिल स्टेशनका माध्यमवाट निर्वाचन क्षेत्रको उत्तरी राष्ट्रिय तथा सामुदायिक वनको सहकार्यमा पर्यटन सँग जोड्दै धुरकोट, बेवरे, विहारी गाउँमा होमस्टे संचालनका लागी विशेष पहल गरिने छ ।
  • भ्रष्ट्राचारमा शुन्य सहनशिलता कायम गरी सुशासनको अवधारणालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याईने ।
  • यस क्षेत्रमा सञ्चालित विभिन्न उद्योग–कलकारखानाहरुको व्यवस्थित रुपमा विकास गर्दै उद्योग र पर्यटनको हबको नमुना क्षेत्रको रुपमा अघि बढाउने । 
  • स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने भावनालाई जागृत गराउँदै सवैप्रकारका खेलपूर्वाधार र खेलको समग्र विकासका लागि पहल गर्ने ।
  • वर्तमान शिक्षालाई युगानुकुल प्रविधि, शिप र ब्यवसाय बनाउँदै दक्ष जनशक्ति उत्पादनका निम्ती पहल गर्ने ।
  • जिल्लाकै एकमात्र सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पताल र पाल्हीनन्दन अस्पताललाई उपकरण सहित सुविधा सम्पन्न बनाउने र सुनवलमा निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल गर्ने । 
  • पाल्ही बहुमुखी क्याम्पस, महाकवि देवकोटा बहुमुखी क्याम्पस, मोतिलाल बहुमुखी क्याम्पस र अस्न्या आदर्श क्याम्पसहरुलाई स्तरोन्नतीका लागि पहल गर्ने ।
  • अब्यवस्थीत बसोवासी र भुमिहिनको पूर्जा वितरण, विपन्न दलित आवास कार्यक्रम सञ्चालन र जनता आवास कार्यक्रमको नियमितताका लागि पहल गरिनेछ ।
  • आगामी ५ वर्षमा सबै पालिकाका निर्माण हुन बाँकी वडाका आफ्नै नयाँ र आर्कषक भवन पूर्वाधार निर्माण गरिनेछ ।
  • जिल्लाको सदरमुकामसँग जोड्ने सबै सडक तथा अधुरा पुल र नयाँ पुलहरुको निर्माणमा पहल गर्ने ।
  • सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै, माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशूल्क र अनिवार्य गर्दै संस्थागत विद्यालयहरुलाई आवश्यकता अनुसार नियमन गर्दै लैजाने । 
  • विपन्न, असहाय, दलित र पछाडी परेको वर्गका लागि पुर्ण रुपमा निशुल्क शिक्षा दिने व्यबस्था मिलाइने ।
  • जिल्लाका प्राकृतिक, पर्यावरणिय, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जन पर्यटन क्षेत्रको पहिचान गरि संरक्षण प्रवद्धन र पुर्वाधार विकास गरिने ।
  • निर्वाचन क्षेत्रमात्र नभई समग्र नवलपरासी जिल्लाको विकासका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी काम गरिने । 
  • विभिन्न निकायहरुको सहकार्यमा विद्युत, इन्टरनेट, टेलिफोन, दुरसंचार, केवल टिभी लगायतका अव्यवस्थित तारहरूलाई भूमिगत गरी सौन्दर्य क्षेत्रको रुपमा विकास गरिने ।


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १९:५२
#CPNUML
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्