Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च २०८० सुरु
रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च २०८० सुरु
नेपाली चेली
नेपाली चेली सोमबार, वैशाख २५, २०८०

लुम्बिनी प्रदेश स्तरीय महिला मञ्च २०८० आजदेखि रुपन्देहीमा सुरु भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समृद्ध समाजका लागि सबैको समान हैसियत हुनुपर्ने बताउनुभयो । 

विभेदका कारण पत्ता लगाएर त्यसको अन्त्य गर्दै नागरिकको जीवनस्तर सहज बनाउन  संविधान सभाबाट संविधान बनाइएको उल्लेख गर्दै उहाँले संविधानमा भएका महिलाका अधिकारका विषय सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।“विभेदबाट पछि पारिएको वर्गलाई अवसर दिनुपर्छ र सबैको समान हैसियल बनाउन आवश्यक छ । यदी यसो गरिएन भने समाज पछि पर्छ”, उहाँले भन्नुभयो । संबिधानमै राखिएका प्रावधानमा कतिपय शब्दले महिला प्रतिनिधित्वमा समस्या सृजना गरेको जनाउँदे उहाँले त्यसमा चनाखो भएर अगाडि बढ्न आग्रह गर्नुभयो । “संबिधानमा स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एउटा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । उपप्रमुख मात्रै भन्ने होइन”, उहाँले भन्नुभयो ।

राज्यले विशेष खालका नीति बनाएर प्रजनन् अधिकार, स्वास्थ्य लगायतका महिला अधिकारका विषय सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । “महिला आन्दोलन निरन्तर अगाडि बढिरहनुपर्छ त्यसमा हाम्रो साथ र सहयोग छ”, उहाँले भन्नुभयो  ।  कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले सत्तामा रहेको पितृसत्ताको सोंच बदल्न जरुरी  रहेकामा जोड दिनुभयो ।

हामी विभिन्न रुप र ठाउँमा भएपनि अब शक्ति एकठाउँमा प्रयोग गर्नुपर्ने बेला आएको जनाउँ महिला अधिकार, न्याय र समानताका लागि सरकार नै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । “पितृसत्ताले हामीलाई सिकाउने मात्रै काम गर्यो, अब हामीले यी कुरा बुझेका छौँ, हामी सधैं अरुले बनाएको योजनामा चल्दैनौ आफै बनाउन सक्छौ”, उहाँले भन्नुभयो ।

सञ्जालका रुपन्देही जिल्ला अध्यक्ष हेमा न्यौपानेले महिलाको नेतृत्वलाई उनीहरुको अधिकारको रुपमा स्वीकार गरेको अवस्था नहुनु र महिला जनप्रतिनिधिहरुको पारिवारिक, सामाजिक र राज्यकै श्रोतमाथि पूर्ण रुपमा पहँुच स्थापित पनि हुन नकसेका कारण सरकारलाई दबाब दिन महिला मञ्चको आयोजना गरिएको बताउनुभयो । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियान्ता भूमिका श्रेष्ठले महिलालाई सधै दोस्रो दर्जाको रुपमा राख्ने समाजले तेस्रो लिङ्गी समुदायलाई पनि फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नुभयो । “महिला अधिकारका लागि हामी पनि आन्दोलनमा जुट्यौ, अब हाम्रो मुद्धा पनि सबैको साझा सवाल बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरेले अपांगता भएका महिला अझै पनि नेतृत्व तहमा पुग्न नसक्दा सवालहरु ओझेलमा परेको गुनासो गर्नुभयो । उहाँले अपांगतामैत्री संरचना निर्माण र निर्वाचनमा अपांगताको सहभागिता हुने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय तथा प्रदेश सञ्जालको आयोजना तथा लुम्बिनी प्रदेशमा क्रियाशिल संघ संस्था, समूह, सञ्जाल, सञ्चारकर्मी, नागरिक समाज, स्थानीय सरकारको सहयोग तथा सहकार्यमा लुम्बिनी प्रदेशमा सामाजिक रुपान्तरणमा महिला नेतृत्व भन्ने मुख्य सवालमा केन्द्रित भई महिला मञ्चको आयोजना गरिएको हो ।

‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नारा सहित आयोजना गरिएको महिला मञ्च दुई दिनसम्म चल्ने छ । महिलावादी दृष्टिकोणबाट समाजलाई विश्लेषण गर्न र महिला तथा पछाडि पारिएका समुदायको विद्यमान सवाल पहिचान र क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने उद्देश्यले महिला मञ्चको आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशमा ‘संक्रमण कालिन न्याय : चुनौतीहरु’,  ‘शरीर मेरो नियन्त्रण कसैको’ रुपान्तरित नेतृत्वका सवालहरु मूख्य विषयका रुपमा कार्यक्रममा छलफल गरिने ओरेक नेपालका कार्यक्रम संयोजक प्रभा पौड्यालले जानकारी दिनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नवनिर्वाचित महिला उपप्रमुख, उपाध्यक्षहरु, माहिला मानवअधिकार रक्षकहरु, महिला अधिवक्ताहरु, महिला अधिकारका क्षेत्रमा कृयाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय सरकारका पदाधिकारीहरु, संचारकर्मी र मानवअधिकारकर्मीहरु गरी करिब तीन सय जनाको सहभागिता रहेको छ ।

दै सबै मिलेर महिला अधिकारका पक्षमा आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।“हामी लोकतन्त्र र गणतन्त्रका लागि लड्यौं, परिवर्तन पनि ल्यायौं तर एक थरिका लागि मात्रै । जसले आफ्ना आफन्त गुमायो, जो बलात्कारमा परे उनिहरुका लागि परिवर्तनको लडाइँले के गर्यो”? उहाँले प्रश्न गर्नुभयो ।


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्