Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
नेपाली चेली
नेपाली चेली मंगलबार, भदौ २३, २०८३

परासी । पश्चिम नवलपरासीमा स्वास्थ्य सूचकका आधारमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको वार्षिक समीक्षा कार्यक्रम अन्तर्गत जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखाको मूल्याङ्कन गर्दा रामग्राम नगरपालिका प्रथम हुन सफल भएको हो ।

स्वास्थ्य कार्यालयले २९ वटा स्वास्थ्य सूचकलाई आधार बनाएर गरेको मूल्याङ्कनमा रामग्राम नगरपालिकाले ७८.५३ अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ । यस्तै ७७.८९ अङ्कसहित सरावल गाउँपालिका दोस्रो र ७६.९७ अङ्कसहित प्रतापपुर गाउँपालिका तेस्रो भएका छन् ।

मूल्याङ्कनमा ७४.४९ अंक सहित बर्दघाट नगरपालिका चौथो, ७४.४० अंक सहित सुस्ता गाउँपालिका पाँचौँ, ७२.६२ अंक सहित सुनवल नगरपालिका छैठौँ र ७१.३३ अंक सहित पाल्हीनन्दन गाउँपालिका सातौँ स्थानमा रहेका छन् ।

यसैगरी, स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८२l०८३ मा उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा नगरपालिकातर्फ बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर स्वास्थ्य चौकी र गाउँपालिकातर्फ प्रतापपुर गाउँपालिका–७ स्थित गुठी सूर्यपुरा स्वास्थ्य चौकीलाई छनोट गरेको छ ।

उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएका पञ्चनगर स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत बाबुराम तिमिल्सिना र गुठी सूर्यपुरा स्वास्थ्य चौकीका सिनियर अहेव कौशलकुमार यादवलाई कार्यक्रममा सम्मान गरिएको छ ।

स्वास्थ्य सूचकमा पालिकाहरूबीच गरिएको मूल्याङ्कनले स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रका उपलब्धिलाई थप प्रभावकारी बनाउन प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख अंगदवहादुर शाही, द ल्याप्रोसी मिसन टु नेपालका प्रमुख सुमन ज्ञवाली, रामग्राम नगरपालिकाका जनस्वास्य निरिक्षक सुरज हरिजन, स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत यवदेव न्यौपाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको कार्यालयका बरिष्ठ मलेरिया इनिस्पेक्टर देवीलाल पौडेलले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य कार्यालय नवलपरासीले आर्थिक बर्ष २०८२।०८३ को बार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी समापन गरिएको छ ।

स्वास्थ्य कार्यालय नवलपरासी, जिल्लाका सातै वटै पालिकाका स्वास्थ्य शाखा र विभिन्न साझेदार संघसंस्थाको स्वास्थ्य सम्बन्धी कार्यक्रमको बार्षिक समिक्षा र आगामी योजना तर्जुमा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो ।

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम गरिएको हो । 


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्