Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
नेपाली चेली
नेपाली चेली मंगलबार, भदौ २३, २०८३
फाइल फोटो

नवलपरासी । आज भदौ २३ गते, जेनजी अर्थात् नवयुवा आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा देशको राजनीतिमा ठूलो परिवर्तन आएको छ भने आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र राजनीतिक जवाफदेहिताका सवाल अहिले पनि राज्य सञ्चालनको प्रमुख बहसका विषय बनेका छन्।

आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढेको थियो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार बनिसकेको अवस्थामा प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए।

सामाजिक सञ्जालबाट सुरु भएको विरोध भदौ २३ र २४ गते सडकमा पोखियो। काठमाडौंसहित देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रिए। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख मुद्दा थिए। आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए।

एक वर्षपछि केही सुधारका प्रयास सुरु भए पनि आन्दोलनले खोजेको परिवर्तन अझै पूर्ण रूपमा संस्थागत हुन सकेको छैन।

यसको प्रभाव नवलपरासीमा पनि गहिरो रह्यो। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी, निजी तथा राजनीतिक दल र संघसंस्थाका सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुँदा जिल्लामा ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार व्यक्तिगत सम्पत्तितर्फ मात्रै २७ करोड ४९ लाख १६ हजार रुपैयाँ, सरकारी सम्पत्तिमा १२ करोड ८६ लाख ८४ हजार तथा राजनीतिक दल र संघसंस्थातर्फ ५२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

व्यक्तिगत सम्पत्तितर्फ सबैभन्दा ठूलो क्षति तत्कालीन पूर्वमन्त्री हृदयेश त्रिपाठीको प्रतापपुर–कठहवास्थित निवास र उहाँको तत्व फर्ममा भएको थियो। निवास र फर्ममा गरी १४ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रशासनको तथ्यांक छ। त्यस्तै, विनोद चौधरीको बर्दघाटस्थित निजी निवास, सचिवालय र सीजी उन्नति कल्चर भिलेजमा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

विक्रम खनाल, धीरज शर्मा बस्याल, शम्भुलाल श्रेष्ठ र उमेशचन्द्र यादवका घर तथा सम्पत्तिमा पनि करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। आन्दोलनका क्रममा जिल्लाका २० जनाको घर तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो।
सरकारी सम्पत्तितर्फ बर्दघाट नगरपालिकामा सबैभन्दा बढी २ करोड २० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। नगरपालिकाले भवन मर्मत तथा क्षतिग्रस्त सामान खरिदमा हालसम्म १ करोड ७५ लाख रुपैयाँ खर्च गरिसकेको जनाएको छ। रामग्राम नगरपालिकामा १ करोड ८० लाख, सरावल गाउँपालिकामा १ करोड ३६ लाख र प्रतापपुर गाउँपालिकामा १ करोड २१ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

अधिकांश स्थानीय तहले भवन मर्मत गरेर कार्यालय सञ्चालनमा ल्याइसकेका छन्। तर प्रतापपुर गाउँपालिकाले प्रशासनिक भवन अगाडिको जलेको गाडी भने अझै हटाएको छैन।

सरकारी संरचना सामान्य अवस्थामा फर्किए पनि निजी सम्पत्ति गुमाएका पीडितको अवस्था भने उस्तै छ। ऋणधन गरेर सामान्य मर्मत गरी घरमा बस्न थाले पनि जलेका तथा नष्ट भएका सामान पुनः जुटाउन नसक्दा उनीहरूको पीडा कायमै छ।

जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरणसहित निवेदन दिएका दुई जनाबाहेक अन्य निजी सम्पत्तिको पछिल्लो अवस्थाबारे अद्यावधिक विवरण नरहेको जनाएको छ।

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा देशले राजनीतिक परिवर्तनको नयाँ चरण पार गरेको छ। तर आन्दोलनका क्रममा नवलपरासीमा जलेका घर, सवारीसाधन र नष्ट भएका सम्पत्तिका अवशेषले भने पीडितका लागि त्यो दुई दिनको त्रासदी अझै बिर्सन दिएको छैन।

 


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार सोमबार, भदौ २९, २०८३
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार शुक्रबार, भदौ १२, २०८३
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो मंगलबार, भदौ ९, २०८३
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो मंगलबार, भदौ ९, २०८३
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत सोमबार, भदौ १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्