Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • रुपन्देहीमा बाल साहित्य महोत्सव २०८० सम्पन्न
रुपन्देहीमा बाल साहित्य महोत्सव २०८० सम्पन्न
नेपाली चेली
नेपाली चेली बुधबार, जेठ १७, २०८०

उर्मिला यादव यात्री 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढमा बाल साहित्य महोत्सव २०८० एक कार्यक्रमका बिच सम्पन्न भएको छ । स्वास्तिक सामाजिक बिकास संस्था सम्मरीमाई ४ रुपन्देहीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा मंगलबार बाल महोत्सव २०८० कार्यक्रममा कविता तथा लघुकथा प्रतियोगिता सम्पन्न भएको छ ।

कबिता तर्फ १३ जना बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए जसमा सुवास काफले प्रथम, सोम्या पाण्डे द्धितीय, गोमा सुबेदी तृतीय र पार्वती केवट सान्त्वना स्थान हासिल गरेका छन । यस्तै गरी लघु कथा तर्फ सिर्जु पन्थी प्रथम, समीक्षा कार्की द्वितीय, विकास देबकोटा तृतीय र आयुष न्यौपाने सान्त्वना स्थान प्राप्त गरेका छन ।

प्रतियोगितामा प्रथम, द्धितीय , तृतीय र सान्त्वना स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गर्दै पुरस्कार प्रदान गरीएको थियो ।बाल साहित्य महोत्सव २०८० मा रुपन्देहीका बिभिन्न बिद्यालयका गरी ५० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार बनमाली निराकार ,साहित्यकार शशी पन्थी , नारायण प्रसाद भण्डारीले प्रशिक्षण दिनु भएको थियो । भने प्रतियोगिताको निणार्यक मण्डलमा उहाहरु नै रहनु भएको थियो ।यस्तै गरी कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष आश्विन पौडेलले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले बालबालिकाहरुलाई संरक्षण, संबद्र्धन तथा उनीहरुको नेतृत्व बिकास, क्षमता अभिबृद्धि गर्दै बिभिन्न कार्यक्रमहरु आयोजना गर्र्र्दै आइरहेको बताउनु भएको छ ।

बालबालिका भबिष्यका कर्णदार तथा देशको सच्चा सिपाही भएकोले उनीहरुलाई कसरी बिभिन्न किसिमका लागुपदार्थ तथा दुब्र्यसन जस्ता क्रियाकलापबाट टाढा राख्न सकिन्छ सो बिषयमा वडाले प्रतिबद्धताका साथ बालबालिकाहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउदै आएको जोड दिनु भयो । उहाले बालसाहित्य कार्यक्रमले बालबालिकाहरुमा एकता, एकअर्काको क्षमता पहिचान र उनीहरुको प्रतिभालाई वडाले पहिचान गरी त्यही अनुरुपका योजना बनाइ उनीहरुको नेतृत्व बिकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भयो ।

उहाले कार्यक्रममा बोल्दै बालबालिकाहरुमा बिभिन्न खालका प्रतिभा हुने भएकोले यसको प्रष्फुटन र नेतृत्व बिकासका लागी हरेक क्षेत्रले ध्यान दिनु पर्ने बताउनु भयो । कतिपय बालबालिकाहरु आफनो क्षमता अभिबृद्धि गर्ने खालको अवसर नपाएर आफु भित्र भएका प्रतिभाहरुलाई भित्रै लुकाएर बसेकोले अवसर नपाएका बालबालिकाको प्रतिभा पहिचान र उनीहरुको नेतृत्व बिकासका लागी यस्तो कार्यक्रमको आवश्यकताई महसुस गरी सुरुवात गरेको बताउनु भयो ।
उहाले बाल साहित्य प्रतियोगिताबाट बालबालिकाले कथा, कबिता र बालसाहित्यको क्षेत्रमा केहि भए पनि सिक्ने अवसर पाएको बिश्वास ब्यक्त गर्नु भयो । वडाध्यक्ष पौडेलले कुनै क्षेत्रको भौतिक बिकासले मात्र सम्पुर्ण क्षेत्रको बिकास नहुने भएको मानवीय क्षेत्रमा पनि बिकास गर्न एकदमै आवश्यक भएको बताउनु भएको छ ।उहाले जब सम्म मानबिय बिकास गरिदैन तबसम्म भौतिक बिकास पुर्ण नहुने भएकोले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले बालबालिका ,किशोर किशोरी , महिला , युवा लगायतको क्षेत्रमा काम गर्दै आएको र यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा सबैको साझा सहमतिले काम गर्दै आएको जोड दिनु भयो । उहाले बालसाहित्य कार्यक्रमले सहभागीहरुको क्षमता बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रतियोगीहरुको प्रस्तुती बाट नै स्पष्ट भएको बताउनु भयो ।

उहाले आगामी दिनहरुमा बालबालिकाहरुको क्षमता बिकासका लागी बिभिन्न बिधा कथा कबिता,खेलकुद, चित्रकला , मुर्तिकलाको माध्यमबाट थप कार्यक्रमहरु ल्याएर बालबालिकाको नेतृत्व र क्षमता अभिबृद्धि गर्ने र बालबालिकालाई सिर्जनशील र लगनशील भएर सभ्य नागरीक बनाउन तथा बिश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने बालबालिकाको उत्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल
सुनवल देवकोटा क्याम्पसकी हेमा बीबीए प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल बुधबार, भदौ १७, २०८३
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्