Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • जननिर्वाचित सरकारको पहिलो गण्डक सम्झौताले नवलपरासीको करिब १० हजार जनता वर्षेनी डुबानमा
जननिर्वाचित सरकारको पहिलो गण्डक सम्झौताले नवलपरासीको करिब १० हजार जनता वर्षेनी डुबानमा
नेपाली चेली
नेपाली चेली मंगलबार, मंसिर १२, २०८०
फाइल फोटो

बिनोद मण्डल,

नवलपरासी,

बदलिँदो परिस्थितिमा राजनीतिक उथल पुथल हुनु स्वाभाविक हो । नेपालको इतिहासमा बिपी कोइराला नेतृत्वको सरकारलाई जननिर्वाचित पहिलो सरकारको रूपमा लिइन्छ । जननिर्वाचित सरकारको पहिलो सम्झौताको रूपमा गण्डक सम्झौता लाई मानिन्छ ।

बिपी कोइराला नेतृत्वको सरकार गठन भएको करिब १ महिना नबित्दै भारतीय तत्कालिन प्रधानमन्त्री नेपाल भ्रमणको क्रममा आउँदा गण्डक बाँधलाई प्रार्थमिकतामा राखेर नेपाल सरकारलाई मनाउने प्रयास गरे आफ्नो भनाई नमाने गण्डक बाँध भारतीय भूमिमा निर्माण गर्ने धम्की दिएका थिए । यता अंग्रेज शाषकहरुले गण्डक बाँध निर्माण गरेर सिँचाइ गर्ने विचार सन् १९७० मा नै गरेका थिए । भने भारतको पंचवर्षीय आयोजनामा गण्डक बाधको कुरा समावेश गरिएको थियो । सन् १८१६ मा भारतको बिहार राज्यमा अनिकाल परेपछि अगाडि सारिएको गण्डक सिँचाइ आयोजनाको सम्झौता उपप्रधानमन्त्री सुवर्ण सम्शेर जबरा र भारत सरकारको तर्फबाट तत्कालिन राजदूत भगवान सरायले सन् १९५९ डिसेम्बर ४( विक्रम सम्वत २०१६ मंसिर १९ गते काठमाडौंमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन् १९४६ मा भारतका तत्कालीन केन्द्रीय कृषि मन्त्री डा राजेन्द्र प्रसादले बिहार सरकारलाई गण्डक नदीको विकास गर्ने मनसायले एक पत्र लेखे जसमा भारतको सारन ,चम्पारन , मुझ्परपुर ,गोरखपुर ,तथा नेपालका केही भागलाई सिँचाइ सम्भाव्यताको अध्यनको लागि अनुरोध गरिएको थियो । जसको अध्यनको लागि भारत सरकारले पंजाब सिचाइ अायाेजना विभागका वरिष्ट इन्जिनियर एम. पी. महेशलाई पठाई उनकै संयोजकत्वमा गण्डक ब्यारेजको खाका कोरियो । सम्झौता भएको ५ वर्षमै अर्थात् २०२१ सालमा गण्डक ब्यारेजको निर्माण सम्पन्न भएको थियो । सम्झौताको धारा १३ मा रहेको प्रावधानलाई हेर्दा

क- गण्डकी नदीमा ब्यारेज , तटबन्ध ,निर्माणका निम्ति ठूलो नेपाली भूभागमा २००(, दुई सय) वर्षका निम्ति भारतलाई दिनुपर्छ ।

ख- आयोजनाबाट भारतले बिहारको १८ लाख ५० हजार हेक्टर जमीन सिचाइ गर्न पाउँछ भने नेपालले ४० हजार हेक्टर जमीन सिचाइ गर्न पाउँछ ।

ग- नेपालको सुरजपुरामा ५५ लाख किलो वाट विद्युत उत्पादन गरिन्छ र त्यसबाट १० हजार किलोवाट विद्युत नेपालले किन्नुपर्छ ।

घ- आयोजनालाई चाहिने पानीको मात्रामा कमी आउने गरी त्रिशुली ,बुढीगण्डकी ,सेती ,कालीगण्डकी र मर्स्याङ्दी लगायतका नदीका मुलमै कुनै आयोजना निर्माण गर्न नपाइने बन्देज लगाएको छ ।

ङ- नेपाली भूभागमा बनेको उक्त आयोजनामा भारत सरकारको सम्पतिका रूपमा रहन्छ ।

यस्ता असमान सन्धिबाट निर्माण गरिएको बाँधबाट दुई ओटा नहर निकालिएको छ । करिब ७८ किलोमीटर लम्बाई भएको पूर्वी गण्डक नहरले भारतको बिहार क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराएको छ भने पछिमी नहरले नेपालको भूमि हुँदै भारतको उत्तर प्रदेशमा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।

नेपालमा सिँचाइको लागि गण्डक ब्यारेजको उत्तर करिब २ किलोमीटर एउटा नहर बनाइएको छ जसको मुख अग्लो पारिएको हुनाले हिउँदमा नदीमा पानीको बहाव कम भएको समयमा यसबाट सिँचाइ गर्न असम्भव रहेको छ । साथै वर्षा याममा गण्डक नहरको कारण पछिमि भागमा डुबान हुने गरेको पाइन्छ । यसबाट नवलपरासीको करिब १० हजार जनताले वर्षेनी डुबानको सास्ती भोग्न विवस पारिएको छ । सम्झौता बमोजिम नेपाललाई भारतले मुआब्जा हालसम्म तिरेको छैन ।

गण्डक ब्यारेज निर्माण गरेको भूमि नेपालको हो । भारतले निर्माण गरेको यस बाघको मुख्य उद्देश्य कृषि र सिँचाइ थियो यसबाट नेपालले ८ क्युसेक पानी प्राप्त गर्नुपर्ने हो तर नेपालले उक्त पानी प्राप्त गर्न सकेको छैन । बढी भएमा सबै ढोका थुन्ने र नपुगेमा सबै पानी लैजाने प्रवृत्ति भारतको हालसम्म कायम छ । जे होस् नेपाली जनताको सास्तीलाई ख्याल गरी तत्काल सम्झौता पुनरावलोकन गर्न जरुरी देखिन्छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:३१
#गण्डक
प्रतिक्रिया दिनुहोस्
थप कृषि
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ 
परासीमा महादेव कृषी सहकारीद्धारा कृषि बजारको शुभारम्भ  शुक्रबार, माघ २५, २०८१
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली
नवलपरासीको शीत भण्डार, प्रदेशको बेवास्ता: किसानको भण्डारणमा परम्परागत शैली मंगलबार, माघ १, २०८१
बुझ्दैन सरकार किसानको पिडा 
बुझ्दैन सरकार किसानको पिडा  बुधबार, असार ५, २०८१
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह
प्राङ्गारिक तथा जैविक मल बनाउन नवलपुरका किसान उत्साह शुक्रबार, जेठ १८, २०८१
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र 
सरावलको कृषि उपज संकलन केन्द्र बषौैंदेखि अलपत्र  शनिबार, वैशाख १५, २०८१
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी
गएरातिको असिनापानीले गहुँ खेतीमा वढी क्षती , पूर्ण तथ्याङ्क आउन भने बाँकी मंगलबार, चैत १३, २०८०
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्