Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्दै रामग्राम, कृषि उत्पादन बढाउनु पर्नेमा नगरप्रमुख यादवको जोड
५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्दै रामग्राम, कृषि उत्पादन बढाउनु पर्नेमा नगरप्रमुख यादवको जोड
नेपाली चेली
नेपाली चेली बिहीबार, कात्तिक १९, २०८३

परासी । रामग्राम नगरपालिकाले कृषकहरुलाई गहुँको उन्नत बीउ वितरण गरेको छ । चालु आर्थिक बर्ष २०८३।०८४को बार्षिक योजना अनुसार नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गरिएको जनाएको हो ।  

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आज पालिकाका विभिन्न वडाबाट उपस्थिति कृषकहरुलाई बीउ हस्तान्तरण गर्नु भएको हो । बीउ बितरणका लागि वडा कार्यालयबाट प्राप्त कृषकहरुको माग विवरण अनुसार विभिन्न जातका बीउ वितरण गरिएको छ । 

प्रतिबारो ४० के.जीको १ हजार ७६० का दरले कृषकहरुले पनि लगानी गरेका छन् ।  रामग्राममा उन्नत जातका जिंक गहुँ १, विजय, एनएल ९७१, बोर्लग २०२०, आदित्य र बाणगंगा लगायतका छन् । 

नगरप्रमुख यादवले उन्नत बिउ वितरणसँगै कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रमा उत्पादन बढाउन सकेमा कृषकहरुको आर्थिक उन्नती र प्रगति हुन सक्ने बताउनु भयो ।   

नगरप्रमुख यादवले आलु खेती गर्ने कृषकलाई पनि अनुदानको व्यवस्था भएको बताउँदै सो कार्यका लागि पालिकाले १० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले आलु खेतिका लागि समूह वा संस्थाबाट कार्यसम्पादन गर्नुपर्ने बताउनु भयो । 

रामग्राम नगरपालिकामा ५ हजार ९६० हेक्टर क्षेत्रफलमा गहुँ खेति हुँदै आएको छ भने कुल २१ हजार ४५६ मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि विकाश शाखाका प्रमुख किरण गुप्ताले बताउनुभयो । 

चालु आर्थिक बर्ष २०८३।०८४ मा नगरपालिकाले गहुँको विउ वितरण गर्न ९० लाख बजेट विनियोजन गरेको जनाएको छ । जसमा कृषकहरुले ४४ लाख २५ हजार लगानी गरेका छन् । 

कृषि सामाग्री कम्पनी लिमिटेड, भैरहवाबाट ९८.२ मेट्रिकटन, अर्थात २ हजार ४५५ बोरा गहुँका बीउ खरिद गरिएको कृषि शाखा प्रमुख गुप्ताले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाको उपस्थिति रहेको थियो ।    


प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्