Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • ५ करोड १० लाख लागतमा सम्पन्न अत्याधुनिक रङ्गशाला नगरप्रमुख यादवद्वारा उद्घाटन
५ करोड १० लाख लागतमा सम्पन्न अत्याधुनिक रङ्गशाला नगरप्रमुख यादवद्वारा उद्घाटन
नेपाली चेली
नेपाली चेली शनिबार, कात्तिक २१, २०८३

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा निर्माण सम्पन्न भएको रामग्राम रङ्गशालाको आज एक समारोहका बीच समुद्घाटन गरिएको छ । नगरप्रमुख धनपत यादवले रामग्राम नगरपालिका–४ मा निर्माण गरिएको रङ्गशालाको उद्घाटन गर्नुभएको हो ।

रामग्राम नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको रङ्गशालाको निर्माण २०७९ सालदेखि सुरु गरिएको थियो । झण्डै ५ करोड १० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको रङ्गशालामा ६३० दर्शक क्षमताको प्याराफिट, २४ वटा सटर तथा खेलाडीका लागि चेन्जिङ रुम निर्माण गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले नगरभित्रका खेलाडीहरूको संरक्षण, खेलकुद प्रतिभाको विकास र समग्र खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा नगरभित्र विभिन्न भौतिक संरचनाहरू निर्माण सम्पन्न भएको उल्लेख गर्दै तीनवटा वडा कार्यालय भवन, एउटा रङ्गशाला तथा एउटा होमस्टेसहितको सांस्कृतिक भवन निर्माण भई सञ्चालनमा आएको जानकारी दिनुभयो ।

जिल्लाकै पहिलो बहुमुखी क्याम्पस पाली बहुमुखी क्याम्पसको छेउमा निर्माण गरिएको रङ्गशालाले स्थानीयस्तरमा खेलकुद गतिविधि सञ्चालन तथा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम रामग्राम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मदन यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रवि पाण्डे, नेपाली कांग्रेसका कार्यवाहक सभापति विक्रम यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष रामभवन यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष बीजी चौधरी, जनता प्रगतिशिल पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, जिल्ला क्रिकेट संघका अध्यक्ष कृष्णनारायण श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यवाहक सभापति विकास अधिकारी लगायतले रङ्गशाला निर्माणले जिल्लाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको सञ्चारकर्मी मोहन पौडेलले जानकारी दिनुभयो ।

यसैबीच दिपावली र छठ पर्वको अवसरमा पारेर आजैदेखि रामग्राम कप क्रिकेट प्रतियोगिताको पनि शुभारम्भ गरिएको छ । रामग्राम किङ्स क्रिकेट क्लवको संयोजनामा प्रतियोगिता आयोजना गरिएको  क्लवले जनाएको छ ।  


प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने
लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने शुक्रबार, कात्तिक २०, २०८३
५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्दै रामग्राम, कृषि उत्पादन बढाउनु पर्नेमा नगरप्रमुख यादवको जोड
५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्दै रामग्राम, कृषि उत्पादन बढाउनु पर्नेमा नगरप्रमुख यादवको जोड बिहीबार, कात्तिक १९, २०८३
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्