Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
नेपाली चेली
नेपाली चेली शनिबार, जेठ ३०, २०८३

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण र संरक्षणलाई विशेष प्राथमिकता दिएको छ। गाउँ सभाकाे १८ अेाे‌ अधिबेशनमा उनीहरुकाे सशक्तिकरण र संरक्षणलाई विशेष प्राथमिकता राखिएकाे बताइएकाे छ । 

गाउँपालिकाले महिलाको आर्थिक सशक्तिकरण, सीप विकास र स्वरोजगार प्रवद्र्धन गर्न सफल महिला उद्यमीलाई सम्मान गर्ने नीति लिएको छ। अपाङ्गता भएका व्यक्ति, उनीहरूका परिवार र विपन्न वर्गलाई लक्षित गरी आयआर्जन तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

सामाजिक क्षेत्रमा घरेलु हिंसा, लैंगिक हिंसा, बालश्रम र बालविवाह न्यूनीकरणका लागि पुरुषहरूको सक्रिय सहभागिता बढाउने र समुदाय स्तरमा सचेतना अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ। विद्यालय तहमा इन्टरनेटको सही प्रयोग तथा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिनेछ।

‘एक वडा, एक नमुना बाल उद्यान’ निर्माण गरी बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने नीति लिइएको छ। साथै गाउँपालिका र सार्वजनिक संरचनाहरूलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाइने जनाइएको छ। नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको नेतृत्वदायी सहभागिता बढाउने लक्ष्य पनि तय गरिएको छ।

ज्येष्ठ नागरिकका लागि नियमित निःशुल्क स्वास्थ्य शिविर, अशक्तहरूलाई घरदैलो सेवा तथा ज्ञान पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ। दिवा सेवा केन्द्र स्थापना गर्ने र अपाङ्गता परिचयपत्र तथा सहायक सामग्री वितरणलाई थप सहज बनाउने योजना पनि कार्यक्रममा समावेश छ।
बालविवाह रोकथाममा योगदान दिने अभिभावक, गाउँ र बाल क्लबलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ। प्रत्येक वडामा महिनामा एक पटक कानूनी सचेतना तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्नो बालमैत्री अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । गाउँपालिकाले आगामी असार ५ गते आगामी आर्थिक २०८३।०८४ को बजेट ल्याउने तयारी गरिरहेको जनाएको छ । 
 


प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्