Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • नवलपरासीमा घरेलु हिंसाका घटना बढ्दै, गएको सात महिनामा रामग्राममा सबैभन्दा वढी 
नवलपरासीमा घरेलु हिंसाका घटना बढ्दै, गएको सात महिनामा रामग्राममा सबैभन्दा वढी 
डोल्मा चौधरी
डोल्मा चौधरी सोमबार, फागुन १९, २०८१

परासी । नवलपरासीमा घरेलु, लैगिङ्क तथा छिमेकी हिंसाका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०८१।०८२ को सात महिनाको अवधिमा १ सय ९४ वटा घरेलु हिंसा सम्बन्धी घटनाको उजुरी परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीमा गत आर्थिक बर्ष २०७९।०८० भन्दा २०८०।०८१ मा हिंसाका घटना वढी छन् । ०७९।०८० मा २ सय ८२ र ०८०।८१ मा ३२४ वटा हिंसाका घटनामा भएका हुन् । यसरी हेर्दा गत बर्ष त्यस अघिको बर्षभन्दा ४२ वटा घटना बृद्धि भएको प्रहरीको तथ्याङ्क छ । 

चालु आर्थिक वर्षमा परेको उजुरीको दर हेर्दा विगतको तुलनामा बढ्दो नै देखिन्छ । चालु आर्थिक वर्ष ०८१।०८२ मा नवलपरासीका सातै पालिका मध्ये रामग्राम नगरपालिकाका सबैभन्दा वढी हिंसाका घटना दर्ता भएका छन् । रामग्रामबाट मात्र ८८ वटा घरेलु हिंसाका उजुरी परेको प्रहरीले जनाएको छ । यस्तै सुनवल नगरपालिकाबाट १९, वर्दघाट नगरपालिकाबाट ६, सुस्ता  गाउँपालिकाबाट ८, पाल्हिनन्दन गाउँपालिकाबाट ३६, प्रतापपुर गाउँपालिकाबाट ९, सरावल गाउँपालिकाबाट १९ र जिल्ला बाहिरबाट ९ वटा घरेलु हिंसाका उजुरी परेको प्रहरी कार्यालयको बालबालिका तथा महिला शाखाकी प्रहरी सहायक निरिक्षक यसोदा वि.क.ले बताउनु भयो ।  कुल १९४ वटा घरेलु हिंसाका घटना मध्ये १ सय ५६ वटा उजुरीको मिलापत्र भएको छ भने अझै २६ वटा उजुरी मिलापत्र गर्न बाकि रहेको प्रहरीले जनाएको छ ।  

आर्थिक वर्ष २०८१।०८२ को पहिलो साउन महिनामा ४० वटा, भदौमा ४२, असोजमा २६, कात्तिकमा १९, मंसिर र पुषमा २२/२२, र माघ महिनामा २३ वटा घरेलु हिंसाको उजुरी परेको प्रहरीको तथ्याङ्क छ । 

यस्तै लैगिक तथा छिमेकि हिंसाका घटना पनि बढेको छ ।  गएको तीन वर्षको तथ्याङकलाइ हेर्दा ५ सय ५२ वटा उजुरी परेका थियो ।  आर्थिक वर्ष २०७८।०७९ मा १ सय ८, ०७९।८० मा २ सय ३४ र ०८०।८१ मा २ सय १० वटा उजुरी परेको  थियो । चालु आर्थिक वर्षको ७ महिनामा भने १२४ वटा उजुरी परेको छ जसमा ८९ वटा उजुरी मिला पत्र गरिएको छ भने २२ वटा अझै मिला पत्र गर्न बाकिरहेको प्रहरी कार्यालयले जनाएको छ ।  

लैगिक तथा छिमेकि हिंसाका घटनाका उजुरी पनि प्रहरी कार्यालयमा जिल्लाका अन्य पालिकाभन्दा धेरै रामग्रामबाट परेको प्रहरीले जनाएको छ । अहिले मानिसमा व्यापक सचेतना र जागरण आएका छ, त्यसैले न्याय प्राप्तीका लागि हिंसाका घटना बाहिर आउन थालेका छन्, रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी बताउनु हुन्छ । 

हिसां बढनुको मुख्य कारण अझै पनि समाज पूर्ण रुपमा शिक्षित नहुनु, आर्थिक समस्या, अरुको देखासिकि गर्नु, बेरोजगारी, कुलतमा फस्नु लगाएतका छन् ।  समाजमा सचेतनाका अभियानहरु जारी रहँदा हिंसा सम्बन्धी घटनाका उजुरी पनि वढेर गएको सरोकारवालाहरुले बताएका छन् । 

स्वभाविक रुपमा हेर्दा हिंसा बढ्नु राम्रो होइन तर सचेतनाका कारणले प्रहरीमा उजुरी पर्नु राम्रो भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापा बताउनु हुन्छ । हिसाका घटना न्युनिकरणकालागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ । 

Women Day 2025


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  सोमबार, असोज १३, २०८२
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  शुक्रबार, चैत ८, २०८१
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति  शुक्रबार, फागुन २३, २०८१
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्