Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • २८ प्रतिशत मात्र इन्जिनियरिङ लाइसेन्समा उत्तीर्ण
२८ प्रतिशत मात्र इन्जिनियरिङ लाइसेन्समा उत्तीर्ण
नेपाली चेली
नेपाली चेली बुधबार, चैत १५, २०७९
फाईल फोटो

नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार र सोमबार सञ्चालन गरेको लाइसेन्स परीक्षामा करिब ७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । पहिलो पटक लिइएको लाइसेन्स परीक्षामा देश–विदेशका विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका १ हजार ९ सय ८१ जना सहभागी भएकामा ५ सय ६५ परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

परिषद्को ऐन गत असोजमा संशोधन गरेर लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था गरिएको थियो । यसअघि परिषद्ले विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक प्रमाणपत्रका आधारमा स्वतः व्यवसाय सञ्चालनको अनुमति दिने गर्थ्यो । इन्जिनियरिङ पेसा, व्यवसायको गुणस्तरमा प्रश्न उठेपछि परीक्षा लिएर मात्र लाइसेन्स प्रदान गर्ने व्यवस्था गरिएको हो । परिषद्का अध्यक्ष पदम शाहीका अनुसार लाइसेन्सका लागि एक सय पूर्णाङ्कको २ घण्टे परीक्षा सञ्चालन गरिएको थियो । न्यूनतम ५० अंक प्राप्त गर्ने परीक्षार्थी लाइसेन्स पाउन योग्य हुने व्यवस्था छ ।

परिषद्ले पुल्चोकको आईटी सेन्टरमा कम्प्युटर विधिबाट परीक्षा लिएको थियो । इन्जियिरिङ विषयका २२ विधामा लिइएको परीक्षामा यस पटक सहभागीमध्ये अधिकांश विदेशबाट पढेर फर्केका र पूरक परीक्षा दिएकाहरू थिए । अनुत्तीर्णहरूले अर्को पटक पनि परीक्षा दिन पाउनेछन् । असोज पहिलो सातासम्म परीक्षा नदिई लाइसेन्स पाएकाहरूले भने पुनः परीक्षा दिनु नपर्ने परिषद्का अध्यक्ष शाहीले बताए । ‘पहिले पढाइसकेपछि सबैले लाइसेन्स पाउँथे,’ उनले भने, ‘अब इन्जिनियरिङको लाइसेन्स लिन अनिवार्य परीक्षा दिनुपर्छ ।’

अहिलेसम्म करिब ७७ हजारले लाइसेन्स पाइसकेको तथ्यांक छ । स्नातक तहको अन्तिम वर्षको नतिजा आएलगत्तै अर्को लाइसेन्स परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ । वर्षमा कम्तीमा २ पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने परिषद्को योजना छ । ‘विश्वविद्यालयमा ४ वर्षमा ८ पटक परीक्षा दिई पास गरेर आउँछन्, हामीले ४ वर्षकै कुरा राखेर प्रश्नपत्र बनाएका थियौं,’ परिषद् अध्यक्ष शाहीले भने, ‘विश्वविद्यालयका फरक–फरक पाठ्यक्रम छन्, विदेश पढेर आएका पनि छन्, त्यसैले पनि कम पास भए ।’

त्रिभुवन, काठमाडौं, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयको पठनपाठन हुन्छ । नेपाली विद्यार्थी भारत, बंगलादेश, पाकिस्तान, चीनलगायत देशमा पनि यो विषय पढ्न जाने गर्छन् । लाइसेन्स परीक्षाका कारण विश्वविद्यालयलाई पाठ्यक्रम र पठनपाठनमा सुधार गर्न दबाब पुग्ने परिषद्का पदाधिकारीले जनाएका छन् ।

विद्यार्थी लाइसेन्स परीक्षामा उत्तीर्ण भए पनि नियमावली टुंगो नलाग्दा उनीहरूले लाइसेन्स कहिलेदेखि पाउने भन्ने टुंगो छैन । परिषद्ले नियमावली स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको छ । अर्थ र कानुन मन्त्रालयको स्वीकृति लिएर मन्त्रिपरिषद्बाट नियमावली स्वीकृति गराउन बाँकी छ । यी दुई मन्त्रालय मन्त्रीविहीन भएकाले स्वीकृति प्रक्रिया रोकिएको स्रोतले जनाएको छ । नियमावली टुंगो लागेपछि लाइसेन्स वितरण थालिने अध्यक्ष शाहीले बताए ।

लाइसेन्स परीक्षामा न्यून संख्यामा विद्यार्थी उत्तीर्ण हुनुले विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठनमा प्रश्न उब्जेको परिषद्का सदस्य तथा काठमाडौं विश्वविद्यालयका अध्यापक विकास अधिकारीले बताए । ‘इन्जिनियरिङका विज्ञ प्राध्यापक प्रश्न निर्माणमा संलग्न थिए, उनीहरूले बनाएको प्रश्नपत्र बैंकबाट सोधिएको हो,’ उनले थपे, ‘धेरै विद्यार्थी असफल भएपछि हाम्रो पठनपाठन कस्तो रहेछ भन्ने देखियो, पहिले सबैले लाइसेन्स पाउँथे, सिधै काम गर्न कार्यस्थलमा पुगिसकेका हुन्थे ।’


प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:२४
#नेपाल इन्जिनियरिङ परिषद
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत  आइतबार, भदौ २९, २०८२
देवकोटा क्याम्पसद्वारा विभिन्न क्षेत्रका २ सय ६४ जनालाई छात्रबृत्ती वितरण 
देवकोटा क्याम्पसद्वारा विभिन्न क्षेत्रका २ सय ६४ जनालाई छात्रबृत्ती वितरण  सोमबार, साउन १२, २०८२
बाल्मिकी बर्दघाटमा समावेशी शिक्षा अध्यापन शुरु, अपाङ्गता भएका २७ बालबालिका लाभांन्वित   
बाल्मिकी बर्दघाटमा समावेशी शिक्षा अध्यापन शुरु, अपाङ्गता भएका २७ बालबालिका लाभांन्वित    बिहीबार, साउन ८, २०८२
सुनवल यससिडिसीद्वारा पाल्हीनन्दन र प्रतापपुरका ८० अपाङ्गता बालबालिकालाई शैक्षिक सामग्री वितरण
सुनवल यससिडिसीद्वारा पाल्हीनन्दन र प्रतापपुरका ८० अपाङ्गता बालबालिकालाई शैक्षिक सामग्री वितरण बुधबार, जेठ २८, २०८२
सयपत्री सहकारीको रतज बर्षः २ जना बालबालिकालाई छात्रवृत्ति प्रदान  
सयपत्री सहकारीको रतज बर्षः २ जना बालबालिकालाई छात्रवृत्ति प्रदान   आइतबार, जेठ ११, २०८२
अमरज्योती आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण र अक्षयकोष स्थापना
अमरज्योती आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण र अक्षयकोष स्थापना शनिबार, जेठ १०, २०८२
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्