Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
बेस नेपालद्वारा सञ्चालित पोषण परियोजनाको समिक्षा र सामाजिक परिक्षण: नवलपरासीमा १३ प्रतिशत बालबालिका कुपोषित
नेपाली चेली
नेपाली चेली शुक्रबार, जेठ २२, २०८३

परासी । नवलपरासीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको जिल्ला स्तरीय सरोकारावालाहरुसँगको समिक्षा र सामाजिक परिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । 

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख एवं परियोजनाका सल्लाहाकार भगौतीप्रसाद यादव रुदलको अध्यक्षतामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बेस नेपाल परासीका कार्यक्रम संयोजक शालिकराम पोख्रेलले जिल्लामा सञ्चालित परियोजनाको समिक्षात्मक प्रस्तुतीकरण गर्नु भएको हो । कार्यक्रम संयोजक पोख्रेलले नवलपरासी जिल्लामा २२ हजार ६३६ जनामा पोषण लेखाजोखा गर्ने लक्ष्य लिइएकोमा २२ हजार ६५४ जनामा लेखाजोखा गरिएको बताउनुभयो । 

बालबालिकाको पोषण लेखाजोखा गर्दा जिल्लामा १३ प्रतिशत बालकालिका कुपोषित देखिएको उहाँले बताउनुभयो । कार्यक्रममा संयोजक पोख्रेलले २ हजार ६९३ मा मध्यम शीघ्र कुपोषण अर्थात १२ प्रतिशत कुपोषण र २५० जनामा अति शीघ्र कुपोषण अर्थात १ प्रतिशत देखिएको जानकारी दिनुभयो । 

यस्तै कार्यक्रममा परियोजनाको सामाजिक परिक्षण ग्यालेक्सी सीप प्रशिक्षण केन्द्रका सञ्चालक एवं सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नुभएको हो । 

कार्यक्रममा सरोकारवालाहरुले पोषण सुधारका लागि व्यवहार परिवर्तन महत्वपूर्ण पक्ष भएको बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख यादवले कार्यक्रमलाई एकीकृत ढंगले अगाडि बढाउन पालिकाले योजना निर्माण गर्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी, हेलेन केलर इन्टरनेशनल (एचकेआई) की प्राजेक्ट कोअडिनेटर भिमा पराजुली, बेस नेपालकी उपाध्यक्ष रोमकला राना, कार्यकारी निर्देशक शालिकराम पाण्डे, स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत यवदेव न्यौपाने लगायतले बालबालिकाको पोषण सुधारका लागि सरोकारवाला निकायसँगको समन्वय महत्वपूर्ण हुने बताउनु भएको छ । 

कार्यक्रममा जिल्लाका पालिका प्रमुखहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी एवं वहुसरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्