Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विज्ञान - प्रविधि
  • Home
  • विज्ञान - प्रविधि
  • नेपाल टेलिकमले एसईई परीक्षामा सामेल भएका विद्यार्थीलाई नि:शुल्क सिम उपलब्ध गराउने
नेपाल टेलिकमले एसईई परीक्षामा सामेल भएका विद्यार्थीलाई नि:शुल्क सिम उपलब्ध गराउने
नेपाली चेली
नेपाली चेली बिहीबार, चैत २३, २०७९
फाईल फोटो

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । 

याे सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, छ सय मिनेट टकटाइम र तीन सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । 

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा त्याेभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।  


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:४१
#नेपाल टेलिकम
प्रतिक्रिया दिनुहोस्
थप विज्ञान - प्रविधि
संचारमाध्यम सबलीकरणका लागि  लुम्बिनी प्रदेश लागिपरेको गृहमन्त्री पाण्डेय
संचारमाध्यम सबलीकरणका लागि लुम्बिनी प्रदेश लागिपरेको गृहमन्त्री पाण्डेय शुक्रबार, माघ १२, २०८०
राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ शुक्रबार, पुस २०, २०८०
दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने  १८ वटा युट्युब च्यानललाई  कारबाही गर्न सिफारिस
दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस सोमबार, मंसिर १८, २०८०
इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन प्राधिकरणको ताकेता
इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन प्राधिकरणको ताकेता बुधबार, मंसिर १३, २०८०
नेपालकै कम्पनी आईडिया जार डिजिटलले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गर्यो
नेपालकै कम्पनी आईडिया जार डिजिटलले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गर्यो मंगलबार, मंसिर ५, २०८०
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता शुक्रबार, मंसिर १, २०८०
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्