Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
नेपाली चेली
नेपाली चेली सोमबार, असोज १३, २०८२

नवलपरासी । सरावल गाउँपालिकामा महिलाहरूले पाउनु पर्ने ज्यालाका बिषयमा श्रमिक महिलाहरूले खुलेरै कुरा गर्न थालेका छन् । नेपालमा श्रम ऐन २०७४ बमोजिम न्यूनतम पारिश्रमिकको रुपमा दैनिक ७५४ रुपैया (ज्याला ४७० र महँगाई भत्ता २८४) दिनु पर्ने व्यवस्था छ । तर कानूनमा भएको व्यवस्था कागजमा मात्र सिमित भएको भन्दै यतिबेला नवलपरासी जिल्लाको सरावल गाउँपालिकाका श्रमिक महिलाहरूले संगठीत रुपमै आवाज उठाउन थालेका हुन् । उनीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र ज्याला आफूहरूले काम गर्दा नपाएको बताएका छन् । 

श्रम ऐन २०७४ ले समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुँने र श्रमिकसँग संझौता नगरि काममा लगाउन नपाइने व्यवस्था गरेको छ । ऐनमा व्यवस्था भए पनि व्यवहारमा त्यसो नहुने गरेकाले सरावलका श्रमिक महिलाहरूले श्रम ऐनको पूर्ण कार्यान्वयनको माग गरेका छन् । 

सरावल गाउँपालिकामा विभिन्न लघु, घरेलु, साना, मझौला र ठूला उद्योगहरू सञ्चालनमा छन् भने दर्जनौ परंपरागत पेशामा आधारित श्रम पनि गर्ने गरिएको छ । पालिकामा कृषि उद्यममा आधारित श्रम वढी हुने गरेको छ भने इटा उद्योग लगायतका क्षेत्रमा पनि श्रमिक महिलाहरूले दैनिक काम गर्ने गरेका छन् ।   

गाउँपालिकाका ७ वटै वडाहरूमा अहिले अनौपचारिक श्रमिक महिलाहरू संगठीत भएका छन् । उनीहरूले इन्द्रेणी सामाजिक विकास मञ्चको सहयोगमा पालिका स्तरीय श्रमिक महिला सञ्जाल निर्माण गरी महिलाहरूको अधिकार र पैरवी गर्नुपर्ने विषयमा व्यापक छलफल गर्न थालेको महिला सञ्जालकी संयोजक लिलावतीदेवी चौधरीले बताउनु भयो । “हामी सरकारले तोकेको न्यूनतम ज्यालाका लागि संगठीत भएका छौ, आफ्नो अधिकार प्राप्तीका लागि सरावलका सातै वटा वडाका श्रमिक महिलाहरूले सामूहिक छलफल गर्न थालेको छौ” सञ्जालकी अध्यक्ष चौधरीले भन्नुभयो । 

Palhinandan Rural Municipal

सरावल ४ हाथिवनकी श्रमिक महिला लक्ष्मीदेवी हरिजनको कुरा पनि त्यस्तै छ । “पहिले हामीलाई थाहा थिएन, दिनभर काम गर्दथ्यौ, खान—लाउन पुग्दैनथ्यो, औषधी उपचार केले गर्ने समस्या थियो, हामी ठगिएका रहेछौ, सरकारले तोकेको ज्याला हामीले पाएका रहेनछौ, यो त अन्याय भयो,” हरिजनले भन्नुभयो । अहिले दैनिक ४ सय रुपैया पाएका छौ, सरकारले तोकेको न्यूनतम ७ सय ५४ रुपैया पाउने हाम्रो अधिकार हो त्यसैका लागि सरावलका दिदी बहिनीहरू संगठीत भएका हौ उहाँले भन्नुभयो । हामीलाई रिसराग चाहिएन, हामीले गरेको परिश्रम र मेहनतको उचित ज्याला चाहियो, लक्ष्मीदेवी भन्नुहुन्छ । 

अनौपचारिक श्रमिक महिलाको रुपमा सरावल ५ फूलवरियाकी किरण राजभरले काम गर्न थालेको पनि बषौ भयो तर गएको ६ महिनादेखि महिला सञ्जालमा आवद्ध हुनु भएको छ । उहाँका कुरा पनि उस्तै छन् । उहाँले समान काममा समान ज्याला श्रमिकको अधिकार भएकाले पुरुष र महिलाले एउटै काम गर्दा फरक फरक ज्यालाको अन्त्य गरी समान ज्याला कायम गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले महिलाहरू संगठीत भएपछि समाज, समूदाय, महिला अधिकार लगायतका थुप्रै कुरा सिक्ने र बुझ्ने मौका पाएको बताउनु हुन्छ । “जसरी हामी समान ज्याला, कमाउन र उद्यमी बन्ने कुरा सिक्दैछौ, त्यसैगरी प्राप्त आम्दानीको केही अंश अनिवार्य बचत गर्न पनि थालेका छौ, राजभरले भन्नुभयो । 

सरावल ७ निवासी सन्ध्यादेवी हरिजनले आफू दैनिक रुपमै श्रममा ठगिएकोमा दुःख व्यक्त गर्नु भयो । अब पनि समान र सरकारले तोकेको न्यूनतम ज्याला नपाए आन्दोलनमै जाने तयारी गरिएको हरिजनले बताउनु भयो । उहाँले हाम्रो समस्या हाम्रा जनप्रतिनिधिहरूका बीच राख्ने र आवश्यक परे थप आन्दोलन गर्ने योजना रहेको बताउनु भएको छ ।

“ दैनिक कामगरेर खाने श्रमिक महिलाहरू संगठीत भएका छौ, हामीले आफ्नो अधिकार लिएरै छाड्ने अठोट छ”, सरावल २ निवासी पार्वती थारुको भनाई छ । न्यूनतम पारिश्रमिक, समान कामको समान ज्याला र स्वास्थ्य विमा हाम्रा सामूहिक माग भएको श्रमिक महिला पार्वती थारुले बताउनु भयो । उहाँले महिलाहरूलाई मातृत्वको अधिकार, कार्यस्थलमा सुरक्षित वातावरण र स्वास्थ्य उपचार पनि श्रमिक महिलाहरूको अधिकार क्षेत्रभित्र पर्दछ । “दैनिक काम गर्दाको ज्याला सरकारले तोकिदिएको छ, दैनिक ७ सय ५४ रुपैया पाउनु हाम्रो अधिकार हो, त्यसकालागि हामी श्रमिक महिलाहरू पालिका स्तरमै संगठीत भएका छौ,” थारुले भन्नुभयो । 

श्रमिक महिलाहरूको स्वरमा स्वर मिलाउँदै सरावल गाउँपालिकाकी उपाध्यक्ष वासमति हरिजनले पनि पालिकाले श्रम ऐन बनाए अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूको आवाजलाई सम्बोधन गर्न आफू तयार रहेको बताउनु भयो । 
 


प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  सोमबार, पुस २१, २०८२
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण बिहीबार, मंसिर १८, २०८२
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  शुक्रबार, चैत ८, २०८१
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया शनिबार, फागुन २४, २०८१
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति 
सुस्तामा एकै परिवारका ५ घरमा आगलागी, ३ जना घाईते, साढे २७ लाख वढीको क्षति  शुक्रबार, फागुन २३, २०८१
Traffic Lights Traffic Lights
लोकप्रीय
  • Week
  • Month
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न 
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न 
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्