Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • पश्चिम नवलपरासीका उखु किसानले पाए अनुदानको १६ करोड
पश्चिम नवलपरासीका उखु किसानले पाए अनुदानको १६ करोड
नेपाली चेली
नेपाली चेली शुक्रबार, मंसिर ८, २०८०
फाइल फोटो

 पश्चिम नवलपरासीका उखु किसानको  झण्डै १६ करोड अनुदान रकम भुक्तानी भएको छ । गएका वर्ष चिनी मिललाई उखु बेचेका किसानले यो अनुदान रकम पाएका छन् । सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपारीमा उक्त रकम पठाइएको हो । अनुदानमध्ये केही रकम सरकारले अझँै पठाउन बाँकी छ । जिल्लाका उखु किसानले अनुदानबापतको कुल १५ करोड ७३ लाख रुपैयाँ जिल्लाका किसानहरुले अनुदानबापको रकम पाउन बाँकी छ । सरकारले अहिले १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गर्न पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिए । अझैँ सरकारले ६१ लाख ७ हजार ४४२ रुपैयाँ अनुदानबापतको रकम पठाउन बाँकी छ । सरकारको निर्णयअनुसार किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइने लेखापाल पौडेलले बताए । यो आ.व.२०७९÷०८० मा चिनी उद्योगलाई उखु उपलब्ध गराएका किसानहरुलाई वितरण गरिने रकम हो । जिल्लाका चार चिनी उद्योगले अनुदान पाउने किसानको नाम कोलेनिकामा पठाई सकेका छन् ।

चिनी उद्योगले कोलेनिकामा पठाएको विवरणअनुसार गत आ.व.मा चार वटा चिनी मिलले कुल २२ लाख ४७ हजार ४७९ क्विन्टल उखु क्रसिङ्ग गरेका छन् । उक्त आ.व.मा बाग्मती चिनी उद्योग कुडियाले १० लाख ८० हजार ८४५ क्विन्टल, इन्दिरा चिनी उद्योग प्रतापपुरले ७ लाख २२ हजार ९०२ क्विन्टल, लुम्बिनी चिनी उद्योग सुनवलले ३ लाख ५६ हजार ४७४ र तत्व फर्म प्रा.लि. प्रतापपुरले ८७ हजार २५६ क्विन्टल उखु क्रसिङ्ग गरेको विवरण बुझाएको लेखापाल पौडेलले जानकारी दिए । गतवर्ष सरकारले उखुको प्रति क्विन्टल ६१० रुपैयाँ समर्थन मूल्य कायम गरेको थियो । जसमा उखुको मूल्य प्रतिक्विन्टल ५४० र ढुवानी भाडाबापतको प्रति क्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापतको रकम किसानलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

दसैं अघि पठाइएको उक्त रकम चाडपर्वका कारण किसानहरुलाई पठाउन नसकिएको कोलेनिकाका प्रमुख कोष नियन्त्रक पर्शुराम नेपालले बताए । ‘ केही दिनमा उखु अनुदान भुक्तानी समितिको बैठक बसेर अनुदान रकम वितरण गरिने छ ।’ प्रमुख कोष नियन्त्रक नेपालले भने । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय उखु अनुदान भुक्तानी समिति रहेको छ । ‘चिनी उद्योगले पठाएको विवरणअनुसार केही रकम अझैँ अपुग हुने देखिन्छ । बाँकी रकम पठाउन पत्रचार गर्छांै, रकम सोझैं किसानको खातामा पठाउँछौ ।’–नेपालले भने ।

पश्चिमका किसानले पाएनन्
सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा उखु खेती गर्ने किसानहरू अहिले वर्सेनि बढ्दै गइरहेका छन् ।
कञ्चनपुरको पुनर्वासमा रहेको भागेश्वर सुगर मिल र बेलौरीमा रहेको महाकाली सुगर मिल अहिले सञ्चालनमा रहेका छन् । उक्त जिल्लाका अधिकांश किसानले यिनै दुई उद्योगलाई आफूले उत्पादन गरेका उखु बेच्ने गरेका छन् । त्यसैगरी गत आर्थिक वर्षमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए ।

त्यसको अनुदानबापत उनीहरूलाई १८ करोड ६६ लाख २३ हजार रुपैयाँ भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानहरूको छ । त्यसैगरी बेलैरीका उखु उत्पादक किसान लक्ष्मण रानाले नेपाल सरकारले गत आर्थिक वर्ष उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ निर्धारण गरेको बताए । उनले भने–‘त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ४० रुपैयाँका दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रुपैयाँका दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो ।’
तर, उक्त उखु बेचेको झन्डै वर्ष दिन पुग्न लाग्दासमेत सरकारले किसानहरूलाई दिने अनुदान भने अझै उपलब्ध गराउन सकेको छैन । रानाले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेको बताए । तर, विगतमा चिनी उद्योगहरूले समयमै रकम भुक्तानी नगर्दा किसानहरू समस्यामा पर्ने गरे पनि यस पटक भने चिनी उद्योगले किसानलाई बेलैमा रकम भुक्तानी गरेको छ ।

 

# दैनिक लुम्बिन

 


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:०२
#उखु किसान
प्रतिक्रिया दिनुहोस्
थप कृषि
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ 
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ  शुक्रबार, माघ २५, २०८१
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली मंगलबार, माघ १, २०८१
बुझ्दैन सरकार किसानको पिडा 
बुझ्दैन सरकार किसानको पिडा  बुधबार, असार ५, २०८१
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह शुक्रबार, जेठ १८, २०८१
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र 
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र  शनिबार, वैशाख १५, २०८१
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी मंगलबार, चैत १३, २०८०
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्