Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
“सम्पदा साईकल यात्रा २०८३” नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नेपाली चेली
नेपाली चेली शनिबार, वैशाख ५, २०८३

परासी ।  विश्व सम्पदा दिवसको अवसरमा शनिवार नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न भएको छ । “स्वास्थ्य र सम्पदाः कायम गरौं प्राकृतिक हराभरा” भन्ने नाराका साथ आयोजित साईकल यात्रामा झण्डै २०० जना साईकल यात्रीहरूको सहभागिता रहेको थियो ।

नवलपरासी साईकल राइडर्स क्लब, सुनवलको आयोजनामा सम्पन्न उक्त यात्रा सुनवल नगरपालिका स्थित कृष्णधामबाट सुरू भई रामग्राम र बर्दघाट नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरू हुँदै पुनः सुनवलमै समापन गरिएको छ । करिब ७७ किलोमिटर लामो यात्रामा सहभागीहरूले बुद्धचोक, रामग्राम स्तूप, भटौलिया, बुद्धमंगलताल, कञ्चनकुटी, बर्दघाट बजार, भूमही, बाबाबर्दगोरिया र किर्तिपुर लगायतका क्षेत्रहरूको अवलोकन गरेका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेतले स्थानीय सम्पदाको प्रचार–प्रसार गरी अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सम्पदाको संरक्षण र विकास स्थानीय समुदायको प्रमुख दायित्व भएको बताउँदै सुनवलको महलपोखरी क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

साईकल यात्रा रामग्राम प्रवेश गरेपछि लुम्बिनी प्रदेशका साँसद बैजनाथ जैसवालले सहभागीहरूलाई स्वागत गर्दै स्वागत गेटदेखि बुद्धचोकसम्म साईकलमै सहभागी हुनुभयो। सो अवसरमा उहाँले स्थानीय सम्पदाको संरक्षण र विकासमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।

रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरीले रामग्राम स्तूपमा साईकल यात्रीहरूलाई स्वागत गर्दै स्तूपको संरक्षण र विकासका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले लुम्बिनी क्षेत्रसँग जोडिएका पालिकाहरूमा “ग्रेटर लुम्बिनी डेभलपमेन्ट परियोजना” सञ्चालन हुने क्रममा रहेको जानकारी दिँदै यसले रामग्रामको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रामग्राम स्तूपमा आयोजित कार्यक्रममा रामग्राम विकास कोषका सदस्य एवं पत्रकार बेचु गौंडले भगवान गौतम बुद्धसँग सम्बन्धित अष्टधातु रहेको ऐतिहासिक स्थल रामग्राम स्तूपको महत्वबारे प्रकाश पार्नुभयो ।

त्यसैगरी, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले वडा नं. १३ स्थित बुद्धमंगलतालमा साईकल यात्रीहरूलाई स्वागत गर्दै जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासका लागि योजनाबद्ध पहल भइरहेको जानकारी दिनुभयो । उहाँले सम्पदा संरक्षणमा सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

साईकल यात्राले स्थानीय सम्पदाको प्रवद्र्धन, स्वास्थ्य सचेतना र वातावरण संरक्षणका सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको क्लवका सचिव बासुदेव पौडेलले बताउनु भयो  । साईकल यात्रामा नवलपरासीसँगै नवलपुर, रुपन्देही र पाल्पाका साइकल राइडरहरुको सहभागिता रहेकोे क्लबका सदस्य विष्णु खड्काले नेपालीचेली अनलाईनलाई बताउनुभयो ।
 


प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:२६
#“सम्पदा साईकल यात्रा २०८३”
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्